Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

युरिया मलको चरम अभाव, मल नपाउँदा किसान समस्यामा

महेन्द्रनगर । एक महिनादेखि कञ्चनपुरमा युरिया मलको चरम अभाव हुँदा किसान चिन्तित बनेका छन् । धानरोपेकोे २१ दिन भित्रमा युरिया मल हाल्नुपर्ने भए पनि यहाँका किसानले मल नपाउँदा समस्या भइरहेको गुनासो गरेका छन् ।

“यहाँको दक्षिण क्षेत्रको सीमानाकाबाट लुकिछिपी मल आइरहेको सुनिन्छ”, शुक्लाफाँटा नगरपालिकाका दीना रानाले भने, “एक हजारमा पाउने मल रु एक हजार ७०० मा पनि पाउन मुश्किल छ ।”

त्यसैगरी महाकाली नगरपालिकाको सीमानाका हुँदै महाकाली नदीको झोलुङ्गे पुलबाट मल आइरहेको भए पनि बिक्रीवितरणका विषयलाई लिएर विवादसमेत उत्पन्न भएको थियो । स्थानीयबीच विवाद भएयता सो नाकाबाट पनि मल आउन छाडेको स्थानीयको भनाइ छ ।

कृषि ज्ञान केन्द्रले पनि कैलाली र कञ्चनपुरमा युरिया मल अभाव हुँदा उत्पादनमै कमी आउसक्ने बताएको छ । केन्द्रका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले मल नपाउँदा किसानले दुखेको पोख्ने गरेको बताए ।

उनका अनुसार कैलालीमा ७० हजार र कञ्चनपुरमा ४८ हजार हेक्टरमा धानखेती हुँदै आएको छ । “मल अभाव नौलो विषय होइन”, उनले भने, “अनौपचारिक नाकाबाट पनि यहाँ ३० प्रतिशत मल आयात हुन्थ्यो तर पनि बन्दाबन्दीले आउन छाडे पनि चरम अभाव देखिएको हो ।” उनले युरिया मल धान लगाएको २१ दिन र त्यसपछि पुनः २१ गरी दुईपटक हाल्नुपर्ने बताए । “यहाँले मल नपाउँदा नै उत्पादनलाई असर गर्ने देखिन्छ”, उनले भने, “मल अभाव मुलुकभरकै समस्या हो ।”

त्यसैगरी कृषि सामग्री कम्पनी लिमिटेड कञ्चनपुरले युरिया मल सकिएको महिना दिन भइसकेको जनाएको छ । “ करिव ४३ टन डिएपी र ४६ टन पोटास मल मात्रै हामीसँग मौज्दात छ”, लिमिटेड प्रमुख बलबहादुर शाहले भने, “मलका लागि बिहानदेखि साझँसम्म किसान यहाँ धाइरहन्छन् ।”

बन्दाबन्दीका बेला आपूर्तिमा सहज नहुँदा यहाँका केही सहकारीलाई भैरवाबाट मल ल्याउन दिइएको छ । “हामीले गत आर्थिक वर्षमा सहकारीबाट समेत गरेर दुई हजार ७३६ मेट्रिकटन मल बिक्री वितरण गयौँँ”, उनले भने,“मलको समस्या अहिले राष्ट्रिय समस्याकैरुपमा देखिएको छ ।” गत आवमा लिमिटेडले एक हजार ९ सय १।७ मेट्रिक टन युरिया, एक हजार सात सय मेट्रिक टन डिएपी र ९५।२ मेट्रिक टन पोटास बिक्री गरेको थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies