Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

युवा पत्रकारलाई क्षमता अभिवृद्धि तालिम

चितवन । जिल्लाका युवा पत्रकारका लागि ‘भ्रामक तथा गलत सूचनाको पहिचान तथा रोकथाम’ विषयको तीन दिने क्षमता अभिवृद्धि तालिम शुरु भएको छ । मिडिया एक्सन नेपाल र नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा अनलाइनबाट भएको तालिममा जिल्लाका विभिन्न मिडियामा कार्यरत १६ पत्रकारको सहभागिता रहेको छ ।

तालिमको उद्घाटन सत्रमा नेपालस्थित अमेरिकी राजदूतावासका पब्लिक अफेयर्स अफिसर कर्टिस एम चानले प्रविधिको विकाससँगै अहिले अमेरिका र नेपाल सबैतिर गलत र भ्रामक सूचना फैलने खतरा रहेको बताए । उनले भने, “कहिलेकाहीँ ‘ब्रेकिङ’ समाचार दिने नाममा महत्वपूर्ण सूचना छुट्ने सम्भावना पनि रहन्छ । पत्रकारिता महत्वपूर्ण पेशा पनि भएकाले पेशालाई अझ जिम्मेवार बनाउन भ्रामक सूचनाको रोकथामसम्बन्धी तालिम महत्वपूर्ण हुन्छ ।”

कार्यक्रममा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले चितवनलगायत कतिपय जिल्लाका मिडियाबारे भ्रामक सूचनाको प्रसारणबारे गरिएको अध्ययनमा आधारित भएर तालिम सञ्चालन गरिने बताए । यो तालिम पत्रकारको क्षमता अभिवृद्धि गर्दै मिडियालाई जिम्मेवार बनाउनमा केन्द्रित हुने उनको भनाइ थियो ।

त्यसैगरी कार्यक्रममा अमेरिकी राजदूतावासका सूचनाविज्ञ प्रेरणा मरासिनीले पत्रकारिता स्वतन्त्र र स्वच्छ हुनुपर्छ भन्ने कुरामा आफूहरुले विश्वास गर्ने बताए । “प्रतिस्पर्धाले गर्दा पनि गलत सूचना प्रसारित हुनसक्छ, त्यसैले तथ्यको परीक्षण गर्ने सीप सिकाउन तालिम सहयोगी हुनेछ”, उनले बताए ।

तालिममा मिडिया एक्सनका अध्यक्ष पन्त र बङ्गलादेशको ढाका विश्वविद्यालयका प्राध्यापक डा मोफिजुर रहमानले भ्रामक समाचारको पहिचान र जनअभिरुचि तथा नेपाल फ्याक्ट चेकका सम्पादक उमेश श्रेष्ठ र मिडिया एक्सनका अध्यक्ष पन्तले भ्रामक र गलत समाचारबारे प्रशिक्षण दिँदै छन् ।

त्यसैगरी फोटो पत्रकार चन्द्रशेखर कार्की र अन्नपूर्ण एक्सप्रेसका राजनीतिक सम्पादक कमलदेव भट्टराईले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । तालिम बुधबारदेखि शुरु भई शुक्रबारसम्म हुने मिडिया एक्सनका वाग्मती प्रदेश संयोजक मधुसूदन दवाडीले जानकारी दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies