Khabar Dabali Logo
  August 14, Fri

पहिरोकाे डरले पर्वतको धाइरिङ गाउँका २५ घर विस्थापित

पर्वत । पर्वत-पहिरोका कारण उत्तरी पर्वतको जलजला गाउँपालिका-७ धाइरिङका २५ घरपरिवार विस्थापित भएका छन् ।

पहिरोले घरगोठ नै पुरिने अवस्था आएपछि उनीहरु बास छाडेर अन्यत्र जान बाध्य भएका हुन् ।

धाइरिङका खड्के परियार, सुवास परियार, गौमती परियार, राजु परियार, गोविन्दबहादुर केसी, शिशिर केसी, तारा केसी, यामनाथ पाध्या र डिलसेवा पाध्याको परिवार विस्थापित भएका छन्।

पहिरोको डरले छिमेकीकहाँ शरण लिएर बसेको पीडित राजु परियारले बताए।  सोही ठाउँका गोरे परियारको घर भत्किएको वडाध्यक्ष टुङ्गनाथ शर्माले जानकारी दिए। 

मिलनचोक-सल्यान-गुन्द्रेखेत-धारापानी सडक निर्माणका क्रममा फालिएको माटोसँगै आएको पहिरोका कारण ओमनारायण आचार्य, देउकली परियार, बालकृष्ण शर्मा, रामप्रसाद शर्मा, डिल्लीराम शर्मा, कमलबहादुर केसी, दिनेश नेपाली, श्रीकृष्ण आचार्य, भरत पौडेल, मनबहादुर परियार, भीम परियार र राजु परियारको परिवार विस्थापित भएका छन् । 

सडक निर्माणका क्रममा समयमै व्यवस्थित नाली निर्माण नहुँदा भलसँगै आएको पहिरोले उनीहरु बासस्थान छोड्न बाध्य भएका हुन् ।

सल्यान र किराखोरको बिचमा रहेको ठुलो पहिरोमा ढुङ्गा र माटोसहितको लेदो बगेका कारण केराबारीमा सडक अवरुद्ध भएको छ । त्यस्तै केराबारीमा रहेको एल्भिन फलफूल फार्ममा पनि पहिरोले क्षति पुर्‍याएको छ । रासस

साउन १५ गते, २०७७ - ०८:३२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी नै धमाधम संक्रमित, जोखिम झनै बढ्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमितको उपचारमा संलग्न दुई सयभन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमणको...   

सामाजिक सञ्जालले यसरी लिन्छ ज्यान

काठमाडौं । परस्त्रीसँगको अवैध सम्बन्धका फोटो र भिडियो सामाजिक सञ्जाल फेसबुकबाट बाहिर ल्याएर ब्ल्याकमेलिङ...   

निजी अस्पताल भन्छन्, ‘तोकिएकै शुल्कमा उपचार असम्भव’

काठमाडौं। निजी अस्पतालले सरकारले तोकेको शुल्कमा कोभिड बिरामीको उपचार गर्न नसक्ने जनाएका छन् । आजको...   

बन्द हुँदै सीडीएमए मोबाइल सेवा

काठमाडौं । दुर्गमका प्रयोगकर्तालाई लक्षित गर्दै नेपाल टेलिकमले १४ वर्षअघि सुरु गरेको सीडीएमए मोबाइल...   

नेकपाको विमति सहमतितर्फ

काठमाडौं । नेकपाभित्रको विवाद टुंग्याउने गृहकार्यमा जुटेका नेताहरूले दुई अध्यक्ष केपी शर्मा ओली...   

लकडाउन खुलेसँगै अपराध ‘अनलक’ : चेक बाउन्सदेखि रिभेन्ज पोर्नसम्म

काठमाडौं । केही दिनयता महानगरीय प्रहरी परिसर काठमाडौंमा बढेको भिडमा साझा समस्या भेटिन्छ, चेक बाउन्स...   

सवारी साधन किन्न ६ अर्ब, भेन्टिलेटर किन्न सरकारसँग छैन बजेट

काठमाडौं । गत वर्ष सवारीसाधनमा साढे पाँच अर्ब खर्च गरेको सरकारले यस वर्ष सवा ६ अर्ब खर्च गर्ने तयारी...   
सडकमा क्रस गरेर अकासे पानी र ढल, सरकार र स्थानीय तह बने रमिते

सडकमा क्रस गरेर अकासे पानी र ढल, सरकार र स्थानीय तह बने रमिते

काठमाडौं । ललितपुरस्थित महालक्ष्मी नगरपालिका–६ मा सडकमाथि क्रस गरेर पानी र ढल बग्ने बनाएपछि सडकमै...   
नेपालमा सुनौलो कछुवा फेला

नेपालमा सुनौलो कछुवा फेला

जनकपुर । नेपालमा सुनौलो कछुवा फेला परेको छ । प्रदेश–२ को जनकपुर उपमहानगर पालिकास्थित खोयर भन्ने स्थानमा...   

कालीमाटी, कुलेश्वर र बल्खु क्षेत्रका ४० बढी तरकारी व्यापारीमा कोरोना संक्रमण

काठमाडौं । काठमाडौंको कालीमाटी, कुलेश्वर र बल्खु क्षेत्रका ४० जनाभन्दा बढी फलफूल तथा तरकारी व्यापारीमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top