Khabar Dabali Logo
  August 5, Wed

सैनिक कल्याणकारी कोषको सम्पत्ति ५१ अर्ब ६१ करोड, एकै बर्षमा सात अर्ब २९ करोड वृद्धि

काठमाडौं । सैनिक कल्याणकारी कोषको लगानीसमेत यथार्थ सम्पत्ति रु ५१ अर्ब ६१ करोड पुगेको छ । शान्ति सेनामा सहभागी भएबापत प्राप्त करिब एक करोड २४ लाख एक हजार रकमबाट विसं २०३२ मा खडा गरिएको उक्त कोषमा अहिले करिब रु ४५ अर्ब ८७ करोड नगद मौज्दात छ । कोषको यो तथ्याङ्क गत असार मसान्तसम्मको हो । कोषबाट सञ्चालित विभिन्न कल्याणकारी कार्यमा अहिले रु पाँच अर्ब ७४ करोड लगानी छ । शान्ति सेनामा भाग लिएबापत प्राप्त हुने रकम नै कल्याणकारी कोषको मुख्य आयस्रोत हो ।

अहिले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा स्थापना भएका १२ वटा शान्ति मिसनमा पाँच हजार ९१ नेपाली शान्ति शैनिक परिचालित छन् । धेरै शान्ति सैनिक खटाउने मुलुकको सूचीमा नेपाल अहिले चौथो वरियतामा छ । राष्ट्रसङ्घबाट अनुरोध भई आएमा १० हजारको सङ्ख्यामा शान्ति सैनिक पठाउन सक्ने नेपालले प्रतिबद्धता जनाइसकेको छ ।

एकै आवमा रु सात अर्ब २९ करोड वृद्धि

उक्त कोषको यथार्थ सम्पत्तिमा गत आवमा करिब रु सात अर्ब २९ करोड वृद्धि भएको छ । विसं २०७६ असार मसान्तमा उक्त कोषको यथार्थ मौज्दात रु ४४ अर्ब २१ करोड ९० लाख ४० हजार थियो ।

संयुक्त राष्ट्रसङ्घबाट आउन बाँकी मध्ये करिब रु तीन अर्ब ५० करोड रकम गत आर्थिक २०७६÷७७ मा नै प्राप्त भएको थियो । राष्ट्रसङ्घको आह्वानमा विभिन्न द्वन्द्वग्रस्त मुलुकमा खडा गरिएका ४३ वटा शान्ति मिसनमा रही हालसम्म एक लाख २९ हजार ११७ नेपाली सैनिकले शान्तिका लागि योगदान पु¥याइसकेका छन् ।

नेपाली सेनाले शान्ति मिसनमा लगानी गरेको तथा खटिएबापत पाउनुपर्ने करिब रु तीन अर्ब राष्ट्रसङ्घबाट अझै प्राप्त गर्न बाँकी नै थाहा भएको छ । बैँक तथा वित्तीय संस्थामा रहेको कोषको मूलधनको निक्षेपबाट प्राप्त ब्याज, सैनिक स्वास्थ्य विज्ञान संस्थान र विद्यालयबाट प्राप्त हुने शिक्षण शुल्क, पारिवारिक आवास भाडा रकम, सुनाचुरी इममल्सन प्लाण्ट, रिपूमर्दिनी अक्सिजन प्लान्टबाट उपलब्ध रकम कोषका मुख्य तथा विविध आय स्रोत हुन ।

कोषको नगद मौज्दात मुलुकका विभिन्न एक दर्जन भन्दाबढी विभिन्न बैंकमा रहेको छ । विदेशी मुद्रा सटही प्रिमियम र मेडिकल सेवा उपलब्ध गराएबापत प्राप्त हुने रकम पनि कल्याणकारी कोषमा आउँछ । उक्त कोषको रकम सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिक र निजका आश्रित परिवारको जीवनस्तर उकास्ने कल्याणकारी कार्य, सेनाका आवश्यकताका सामग्रीको आपूर्ति र उत्पादन र शान्ति सेनामा सम्मिलित हुन जाँदा आवश्यक पर्ने समान र खर्चका लागि प्रयोग हुँदै आएको छ ।

जीवनस्तरमा सुधार ल्याउन चार ‘स’ अभियान

नेपाली सेनाले हिताधिकारीको जीवनस्तरमा सुधार ल्याउन कल्याणका खातिर कोषमार्फत शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियत अभियान कार्यक्रम सञ्चालन गरेको छ ।

उक्त अभियानअन्तरगत शिक्षण संस्था र अस्पताल स्थापना, तालीम र प्रशिक्षण सञ्चालन, जीवनस्तरमा सुधार ल्याउन लघु वित्त कार्यक्रमका लागि सहुलितपूर्ण ब्याजमा कर्जा प्रवाहजस्ता कार्यक्रम अघि बढेका छन् । सेनाले कल्याणकारी कोषमार्फत आफ्ना हिताधिकारीलाई लक्षित गरी प्रादेशिक सैनिक अस्पताल, मन्टेश्वारी विद्यालय, कृषि तालीम केन्द्र, क्यान्टिन, सहुलियतपूर्ण आवास कर्जा, जीवन बीमा, परिवार आवास र अतिथि गृह सञ्चालन गरेको छ ।

बहालवाला तथा अवकाश प्राप्त सैनिक र उनका परिवारसमेत गरी कल्याणकारी कोषबाट सेवा प्राप्त गर्ने हिताधिकारीको सङ्ख्या करिब आठ लाख ५० हजार रहेको कल्याणकारी योजना निर्देशनालयले जानकारी दिएको छ । कल्याणकारी कोषले मूलधनबाट प्राप्त हुने ब्याजको ठूलो हिस्साको रकम हिताधिकारीको स्वास्थ्य र शिक्षामा खर्च गर्दै आएको जनाएको छ ।

साउन १५ गते, २०७७ - १९:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

३१ सदस्यीय नेकपा (माओवादी) पार्टीको घोषणा

३१ सदस्यीय नेकपा (माओवादी) पार्टीको घोषणा

काठमाडौं । पूर्वमाओवादी केन्द्रका सचिवालय सदस्य जुनेल जिसीको नेतृत्वमा ३१ सदस्यीय नेकपा (माओवादी)...   

बालबालिकाको सुरक्षामा जोखिम निम्त्याउने काम नगर्न अनेरास्ववियूको माग

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले पछिल्ला समय कोभिड–१९ को जोखिम झन्...   
कोरोनाको कारण ३० हजार चलचित्रकर्मी बेरोजगार

कोरोनाको कारण ३० हजार चलचित्रकर्मी बेरोजगार

काठमाडौं । कोभिड–१९ का कारण सरकारले गरेको बन्दाबन्दीले देशभरका ३० हजार चलचित्रकर्मी बेरोजगार भएका...   

दुई लाख घुस लिएको अभियोगमा अधिकृत राना पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान...   

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ५८ पुग्यो

काठमाडौं । कोरोना भाइरस संक्रमणबा थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको...   

काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१ हजार नाघ्यो

काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा...   

थप २५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

पाँचपोखरी थाङ्पाल गाउँपालिका एक जनाको शव झिक्न सकिएन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा एक जनाको शव फेला परेको छ...   

भूमि सुधार कार्यालयमा बम विस्फोट गराउने केशव राढ ९ वर्षपछि पक्राउ

बाँके । सरकारी कार्यालयमा बम विस्फोट गराएर फरार दोषिलाई जिल्ला प्रहरी कार्यालय बाँकेले ९ वर्षपछि...   

यातायात कार्यालयद्वारा चालक अनुमतिपत्र वितरण कार्य रोक

काठमाडौं । काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top