Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

आज १२ अन्तर्राष्ट्रिय उडान : ५९२ नेपाली स्वदेश फर्किए

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज १२ अन्तर्राष्ट्रिय उडान भएका छन् ।

कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको तेस्रो चरणको चार्टर्ड उडानमार्फत आज ५९२ नेपाली स्वदेश फर्किएका हुन् ।

नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नेपालीको उद्धारका लागि चार्टर्ड उडान गरेका छन् । यो सङ्ख्या उडान तथा अवतरण दुवैतर्फको हो ।

नेपाल एयरलाइन्सले दुबईबाट दुई उडान र दोहाबाट एक उडान गरी नेपाली घर फर्काउनेछ । त्यस प्रयोजनका लागि निगमका दुवै जहाज गन्तव्यतर्फ उडेको विमानस्थल कार्यालयले जनाएको छ । सोही एयरलाइन्सले चीनको कुनमिङ्गबाट कार्गो उडान गरी अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ ।

यता हिमालय एयरलाइन्सको आजै अबुधाबीमा दुई र चीनको कुनमिङ्गमा एक चार्टर्ड उडान हुने विमानस्थलको तालिका छ । आज एयर अरेबियाले सारजाहाबाट १६६ नेपाली काठमाडौँ ल्याइएको छ । नेपालबाट ६ यात्रु लिएर गन्तव्य फर्किएको छ । कतार एयरवेजले जोहाबाट १४२ यात्रु काठमाडौँ ल्याएको छ भने फ्लाई दुबईले दुबईबाट ११८ नेपाली काठमाडौँ ल्याएको छ । सोही एयरलाइन्सले दुबईबाट एक शव पनि नेपाल ल्याएको छ । त्यस्तै सिल्क एयरलाइन्सले सिङ्गापुरबाट १४९ यात्रु तथा दुई बच्चा नेपाल ल्याएको छ । मलेसियन एयरलाइन्सले क्वालालम्पुरबाट १७ नेपाली ल्याएको छ भने काठमाडौँबाट ४० यात्रु लिएर गन्तव्य उडेको छ ।

बिहीबार पनि नेपाल एयरलाइन्सको चार र हिमालय एयरलाइन्सको पाँच गरी नौ अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलले जनाएको छ । दुवै एयरलाइन्सले रियाद, दमाम, दुबई, अबुधाबी र रियादबाट नेपालीको उद्धार गरी काठमाडौँ ल्याउने कार्यतालिका छ ।

आज आन्तरिकतर्फ पनि विभिन्न एयरलाइन्सका १० चार्टर्ड उडान भएका छन् । समिट एयर, सिम्रिक एयर, तारा एयर, मनाङ एयर, श्रीएयर र कैलाश हेलिकोप्टरले विभिन्न गन्तव्यमा चार्टर्ड उडान गरेका हुन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies