Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

नेकपामा किन तरंग पैदा भयो ? के भएको थियो बैठकमा ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीबाट मिनि महाधिवेशनको प्रस्ताव गरेपछि तरंग पैदा भएको छ ।

ओलीको कार्यशैलीलाई लिएर सचिवालय तथा स्थायी समितिका बहुमत सदस्यहरुले प्रधानमन्त्री तथा अध्यक्षबाट राजिनामा मागेपछि बढेको विवादलाई ओलीले नयाँ–नयाँ प्रस्ताव र जिरहमार्फत टार्दै आईरहेका छन् ।

शनिबारको सचिवालय बैठकमा पनि उनले आफुलाई गलहत्याएर ननिकाल्न भन्दै मंसिरमा मिनि महाधिवेशन गरी आफुले पार्टी अध्यक्ष छोड्ने प्रस्ताव गरे ।

ओलीको भनाई उदृत गर्दै एक सचिवालय सदस्यले खबरडबलीलाई भने, –‘महाधिवेशन गरेपछि पार्टी अध्यक्षबाट हट्छु, सरकार चाहिँ पाँच वर्ष नै चलाउँछु’ ।

कहिले वामदेवलाई प्रधानमन्त्रीको प्रस्ताव त कहिले संसद विघटनको धम्की दिदैँ आईरहेका ओलीले चालु संसद अधिवेशन हठात अन्त्य गरेका थिए ।

दुवै पद नछोड्ने अडानमा रहेका ओलीले पछिल्लो समय आफ्नै गुटका नेताहरुको समेत कुरा सुनिरहेका छैनन् ।

प्रचण्ड मौन

बैठक स्रोतका अनुसार अर्का अध्यक्ष प्रचण्डले ओलीको महाधिवेशनको प्रस्तावमा शनिबार न विरोध गरे न समर्थन ।

बैठकमा प्रचण्ड मौन बसेपछि अन्य नेताहरुले उनीप्रति ‘कतै ओलीसँग मिलेको त होइन’ भनि आशंका समेत गरेका छन् ।

तर प्रचण्ड सचिवालयका अनुसार ओलीको उक्त प्रस्तावमात्रै रहेको र कुनै सहमति भएको छैन । संचारमाध्यमहरुमा आशंका सहितको खबर आएपछि सचिवालय सदस्य समेत रहेकी छोरी गंगा दाहालले फसबुकमा एक स्ट्याटस लेख्दै खण्डन गरेकी थिइन् ।

‘आज अध्यक्ष द्वय बिच भएको छलफल पछि बसेको पार्टी सचिवालय को बैठकमा सहमति खोज्ने क्रममा विभिन्न बिषयहरु (महाधिवेशन लगायतका) मा छलफल भएता पनि कुनैपनि बिषयमा सहमति भएको छैन र सम्पुर्ण बिषयहरु छलफलकै क्रममा रहेकाले कोहि पनि भ्रममा नपरौं।’

४ नेताले पत्याएनन्

प्रचण्ड–नेपाल पक्षकै बाँकी ४ नेताले ओलीको उक्त प्रस्तावलाई विश्वास गर्ने आधार नरहेको बैठकमै बताएका छन् ।

ओलीले पार्टी छलफललाई छल्न ओलीले विभिन्न बहानाबाजी गर्ने गरेको बताउँदै ४ महिनामा महाधिवेशनको सम्भावना पनि नरहेको र उक्त प्रस्ताव फण्डामात्रै भएको बताएका थिए ।

वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले ‘साँच्चै हो भने लिखित प्रस्ताव ल्याउन’ भनेका थिए ।

‘पार्टी एकताका दर्जनौं कामहरु नटुगिंएको अहिलेको परिस्थितिमा कसरी महाधिवेशन हुन्छ ?’ भन्ने ति नेताहरुले बैठकमा प्रश्न गरेका थिए ।

नेपालले त सहमति प्याकेजमै गरिनुपर्ने र संस्थागत हुनुपर्ने धारणा राखेका थिए ।

कसरी पुगे प्रचण्ड शितल निवास ?

प्रचण्डको सचिवालयका अनुसार उनी योजनाबद्दरुपमा शितल निवास पुगेका होइनन् ।

बैठक सकिएलगत्तै ओलीसँग छलफलका लागी बैठकस्थलबाट ओली निबास गएको र ओली नभेटिएपछि फोन गरेका थिए ।

ओलीले आफु राष्ट्रपतिको शितल निवास गएको र यतै आउनुस् भनेका थिए । उदार स्वभावका प्रचण्ड ओलीको निम्ता मानेर शितलनिवास पुगेका थिए ।

प्रचण्ड सचिवालयले कुनै नियत र योजनाबद्द गएको नभई परिस्थितिबस पुगेको बताएको छ ।

नेपालपक्ष सशकिंत

ओलीको प्रस्तावमा प्रचण्डको मौनता र शितलनिवासको भेट प्रसंगलाई लिएर ओली हटाउ समिकरणमा लागेको नेपाल पक्ष संशकिंत भएको छ ।

उनिहरुले कतै ओलीले प्रचण्डलाई फेरी फसाएका त होइनन् भनेर आशंका सिर्जना भएको नेपाल पक्षका एक स्थायी समिति सदस्यले बताएका छन् ।

उदार स्वभावका प्रचण्ड ओलीको योजनामा फसेर आफ्नो पक्षलाई एक्ल्याउँछन् कि भनेर नेपाल समुह पछिल्लो समय शंकासहितको समिकरणमा रहेको समेत उनले बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies