Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

नेपालमा कोरोनाबाट मृत्यु भएका ३९औँ व्यक्ति जो अरू भन्दा ‘फरक’

काठमाडौं । रौतहटको परोहा नगरपालिका–७ का २८ वर्षीय एक युवक भारतबाट आएर वडा नम्बर ३ स्थित तेजापाकट आधारभूत विद्यालयको क्वारेन्टिनमा बसे ।

२४ गतेदेखि क्वारेण्टिन बसेका उनको २८ गते स्वाब संकलन गरेर हेटौंडा प्रयोगशालामा पठाइयो । २९ गते वीरगञ्जको नारायणी अस्थायी कोभिड अस्पताल पुगेका उनको ३१ गते मृत्यु भयो ।

अस्पतालका संयोजक डाक्टर उदयनारायण सिंहका अनुसार उनी अस्पताल पुग्दा सामान्य रुघाखोकी बाहेक अन्य स्वास्थ्यमा समस्या थिएन् । न सुगर थियो, न मुटु तथा किड्नीको समस्या । उमेर पनि ३६ वर्ष मात्र थियो । पिसाबमा पनि कुनै ‘इन्फेक्सन’ थिएन ।

पटकपटक स्वास्थ्य जाँच गर्दा पनि शरीरका सबै अंगले राम्रोसँग काम गरिरहेको थियो भने अक्सिजनदेखि मुटुको चालमा कुनै गडबढी थिएन । अर्थात उनको स्वास्थ्य जटिल अवस्थामा गुज्रिएको या गुज्रिँदै गएको कुनै पनि मेडिकल संकेत चिकित्सकहरूले पाएनन् ।

‘रातिसम्म खाना खाएर बोल्दै हिड्ने गरेको बिरामीलाई बिहान एकाएक स्वास्थ्यमा समस्या आयो’ डाक्टर सिहले भने, ‘यसरी छोटो समयमा स्वास्थ्य अवस्था अकस्मात परिवर्तन भएर मृत्यु भएको पहिलो केस हो ।’

डा सिंहका अनुसार युवा राति ९ बजे खाना खाएर सुत्नु अघि सामान्य थिए । अक्सिजनको मात्र ९२ देखि ५५ प्रतिशत थियो । मुटुको चाल एकदम ठिक थियो । तर, भोलिपल्ट बिहान सात बजे स्वास्थ्यमा एकाएक समस्या आयो । शरीरमा अक्सिजनको मात्रा ५५ प्रतिशतमा झर्यो । उनले छिटोछिटो सास फेर्न थाले । बोली लरबरिँदै गयो । उनी एकाएक अचेत अवस्थामा पुगे । लगत्तै अक्सिजन दिइयो । अन्य उपचार विधी अपनाइयो, तर अवस्था सुध्रिने छाटकाट देखिएन ।

‘बिहान ८ बजे हामीले भेण्टिलेटरमा हालिसकेका थियौं’ डाक्टर सिंहले भने, ‘तर, भेण्टिलेटरमा राख्दा समेत बचाउन सकिएन ।’ दिउँसो साढे २ बजेतिर उनको निधन भयो ।

नेपालमा कोभिड संक्रमित भएर मृत्यु भएका ३९ मध्ये यो फरक केस भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्याय बताउँछन् । ‘यो भन्दा अगाडि मृत्यु हुने मानिसहरु कुनै न कुनै रोगले ग्रसित थिए, उमेर पनि बढी थियो र अन्य दिर्घरोग भएरै अस्पतालमा भर्ना भएका थिए’ डाक्टर उपाध्याय भन्छन्, ‘तर यो केसमा मृतकको ट्राभल हिस्ट्री थियो र छिट्टै समस्या देखिएर निधन भयो ।’

यो केसले नेपालमा कडा कोभिड देखिएको संकेत गरेको डाक्टर उपाध्याय बताउँछन् । हुन पनि यसअघि कोरोना संक्रमणका कारण भएका मृत्यहहरु हेर्ने हो भने संक्रमित हुनु अघि पनि स्वास्थ्यमा कुनै न कुनै सदस्य थियो । अस्पतालमा पुर्याउनुअघि मृत्यु भएको घटनाहरु पनि छन् । ।

यो केस धेरै कारणले फरक छ । किनकी, यो क्वारेण्टिन स्थलको मृत्यु होइन । यो अस्पताल लाँदालाँदै बाटोमा भएको मृत्यु पनि होइन । कुनै दिर्घरोगीलाई कोरोना संक्रमण पनि भएर भएको मृत्यु पनि होइन । यो त भेण्टिलेटरमा राखेको ५ घण्टापछि मृत्यु भएको केस हो ।

यस्ता केसहरुको स्वास्थ्य मन्त्रालयले छुट्टै अध्यन गर्नुपर्ने संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी बताउँछन् । उनका अनुसार नेपालमा ज्यान गुमाउनु नपर्ने धेरै कोभिड संक्रमितको मृत्यु भएको छ । त्यसको कारण खोज्न स्वास्थ्य मन्त्रालयले ढिलो गरेको उनको आरोप छ ।

चिकित्सकहरूका अनुसार कोभिड(१९ भाइरसले मुटुमा रगत पुर्याउने नलीलाई क्षति गर्छ । त्यसो हुदाँ मुटुमा रगत पुग्दैन भने फोक्सोमा रगत जम्न सक्छ । सोही कारण मानिसको अकस्मात मृत्यु हुने गर्छ । कोरोना संक्रमण भएका विरामी यसरी मृत्यु हुनु नौलो होइन ।

‘भाइरसले मानिसको मुटु तथा फोक्सोमा अकस्मात एट्याक गर्ने भएकाले संक्रमण भएको केही क्षणमा मानिसको मृत्यु हुन सक्छ’ डाक्टर सुवेदी भन्छन्, ‘तर यो केसमा यस्तै भएको हो भन्ने कुरा अध्यन बिना बोल्न मिल्दैन, यो त सम्भावना मात्रै हो ।’

विज्ञ फरेन्सिक एक्सपर्टहरुलाई यस्ता केसहरुको अध्यन गर्न स्वास्थ्य मन्त्रालयले समन्वय गर्नु पर्ने डाक्टर सुवेदीको तर्क छ । उनका अनुसार यस्ता बिरामीको मृत्यु भएपछि मुटु तथा फोक्सोका विज्ञ चिकित्सकले सुरक्षा सतर्कता अपनाएर कोरोना भाइरसले मृत्यु भएका व्यक्तिको मुटु र फोक्सोमा कस्तो असर गरेको थियो भनेर निष्कर्ष निकाल्नुपर्छ ।

‘फरेन्सिक एक्सपर्ट र सम्बन्धित विज्ञहरुको निष्कर्षलाई आधार मानेर अटोप्सी गरे सत्य तथ्य पत्ता लाग्छ’ डा सुवेदीले भने, ‘अकस्मात मानिस मरेकै आधारमा कडा कोभिडको संक्रमण भयो भन्न मिल्दैन ।’

तर मन्त्रालयले बेवास्ता गर्दा पछि झन ठुलो समस्या निम्तन सक्ने उनको तर्क छ । उनी भन्छन्, ‘ नेपालको पछिल्लो मृत्यु अरु केसको मृत्यु भन्दा फरक देखिन्छ , तर अध्ययन बिना यही हो भनिहाल्नु उचित हुन ।’ -अनलाइन खबरबाट

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies