Khabar Dabali Logo
  August 15, Sat

घुस लिएको अभियोगमा इञ्जीनियर पक्राउ

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकाका इञ्जीनियर मिलन अधिकारी एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् । उनलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखराको जिरो किलोमिटरबाट बुधबार साँझ रङ्गेहात पक्राउ गरेको जनाएको छ ।

ढोरपाटन नगरपालिकाको एक विकासे आयोजनाका उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेको अख्तियार पोखरा कार्यालयका प्रवक्ता मेघनाथ रिजालले बताए ।

अधिकारी लामो समयदेखि पोखरामा बस्दै आएका थिए । घुस रकम लिएर सेवाग्राहीलाई अधिकारीले असार मसान्तको बहानामा पोखरा बोलाएको आयोगले जानकारी दिएको छ । आफूले गरेका काममा तलदेखि माथिसम्म सबैको चित्त बुझाउनुपर्ने भन्दै उनले रु एक लाख घुस मागेका थिए । सुराकीका आधारमा जिरो किलोमिटर पुगेको अख्तियारको टोलीले उनलाई रङ्गेहात पक्राउ गरेको रिजालले बताए ।

साउन १ गते, २०७७ - १६:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज रातिदेखि भदौ ६ सम्म दोलखामा लकडाउन घोषणा

चरीकोट । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि दोलखा जिल्लामा आगामी भदौ ६ गतेसम्मका लागि लकडाउन...   

सर्पको डसाइबाट एक महिलाको मृत्यु

डोटी । विषालु सर्पको डसाइबाट यहाँ ३० वर्षीया एक महिलाको मृत्यु भएको छ । प्रहरीचौकी चवराचौतराका अनुसार...   
स्वास्थ्य मापदण्ड अपनाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउन माग

स्वास्थ्य मापदण्ड अपनाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउन माग

व्यवसायीले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा बाह्य हवाई उडान पुनः सञ्चालन गर्ने सरकारको यसअघिको निर्णयानुसार...   

विदेशमा रहेका नेपालीको लगानीमा जलविद्युत् आयोजना

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा गएका नागरिकलाई दुई महत्वपूर्ण जलविद्युत् आयोजनामा कम्तीमा...   

२५ बैंकको विवरण सार्वजनिक : लकडाउनका कारण आर्थिक क्षेत्र नराम्ररी प्रभावित

काठमाडौँ । कोरोना कहरका कारण यतिबेला संसार नै आक्रान्त भएका बेला नेपाल पनि त्यसबाट अछुतो रहन सकेन...   

अमेरिका र चीनबीच महामारीबीच व्यापार सम्झौताबारे छलफल

वाशिङ्टन । संयुक्त राज्य अमेरिका र चीनबीचको व्यापार वार्ताबारे शनिबार पूर्व सहमति अनुसार पहिलो चरणको...   

मलेसियाको अर्थतन्त्र १७ प्रतिशतले संकुचित

क्वालालम्पुर । नेपाली श्रमिकको बाक्लो उपस्थिति रहेको मलेसियाको अर्थतन्त्र अन्तिम त्रैमासिक अवधिमा...   

भेनेजुएला हिँडेको ४ वटा इरानी कार्गो ट्याँकर अमेरिकी नियन्त्रणमा

मियामी । अमेरिकी ट्रम्प प्रशासनले इरानी इन्धन बोकेर भेनेजुएलातर्फ गइरहेका चारवटा इरानी कार्गो ट्याँकर...   

बेलारुसका १० पत्रकारको रिहाइको माग

मिन्स्क । आन्दोलनको समाचार सङ्कलन तथा सम्प्रेषण गरेको आरोपमा नियन्त्रणमा लिइएका १० पत्रकारलाई अझै...   

‘दुई दिन भित्रै पिसिआर ल्याब सञ्चालनको अनुमति दिलाइने’ : मुख्यमन्त्री शेरधन राई

सुरुङ्गा । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनस्तरबाट झापाको कनकाई नगरपालिका–४ कोटीहोममा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top