Khabar Dabali Logo
  August 5, Wed

रोल्पामा महिला तथा बालबालिका हराएउने क्रम बढ्दो

रोल्पा । रोल्पामा बर्सेनि महिला, बालबालिका हराउने क्रम बढ्दै गएको छ । जिल्लाबाट बितेका तीन वर्षमा महिला र बालबालिका गरी ११० हराएका छन् । हराउनेमा ३५ बालबालिका र ७५ महिला छन् । यसरी हराएकामध्ये प्रहरीको मद्दतबाट ६५ महिला र ३३ बालबालिका फेला परेका छन् भने अझै १२ जना हराइरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय महिला, बालबालिका सेवा केन्द्र रोल्पाका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा ४९ महिला, २६ बालबालिका हराएका थिए । यसरी हराएका महिला बालबालिकामध्ये ६९ मात्रै फेला परे । सो वर्ष हराएका छ जना अझै पनि भेटिएका छैनन् । यस्तै आव २०७६÷७७ मा ३५ महिला तथा बालबालिका हराए । हराएकामध्ये सो वर्ष पनि २९ फेला परे भने छ जना अझै फेला पर्न सकेका छैनन् । जिल्लाबाट अघिल्लो आवमा ७५ महिला, बालबालिका हराए । यसरी हराएकामध्ये ६९ मात्रै फेला परे । यस वर्ष पनि छ जना नै अझै फेला पर्न सकेका छैनन् ।

हराएका महिला तथा बालबालिकाका अभिभावकले दिएको सूचनाका आधारमा खोजी गर्न देशभरका प्रहरी युनिटमा हुलियासहित जानकारी गराइने गरेको जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका इन्चार्ज मीना विकले बताए । “हुलियाकै आधारमा प्रहरीले हराएकालाई फेला पार्ने गरेको छ”, विकले बताए ।

हराएकामध्ये ठूलो सङ्ख्याका महिला तथा बालबालिकालाई प्रहरीले काठमाडौँका इँटाभट्टामा फेला पार्ने गरेको छ । इँटाभट्टामा काम गर्ने गाउँकै नाइकेले ललाइफकाई लैजाने भएकाले अधिकांश महिला, बालबालिका परिवारलाई जानकारी नदिई भाग्ने गरेको पाइन्छ । राम्रो लाउने, मिठो खाने लहडमा दलालको जालमा फसेर परिवारका सदस्यलाई जानकारी नै नदिई भाग्नेको सङ्ख्या ठूलो रहेको प्रहरीले जनाएको छ ।

हराएको भनी उजुरी परेकामध्ये केही महिला तथा बालबालिका भने घर फर्किसकेका छन् । अभिभावकले दिएको हुलियाका आधारमा प्रहरीले खोजी गर्दा र आफैँ घर फर्केका समेत प्रहरीले जानकारी दिएको छ । बितेको तीन वर्षमा ९८ घर फर्किसकेको प्रहरीले जनाएको छ । प्रहरीको तथ्याङ्कअनुसार अझै १२ जना फेला पर्न सकेका छैनन् ।

यसरी हराएका अधिकांश महिला वैवाहिक सम्बन्ध स्थापित गर्न आफूखुशी हिँड्ने गरेको प्रहरीले बताएको छ । परिवारलाई अत्तोपत्तो नदिई घर, विद्यालय, पसल, घाँसदाउरा तथा पँधेराबाटै हराउँदा परिवारलाई मानसिक तथा शारीरिक तनाव हुने गरेको बताइन्छ । हराएका सदस्यको खोजीमा लामो समय बित्ने गरेको हराएकाहरुका अभिभावकले दुःखेसो पोख्ने गर्दछन् ।

घरका सदस्यले मादक पदार्थ सेवनले हुने पारिवारिक बेमेलले गर्दा महिला घर छाड्न बाध्य हुने गरेको पाइएको माहिला मानवअधिकार रक्षक सञ्जालका अध्यक्ष तीर्था आचार्यले बताए । “गरिबी, चेतना अभाव, मादक पदार्थ सेवन, पारिवारिक बेमेललगायतका कारण महिला तथा बालबालिका घर छाड्न बाध्य हुने गरेको पाइन्छ”, आचार्यले भने । आफूखुशी हिँडेका महिला तथा बालबालिका देशका विभिन्न इँटाभट्टा, होटल तथा भारतका विभिन्न स्थानमा रोजगारीमा संलग्न हुने गरेको समेत उनले बताए ।

साउन १४ गते, २०७७ - १०:५१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युवा पत्रकारलाई क्षमता अभिवृद्धि तालिम

चितवन । जिल्लाका युवा पत्रकारका लागि ‘भ्रामक तथा गलत सूचनाको पहिचान तथा रोकथाम’ विषयको तीन दिने क्षमता...   

स्वास्थ्य सावधानी सहित सौराहाका होटल तथा रेष्टुराँ सञ्चालनमा आए

भरतपुर । पर्यटकीय नगरी सौराहाका होटल तथा रेष्टुराँ स्वास्थ्य सावधानी र छुट प्याकेजसहित सञ्चालनमा...   
बाढी बस्तीमा पस्दा सयौँ घर डुबानमा, ४ जना बेपत्ता

बाढी बस्तीमा पस्दा सयौँ घर डुबानमा, ४ जना बेपत्ता

गोदावरी । मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ । वर्षाका...   

लगातार वर्षाका कारण महाकालीमा पानीको बहाव बढ्यो

महेन्द्रनगर । दुई दिनदेखिको लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ । इलाका प्रहरी...   
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा जोशी नियुक्त

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा जोशी नियुक्त

काठमाडौँ । वाग्मती प्रदेश मन्त्रिपरिषद्को भर्खरै सकिएको बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको...   

सहकारीले उत्पादन र बजारीकरणमा जोड दिनुपर्छ : मुख्यमन्त्री पौडेल

काठमाडौँ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सहकारीले उत्पादन तथा नेपाली उत्पादनको बजारीकरणमा...   

सिंहदरबारभित्र ‘मोबाइल स्वाब कलेक्शन भेहिकल’ द्धारा ५०८ को स्वाब सङ्कलन

काठमाडौँ । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले स्वाब सङ्कलन गर्न प्रयोगमा ल्याएको ‘मोबाइल...   

मङ्गोलियामा विद्यालयहरु सञ्चालन गर्ने घोषणा

उलान बटोर । मङ्गोलियाको सरकारले शिशु कक्षा र विद्यालयहरु सुचारु गर्ने तयारी भएको बुधबार घोषणा गरेको...   

फुल्पिङकट्टी पहिरोमा परि मृत्यु हुनेको सङ्ख्या ५

चौतारा । सिन्धुपाल्चोकको भोेटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको...   

अब ४ हजार ५०० मै कोरोना परीक्षण, ५ घण्टाभित्र ‘रिपोर्ट’

काठमाडौँ । सरकारले शुल्क लिएर कोभिड–१९ को आरटी–पिसिआर परीक्षण गर्न अनुमति दिएसँगै विध म्यानेजमेन्टद्वारा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top