Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

भारतबाट फर्केका युवालाई गाउँमै रोजगारी

बैतडी । रोजगारका लागि भारतलगायत तेस्रो मुलुकबाट फर्किएका युवालाई प्रधानमन्त्री रोजगार तथा मुख्यमन्त्री रोजगार कार्यक्रमले केही समयका लागि रोजगारीमा सहभागी गराएका छन् । गरिब समुदायका लागि ती कार्यक्रम अहिले प्रभावकारी देखिएको छ ।

महाबु गाउँपालिकाले ती दुई कार्यक्रममा युवालाई परिचालन गरेको छ । करिब ६०० युवालाई सडक मर्मत तथा खानेपानीका पाइप विछ्याउने लगायतका काममा परिचालन गरिएको छ । गाउँपालिकाका अध्यक्ष जङ्गबहादुर शाहीले गाउँपालिकामा तीन हजार ५०० युवा गाउँ भित्रिएका र उनीहरुलाई विकासमा परिचालन गरिएको जानकारी दिए।

आगामी वर्षदेखि ती कार्यक्रमका साथमा गाउँपालिकाले पनि रोजगार कार्यक्रमको तयारी गरेको र तीनवटै कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गरी युवालाई गाउँमै रोक्ने तयारी थालिएको उनले बताए।

भगवतीमाई गाउँपालिकाका २६ घर दलित समुदायका युवायुवतीले वडा नं ६ को २ किलोमिटर सडक निर्माण सम्पन्न गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रु नौ लाख बजेटले गोरेटो बाटो निर्माण गरिएको छ । गरिब समुदायका लागि यस्ता काम निकै प्रभावकारी भएको स्थानीय रामबहादुर विकले जानकारी दिए।

उनले भने“२६ घरका सबैले बराबरी काम गरेका छौँ ।” काम सकियो भने सबैले बराबरी रकम बाँड्छौँ एक घरलाई न्यूनतम ४० हजार पैसा भाग परे पनि वर्षभरि खाने अन्न व्यवस्थापनमा सजिलो हुने उनको भनाइ छ । लकडाउन अवधिममा जिल्लामा करिब १७ हजार फर्किएका थिए । युवाले गाउँमै रोजगारी दिने कार्यक्रम ल्याउन माग गरेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies