Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

ओली रणनीति–फकाउने, लोभ्याउने र धम्क्याउने : हैरान प्रचण्ड–नेपाल !

काठमाडौं । असार १० बाट जारी नेकपाको स्थायी समितिको बैठक १३ गतेबाट पुन बस्दैछ ।

असार १४ गते मदन भण्डारी फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले आफुलाई भारतले प्रधानमन्त्रीबाट हटाउन खोजेको र पार्टीकै नेताहरुले उनीहरुलाई सघाएको अभिव्यक्ति दिएपछि चर्किएको विवाद अन्त्य भएको छैन ।

दुईदिन पछि राखिएको स्थायी समितिको बैठकमा ओलीको उक्त अभिव्यक्तिप्रति अर्का अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम तथा नारायणकाजी श्रेष्ठ लगायतले विरोध गर्दै गैरराजनीतिक र गैर कुटनीतिक अभिव्यक्ति भन्दै अध्यक्ष तथा प्रधानमन्त्री दुवै पदबाट राजीनामा मागेका थिए ।

२२ जना स्थायी समितिका सदस्यहरुले बोलेको उक्त बैठकमा सबैले राजीनामा मागेपछि ओलीले बैठक छोडेर हिडेनन् मात्रै चालु संसद अधिवेशनसमेत हठात अन्त्य गरिदिए ।

त्यसपछि स्थाइ समितिको बैठक एजेण्डामा जुट्न सकेको छैन ।

ओलीको रणनीति –फकाउने, लोभ्याउने र धम्क्याउने

ओलीले अर्का अध्यक्ष प्रचण्ड लगायतका नेताहरुसँग आफुले दुवै पद नछोड्ने र हटाउन खोजे संसद विघठन गरेर मध्यवधिमा जानेमात्रै धम्कि दिएनन् पार्टी फुटाउन पुरानो नेकपा एमाले दर्ता गर्न समेत लगाए ।

ओलीले मन्त्रिपरिषदको बैठकमै मन्त्रिहरुलाई ‘कता लाग्ने हो, कित्ता क्लिएर गर्न’ समेत खुलेआम भने ।

बालुवाटार निवास बोलाएर आफु पक्षका युवा–विद्यार्थीका नेताहरुलाई आफ्नो पक्षमा सडकमा नाराजुलुश गर्न अह्राए ।

राष्ट्रपति विद्यादेवि भण्डारीसँगको निकटताका कारण भण्डारीले पनि ओलीले सरकारका तर्फबाट सिफारिश कतिपय विषय आँखा चिम्लेर घण्टासमेत वित्न नपाई तोक लाउने गरेकी छिन् ।

सोही निकटताको फाईदा उठाउँदै ओलीले जो नेताहरु जे कुराले तर्सिन्छन् सोही भन्ने गरेको एक नेताले बताए ।

पछिल्लो समय पार्टी फुटबाट बचाउनुपर्ने कुरा गरिरहेका पुर्व माओवादी समुहका नेताहरुलाई ओलीले कतिपयलाई उनका गुटका अन्य नेताहरुले आफुलाई दुवै या एक पदबाट हटाए पार्टी फुटाल्ने बताउने गरेका छन् । कतिपय नेताहरु अहिले पार्टी फुट्नुभन्दा ओलीलाई नचलाउनु राम्रो भनेर सोही डरका कारणसमेत बोलिरहेको बताइन्छ ।

हुनपनि ओलीले शुक्रबार योगेश भट्टराई, शनिबार वर्षमान पुन र आइतबार घनश्याम भुषाललाई भेटेर प्रचण्ड–नेपाल समुहले आफुलाई हटाउन खोजे पार्टी फुटाउने बताए । एकता जोगाउनुपर्छ भनेर लागेका पुन, भट्टराई र भुषालहरुको मनोविज्ञानमाथि ओलीको प्रहार थियो ।

केही नेताहरुलाई भने ओली पक्षधरहरुले मन्त्रि बनाईदिने, फलानु निकायको नेतृत्व दिने, चुनावी रिण छ भने तिर्ने बन्दोबस्त मिलउँछु भन्ने, उनीहरुले भनेकाहरुलाई विभिन्न सरकारी निकायहरुमा नियुक्ति दिलाईदिन्छु भन्ने जस्ता काम गरिरहेका प्रचण्ड–नेपाल समुहका सदस्यहरुको आरोप छ ।
उनका अनुसार पुर्व माओवादी समुहका कतिपय नेताहरु पार्टी फुट्छ कि भनेर डराएका छन् भने कतिपय नेताहरु ओली समुहले लोभ्याएको लोभमा परेका छन् ।

उनी भन्छन्–‘कतिपयलाई पुराना एकादुई कमजोरी समातेर महराजस्तै जेल पठाईदिन्छु भनेर समेत भन्ने गरेको पाईयो ।’

ओली पक्षको यो रणनीतिले नेपाल समुहलाई भने काम गरेको छैन । नेपाल समुह ओलीसँग आजित छ र उसले यि सबै प्रयोगवादी रणनीति हो भनेर बुझेका छन् । एक स्थायी समिति सदस्य भन्छन् –‘पुर्व माओवादी नेताहरु ओलीसँग झुक्किएका हुन्, एकदिन होशमा आउँदा सबै सकिएको नहोस्’

प्रचण्ड धम्क्याउन देउवासँग भेटघाट

अर्का अध्यक्ष ओलीले प्रचण्डलाईसमेत लडाकु मुद्दामा अख्तियार लाउने अप्रत्यक्ष धम्कि दिने गरेका छन् ।

यसअघि सरकारलेमात्रै संबैधानिक आयोगमा नियुक्ति गर्नसक्ने गरी अध्यादेश ल्याएका ओली चौतर्फी दवावपछि फिर्ता लिन वाध्य भएका थिए ।

विभिन्न व्यक्ति र शुत्रहरुमार्फत प्रचण्डलाई जनयुद्धकालिन मुद्दामा फसाउने र अख्तियारमा पुर्व गृहसचिव प्रेम राईलाई नियुक्त गरेर भ्रष्टाचार मुद्धा लगाउने भन्दै धम्क्याउने गरेका छन् ।

सोहि धम्किलाई हो जस्तो बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग समेत भेटघाट गर्ने गरेका छन् बाहिर सन्देश संबैधानिक नियुक्तिको छलफल भनेर पठाउने गरेका छन् ।

तर प्रचण्डले भने ओलीको यस्तो धम्किको रणनीतिलाई बुझेपछि आजकाल वेवास्ता गर्ने गरेका छन् । उता यसअघि नै वालुवाटारको ललितानिवास प्रकरणमा ओलीले अर्का नेता नेपाललाई फसाउन खोजेको आरोप समेत उनीमाथि लाग्ने गरेको छ ।

पुर्व माओवादी समुहका नेता के गर्छन् ?

ओली पक्षका एक स्थायी समितिका सदस्यका अनुसार उनीहरुसँग प्रचण्डका ४ जनाभन्दा बढी स्थायी समिति सदस्यहरु लाग्नेछन् ।

उनका अनुसार लेखराज भट्ट, टोप बहादुर रायमाझि, मणी थापा र हरिबोल गजुरेल ओलीको पक्षमा खुलेर लागिसकेका छन् ।

राम बहादुर थापा, देवेन्द्र पौडेल, दिनानाथ शर्मा र प्रभु शाहहरु पनि ओली कित्तामै आईपुग्ने उनीहरुको दावी छ । तर थापा र पौडेलले प्रचण्डसँग आफुले पुरानो घर नछोड्ने बताएका छन् भने शर्मा र शाह स्थायी समितिका सदस्य होइनन् ।

यता नेपाल समुहका नेता र प्रचण्ड पक्षिय नेताका अनुसार पनि भट्ट, रायमाझि र मणी थापा भने ओली क्याम्प गईसकेका छन् । उनीहरुले यि तिन नेताको नाम आफ्नो समुहको हिसाबमा राख्दैनन् ।

भट्टले खुलेआम घोषणा गरिसकेका कारण फर्किने सम्भावना प्रचण्ड पक्षधरहरुले देखेका छैनन् भने रायमाझि भने मत बहुमत–अल्पमत हुँदा र मत नै दिनुपर्ने हुँदा बहुमतको पक्षमा देखिने आँकलन गरेका छन् । मणी थापा यो समुहको नोटिसमा छैनन् । हरिबोल गजुरेलले अन्तिममा प्रचण्डको साथ नछोड्ने यो समुहको आँकलन छ ।

यसैगरी मंगलबार खुमलटारमा बसेको प्रचण्ड, नेपाल, खनाल र श्रेष्ठको छलफलले भोलीबाट बस्ने स्थायी समितिको बैठकमा नियमित एजेण्डामा छलफल गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

तर भोलीको स्थायी समिति बैठक राख्ने नराख्नेबारे ओलीको धारणा सर्वाजनिक भईसकेको छैन ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies