Khabar Dabali Logo
  August 5, Wed

नायिका साम्राज्ञीविरुद्ध बेइज्जति मुद्दा

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध बेइज्जतिसम्बन्धी मुद्दा दर्ता गरेका छन् ।

नायिका शाहले दुव्र्यवहारको आरोप लगाइ आफ्नो चरित्र हत्या गरेको उल्लेख गर्दै रु १० करोडको क्षतिपूर्तिको मागसहित नायक केसीले मुद्दा दर्ता गरेको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले राससलाई जानकारी दिए ।

मुलुकी अपराध संहिता, २०६४ को गाली बेइज्जतिसम्बन्धी कसूरको बेइज्जति गरेमा हुने सजाय (१) मा कसैले कसैको बेइज्जति गरे वा गराइमा निजलाई दुई वर्षसम्मको कैद वा २० हजारसम्मको जरिवाना वा दुवै हुने व्यवस्था छ । तर विद्युतीय माध्यमबाट व अन्य आमसञ्चारका माध्यमबाट बेइज्जति गरे वा गराएमा निजलाई त्यस्तो सजायको थप एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

बेइज्जति गरेमा हुने सजाय ९२० मा कसैले कसैलाई बेइज्जति गरे वा गराएको ठहरिएमा बेइज्जति गरिएको व्यक्तिलाई कसूरको गम्भीरता, त्यस्तो व्यक्तिको प्रतिष्ठामा पर्न गएको असर तथा विद्युतीय वा अन्य आमसञ्चारका माध्यमबाट बेइज्जति गरेको भएमा त्यस्तो कुरासमेतलाई विचार गरी कसूरदारबाट मनासिब क्षतिपूर्ति र त्यस्तो व्यक्तिलाई कसूरदारबाट मुद्दामा लागेको खर्चसमेत भराउनुपर्नेछ भन्ने व्यवस्था छ ।

सूचना अधिकारी कार्कीका अनुसार नायक केसीले यही व्यस्थालाई टेकेर रु १० करोड क्षतिपूर्ति माग गर्नुभएको छ । नायक केसीले आफ्नोे चरित्र हत्या गरेको आरोप लगाउँदै नायिक शाहले कलाकार सङ्घमा उजुरी दिनुभएको थियो । नायिका शाहले चलचित्रमा काम गर्ने क्रममा दुव्र्यवहार गरेको आरोप लगाएपछि विवाद चलचित्र सङ्घ हुँदै अदालतमा पुगेको हो ।

साउन ९ गते, २०७७ - २२:५९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अत्यावश्यक कामबाहेक सिंहदरबार प्रवेशमा रोक

अत्यावश्यक कामबाहेक सिंहदरबार प्रवेशमा रोक

काठमाडौ । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा रोक...   
लेबनानमा भएको विस्फोटमा परी एक सय भन्दा बढीको मृत्यु, चार हजार बढी घाइते

लेबनानमा भएको विस्फोटमा परी एक सय भन्दा बढीको मृत्यु, चार हजार बढी घाइते

बेरुत । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार शक्तिशाली विस्फोट भएको छ । सो विस्फोटनमा...   

मेलम्चीको पहिरोमा ज्यान गुमाएका दुई जनाको शव वीरगञ्ज पठाइयो

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–११ मा पहिरो खस्दा पुरिएर मृत्यु भएका दुई जनाको शव वीरगञ्ज पठाइएको...   

अब सञ्चयकोषको सापटीको ब्याज ‘कनेक्ट आइपिएस’मार्फत जम्मा गर्न सकिने

काठमाडौ । कर्मचारी सञ्चयकोषले आफ्ना सञ्चयकर्ताले लिएका सबै कर्जा तथा सापटीको साँवा तथा ब्याज ‘कनेक्ट...   

सुनको मूल्यमा अहिलेसम्मकै नयाँ रेकर्ड, तोलामा १ लाख १ हजार ४ सय

काठमाडौ । कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय...   

विश्व स्वास्थ्य संगठनद्वारा रूसलाई कोरोना खोपसम्बन्धी निर्देशनहरू पालना गर्न आग्रह

म्याड्रिड । विश्व स्वास्थ्य संगठनले मङ्गलबार रूसलाई भाइरस खोपसम्बन्धि निर्देशनहरू पालना गर्न आग्रह...   

ओली-प्रचण्डबीचको छलफल आज पनि निष्कर्षविहीन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २ अध्यक्षबीचको छलफल सकिएको छ । छलफलमा २ अध्यक्ष आफ्नै...   
अब कोरोनालाई लापरवाही गरे सरकारले जेल हाल्ने

अब कोरोनालाई लापरवाही गरे सरकारले जेल हाल्ने

काठमाडौ । विश्वव्यापी महामारीरुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण विस्तार नहोस् भन्ने मनसायका साथ...   

विदेशमा अलपत्र ११ सय बढी नेपाली स्वदेश फर्किए

काठमाडौ । विभिन्न मुलुकमा अलपत्र एक हजार ११५ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ महामारीका कारण...   

ट्रकको ठक्करबाट छ वर्षीया बालिकाको मृत्यु

चितवन । माडी नगरपालिका–९ वगईमा आज दिउँसो ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । इलाका प्रहरी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top