Khabar Dabali Logo
  August 14, Fri

पेन्सन कटौती गरिने भएपछि ७ सय कर्मचारीले दिए राजीनामा

काठमाडौं । संसद्मा विचाराधीन प्रशासन कानुन मस्यौदामा अनिवार्य अवकाशपछि पाउने निवृत्तिभरण (पेन्सन) रकम कटौती गर्ने प्रावधान राखिएपछि गत आर्थिक वर्षमा ७ सयभन्दा बढी निजामती कर्मचाीले राजीनामा गरेका छन् ।

आजको नागरिक दैनिकमा खबर छ – अनिवार्य अवकाश पाउनुअघि नै बढी पेन्सन सुविधा लिन ७ सय २० कर्मचारीले राजीनामा गरको हुन् । निजामती कितावखानाका अनुसार यो संख्या अघिल्लो आवको भन्दा दोब्बर हो । 

किताबखानाका उपमहानिर्देशक अद्वैतप्रकाश श्रेष्ठले अघिल्ला वर्ष अनिवार्य अवकाशभन्दा अघि राजीनामा गर्ने कर्मचारीको संख्या बढीमा साढे ३ सयसम्म हुने गरे पनि गत आवमा दोब्बरले बढेको जानकारी दिए । 

किताबखानाले आव २०७७/७८ मा १ मुख्यसचिव, १९ सचिवसहित २ हजार ४ सय ८० कर्मचारीले ५८ वर्ष उमेर हदका कारण अवकाश पाउन लागेको जानकारी गराएको छ ।

तर, अघिल्ला वर्षहरूमा करिब ३ हजार २ सयदेखि ३ हजार ३ सयसम्म कर्मचारीले अवकाश पाउने गरेका थिए । 

साउन १५ गते, २०७७ - ०६:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी नै धमाधम संक्रमित, जोखिम झनै बढ्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमितको उपचारमा संलग्न दुई सयभन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमणको...   

सामाजिक सञ्जालले यसरी लिन्छ ज्यान

काठमाडौं । परस्त्रीसँगको अवैध सम्बन्धका फोटो र भिडियो सामाजिक सञ्जाल फेसबुकबाट बाहिर ल्याएर ब्ल्याकमेलिङ...   

निजी अस्पताल भन्छन्, ‘तोकिएकै शुल्कमा उपचार असम्भव’

काठमाडौं। निजी अस्पतालले सरकारले तोकेको शुल्कमा कोभिड बिरामीको उपचार गर्न नसक्ने जनाएका छन् । आजको...   

बन्द हुँदै सीडीएमए मोबाइल सेवा

काठमाडौं । दुर्गमका प्रयोगकर्तालाई लक्षित गर्दै नेपाल टेलिकमले १४ वर्षअघि सुरु गरेको सीडीएमए मोबाइल...   

नेकपाको विमति सहमतितर्फ

काठमाडौं । नेकपाभित्रको विवाद टुंग्याउने गृहकार्यमा जुटेका नेताहरूले दुई अध्यक्ष केपी शर्मा ओली...   

लकडाउन खुलेसँगै अपराध ‘अनलक’ : चेक बाउन्सदेखि रिभेन्ज पोर्नसम्म

काठमाडौं । केही दिनयता महानगरीय प्रहरी परिसर काठमाडौंमा बढेको भिडमा साझा समस्या भेटिन्छ, चेक बाउन्स...   

सवारी साधन किन्न ६ अर्ब, भेन्टिलेटर किन्न सरकारसँग छैन बजेट

काठमाडौं । गत वर्ष सवारीसाधनमा साढे पाँच अर्ब खर्च गरेको सरकारले यस वर्ष सवा ६ अर्ब खर्च गर्ने तयारी...   
सडकमा क्रस गरेर अकासे पानी र ढल, सरकार र स्थानीय तह बने रमिते

सडकमा क्रस गरेर अकासे पानी र ढल, सरकार र स्थानीय तह बने रमिते

काठमाडौं । ललितपुरस्थित महालक्ष्मी नगरपालिका–६ मा सडकमाथि क्रस गरेर पानी र ढल बग्ने बनाएपछि सडकमै...   
नेपालमा सुनौलो कछुवा फेला

नेपालमा सुनौलो कछुवा फेला

जनकपुर । नेपालमा सुनौलो कछुवा फेला परेको छ । प्रदेश–२ को जनकपुर उपमहानगर पालिकास्थित खोयर भन्ने स्थानमा...   

कालीमाटी, कुलेश्वर र बल्खु क्षेत्रका ४० बढी तरकारी व्यापारीमा कोरोना संक्रमण

काठमाडौं । काठमाडौंको कालीमाटी, कुलेश्वर र बल्खु क्षेत्रका ४० जनाभन्दा बढी फलफूल तथा तरकारी व्यापारीमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top