Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

राष्ट्रिय गौरवको आयोजनाको लोकमार्ग कतै भासियो, कतै कालोपत्र उप्कियो

गलकोट । राष्ट्रिय गौरवको आयोजनाको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्डको कालोपत्र उप्किएको छ । जिल्लाको ‘लाइफ लाइन’ सडकका रुपमा रहेका सो खण्डमा वर्षात्का कारण बाढीपहिराले कतै भासिने र कतै कालोपत्र उप्काइदिएको छ ।

बागलुङ बजारदेखि घोडाबाँधे खण्डको २५ किलोमिटर सडक कालोपत्र हुन नसक्दा यात्रुले सास्ती भोगिरहेका छन् । यसबाहेकको अधिकांश खण्ड कालोपत्र भए पनि घोडाबाँधेदेखि बुर्तिवाङ पुग्ने सडक कतै भासिने, कतै चर्किने, कतै पहिरो जाँदा निकै जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य छन् ।

अविरल वर्षाका कारण लोकमार्गको सो खण्डमा सडक माथिबाट ठाउँठाउँमा पहिरो खस्ने गरेको छ । अत्यधिक वर्षाका कारण लोकमार्गको बागलुङ नगरपालिकाको बोक्सेदेखि काठेखोला, गलकोट, बडिगाड, ढोरपाटन र निसीखोलाका विभिन्न स्थानमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने, कालोपत्र बगाएर कच्ची सडककै अवस्थामा पुगेपछि लोकमार्गको यात्रा जोखिम र सकसपूर्ण बनेको छ ।

प्राकृतिकरुपमा भन्दा मानवीय लापरवाहीका कारण लोकमार्ग छियाछिया बन्दै जान थालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापाले बताउनुभयो । “लोकमार्ग जोगाउने नागरिकको पनि दायित्व हो”, उहाँले भन्नुभयो, “लोकमार्गबाट जताततै अनावश्यकरुपमा शाखा सडक अनुमतिबिनै निर्माण गर्दा लोकमार्ग छियाछिया बन्दै गएको हो ।”

प्राकृतिकरुपमा भन्दा ठूलो विपत्ति मानवीय गल्तीका कारण निम्तिएको जनाउँदै लोकमार्गलाई स्थानीय तहलेसमेत जोगाउने दायित्व हुने उहाँको भनाइ छ । लाइफ लाइन सडकमाथि स्थानीय तह र नागरिकको खेलबाडका कारण लोकमार्गको कालोपत्र जोगाउन कठिन भएको उहाँ बताउनुहुन्छ । समस्या भएका स्थानीय तहमा अनुमतिबिना शाखा सडक निर्माण नगर्न पत्रसमेत पठाउँदै आए पनि स्थानीय तहले पत्र बुझ्नै नमानेको उहाँ गुनासो छ । लोकमार्गको अनुमति मागेमा प्राविधिकरुपमा आयोजना कार्यालयले सघाउने आएको छ ।

“कालोपत्र नभएको स्थानमा त नागरिकलाई सास्ती हुने नै भयो, कालोपत्र भएका स्थानमा समेत जनताले सास्ती खेप्नुमा शाखा सडक मुख्य जिम्मेवार छ”, उनले भने, “लोकमार्ग माथि र तल प्राविधिक मूल्याङ्कनविनै सडक खन्दा लोकमार्ग नै धरापमा परिरहेको छ ।” लोकमार्गको खास गरी कालोपत्र भइसकेको गलकोट, बडिगाड र ढोरपाटनमा बढी सडक भत्किएको आयोजनाको दाबी छ । गलकोटको दरमखोला छेउ, आगाँखेत, रिघा, बडिगाड गाउँपालिकाको राक्से, जैवर म्याल खोला, खाला बजार, भुजुङे, बालुवा, ढोरपाटन नगरपालिकाको तुततुरे, खोल्टुकोट लगायतको स्थानमा माथिबाट आएको पहिरो, शाखा सडकको भेलका कारण लोकमार्ग खतरामा परेकोे छ ।

आवश्यकभन्दा बढी सडक खनेका कारण समस्या सिर्जना हुन थालेको बागलुङको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिए । “शुरुमा हामी पनि अलिकति महत्वकाङ्क्षी भएर सडक निर्माण गरेकै हो, शुरुमा प्राविधिक ज्ञानकोसमेत अभाव भयो”, उहाँले भन्नुभयो, “लोकमार्ग आयोजनालेसमेत अलि पहिले नै स्थानीय तहसँग यथेष्ट समन्वय र नागरिकमा समेत सचेतना जगाउन सक्नुपथ्र्योे, त्यहाँ पनि केही कमजोरी भएकै छ । अब पनि समन्वय गरेर लोकमार्ग र अरु सडकको सुरक्षा दीर्घकालीन हिसाबले समस्या नदोहारिने गरी काम गर्न जरुरी छ ।” गाउँपालिकाले अब निर्माण गर्ने बाटोमा भने मध्यपहाडी लोकमार्गसँग समन्वय गरी निर्माण गर्ने उहाँले जानकारी दिए । लोकमार्गलेसमेत दीर्घकालीनरुपमा टिक्ने गरी गुणस्तरीय हिसाबले सडक निर्माण गर्न सक्नुपर्नेमा उनको जोड छ ।

वर्षात्का कारण बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कैयौँ स्थानमा शाखा सडकबाट बगेर आएको बाढी पहिराका कारण लोकमार्गमा बढी क्षति पुगेको यात्रुको गुनासो छ । बागलुङ बजारदेखि बुर्तिवाङ तीन घण्टामा पुग्न सकिने सडकमा अहिले छ÷सात घण्टा लाग्ने सवारी चालक भरत गौतमले गुनासो गरे।

मध्यपहाडी पुष्पलाल लोकमार्ग सडकखण्ड माथिबाट खनिएका ग्रामीण सडकका कारण लोकमार्ग उच्च जोखिममा परेको बडिगाड गाउँपालिका–७ खाल बजारका रवीन्द्र श्रेष्ठले बताए। “नालीविनाको ग्रामीण सडकले जम्मा गरेको भल सोझै लोकमार्गमा आउँछ, लोकमार्गले बनाएको सानो संरचनाले थेग्न सक्दैन अनि जलमग्न हुन्छ, लोकमार्ग नै बगाउने गरेको छ”, उनले भने, “वर्षात् शुरु भएसँगै मध्यपहाडी लोकमार्ग दर्जनाँै पटक अवरुद्ध भइसकेको छ । अब यसमा ढिलै भए पनि सरोकारवाला निकायले सोच्नुपर्छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies