Khabar Dabali Logo
  January 25, Mon

नारायणगढ–मुग्लिन सडकमा पुनः पहिरोको कारण सडक अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ । भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार चारकिलोको पहिरो पन्छाएर सडक एकतर्फी बनाएको केही घण्टामै पुनः पहिरो खसेको हो । ठूलो चट्टानसहित पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । राति करिब ८ः४५ बजे पहिरो खसेको हो । चारकिलोको पहिरो ३६ घण्टामा पन्छाएर दिउँसो ४ः३० बजे एकतर्फी खुलाइएको थियो ।

पहिरो खसेसँगै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख पहिरोमा परी अड्केका थिए । उनीहरु सडक अनुगमन गरेर फर्कने क्रममा पहिरोले रोकिएपछि सवारी साधन उतै छाडेर वैकल्पिक मार्गको प्रयोग गरी फर्केका थिए । राति ठूलो चट्टानसहित पहिरो खसेका कारण पहिरो पन्छाउन के–कति समय लाग्छ अहिले भन्न नसकिने अधिकारीले जानकारी दिए । केहीबेरमा पहिरो पन्छाउने काम थालिने छ ।

साउन ७ गते, २०७७ - १०:४८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विषम मौसमी घटनाबाट यस शताब्दीमा ४ लाख ८० हजारको मृत्यु

पेरिस । यस शताब्दीको पहिलो २० वर्षको अवधिमा विषम मौसमी घटना जोडिएका प्राकृतिक प्रकोपबाट झण्डै चार...   

विभिन्न चोरीका सामान सहित २६ वर्षीय शर्मा पक्राउ

कास्की । चोरी गरेको विभिन्न समान सहित पोखरा महानगरपालिका २६ बिजयपुर बस्ने पर्वत कुश्मा नगरपालिका...   

लुटपाट गरेको अभियोगमा २३ वर्षीय सूर्य पक्राउ

काठमाडौं । नागार्जुन नगरपालिका ८ भिमढुङ्गा बस्ने २५ वर्षीय साजन तामाङको बा.६० प७९१० नम्बरको स्कुटर...   

आम्दानीको स्रोत भैँसीपालन

चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका–५ मथानीका रामहरि सुवेदी केही महिना अघिसम्म चरीकोटमा गाडी चलाउँथे...   

छिमेकीको ढुंगा प्रहारबाट २१ वर्षीय बिकको मृत्यु

दाङ । छिमेकीले ढुंगा प्रहार गर्दा घोराही उपमहानगरपालिका १३ लाते बस्ने २१ वर्षीय रामुबिकको आइतबार...   
अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ : गृहमन्त्री थापा

अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ : गृहमन्त्री थापा

मान्म । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन...   

हात्तीले भत्कायो आरक्ष विस्थापितका झुपडी

कञ्चनपुर । ढक्कामा बस्दै आएका आरक्ष विस्थपित १३ परिवारका झुपडी हात्तीको बथानले भत्काइ दिएको छ । शुक्लाफाँटा...   

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९७ हजार भन्दाबढी

लन्डन । बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९७ हजारभन्दा बढी पुगेको बताइएको छ । आइतबार...   

करीव ६ बिघामा लगाइएको गाँजाखेती प्रहरीद्वारा फँडानी गरी नष्ट

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाअन्तर्गत वडा नं १० का विभिन्न स्थानमा करीव छ बिघामा लगाइएको...   

टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै मृत्यु

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top