Khabar Dabali Logo
  August 4, Tue

१५ दिनदेखि किशोरी बेपत्ता

इलाम । माई नगरपालिकाकी एक बालिका १५ दिनदेखि बेपत्ता भएकी छन् । झापाको विर्तामोडमा मामामाइजूसँग बस्दै आएकी १६ वर्षीया अनस्का राई नामकी बालिका बेपत्ता भएकी हुन् ।

गत असार २९ गतेबाट इलामको तीनघरे हिँडेकी बालिका बेपत्ता बनेकीले खोजी गरिदिन सबैतिर आग्रह गरिएको बालिकाका मामा दिलीप राईले जानकारी दिए । परिवारको सम्पर्कमा नआएपछि आफन्तको तिर पनि खोजी गरिएको र फेला पार्न नसकिएको राईले बताए । बालिका झापाको ब्राइट इङ्गलिस विद्यालयमा कक्षा १० मा अध्ययन गर्दै रहेकी थिइन् ।

क्यान्सर पीडितको उपचारार्थ सहयोग

फाकफोकथुम गाउँपालिका–७ एकतप्पा निवासी वीरबहादुर श्रेष्ठको उपचारका लागि ‘एकतप्पा समाजसेवा झापा’ले रु ५० हजार प्रदान गर्ने भएको छ । लामो समयदेखि मुखमुनि (च्युँडो)मा घाउ भएर क्यान्सर भएका श्रेष्ठलाई नवगठित संस्था ‘एकतप्पा समाजसेवा झापा’ले प्रदान गर्ने भएको हो ।

केही दिनअघि श्रेष्ठको उपचारकै लागि फाकफोकथुमकै एक युवाले रु ५० हजारसमेत सङ्कलन गरेर प्रदान गरेका थिए । आर्थिकस्थिति कमजोर भएका श्रेष्ठको उपचारका लागि सबैलाई आर्थिक सहयोग गर्नसमेत आग्रह गरिएको छ । श्रेष्ठको उपचारकै लागि करीब रु १२ लाख आवश्यक पर्ने भएको तर आर्थिकस्थिति कमजोर हुँदा सङ्कलनकै भरमा रकम जम्मा गर्नुपर्ने बाध्यता रहेको दाहालले बताए । उपचारका लागि देश तथा विदेशमा रहेका नेपालीबाट रकम जुट्दै रहेकोसमेत दाहालले बताए । क्यान्सर पीडित श्रेष्ठको हाल पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।

साउन १२ गते, २०७७ - १७:३४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतमा कोरोना सङ्क्रमितको संङ्ख्या १८ लाख ५५ हजार नाघ्यो

नयाँ दिल्ली । भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या १८ लाख ५५ हजार नाघेको मङ्गलबार जनाइएको छ । गत २४...   

अख्तियारका १५ जना कर्मचारीमा कोरोना पुष्टि, काठमाडौंमा खतरा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्...   
कालापानी सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मी दोब्बर

कालापानी सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मी दोब्बर

दार्चुला । भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बढाउँदै...   

सुनको मूल्यमा फेरी नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?

काठमाडौं । आज सुनको मूल्य तोलामा ९९ हजार ८ सय पुगेको छ । आज सुनको मूल्य दुई सय रुपैयाँले बढेपछि सुनको...   

ट्रम्पले अमेरिकी कम्पनीलाई दिए टिकटक बिक्री गर्न छ हप्ताको समयावधि

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ नागरिकको स्वामित्वमा रहेको लोकप्रिय भिडियो...   

पौडी खेल्ने क्रममा डुबेर बेपत्ता दुई किशोरको शव फेला

गोदावरी । कैलालीको मोहना नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुईजना किशोरको शव फेला परेको...   

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

रुपन्देही । बुटवल उपमहानगरपालिका –२ गढिटोलस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जनाको...   

प्रेमिकाले राखी बाँधिदिएपछि प्रेमीले गरे आत्महत्याको प्रयास

एजेन्सी । सामाजिक सञ्जालका लागि मात्र मानिसले अनेक प्रकारको क्रियाकलाप गरेको देखिन्छ । सामाजिक सञ्जालमा...   

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या छ लाख ९७ हजार नाघ्यो

जेनेभा । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ६ लाख ९७ हजार २८१ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य...   

पोल्यान्ड पठाइदिने भन्दै १७ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौ । नेपाल प्रहरीले पोल्यान्ड पठाइदिन्छु भनी रु १७ लाख ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ ।...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top