Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

मेलम्ची सुरुङमा त्रुटि सच्चाएर थप सुरक्षासहित परीक्षण गरिने

मेलम्ची । मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण रोकिएको छ ।

आयोजनाको अम्बाथानस्थित फ्लसिङ ९आवश्यक गर्दा पानी फाल्न बनाइएको० गेट एक्कासी खुलेर दुर्घटना भएपछि आयोजनाको परीक्षण स्वरुप पानी हाल्ने काम रोकिएको हो । सुरुङमा पठाएको सबै पानी बाहिर निकालिएको छ ।

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–३ अम्बाथानस्थित आयोजना निर्माणस्थलमा बुधबार भएको दुर्घटनामा १० दिन पहिलेबाट सुरुङभित्र पठाइएको सबै पानी बाहिर निकालिएको बताइएको छ ।

मङ्गलबार दिउँसो मेलम्ची खानेपानी विकास बोर्ड, निर्माण कम्पनी र परामर्शदाताको संयुक्त टोली सुरुङको निरीक्षणका लागि अम्बाथानस्थित आयोजना निर्माणस्थलमा पुगेको थियो । प्रारम्भिक रुपमा सुरुङमा रहेको गेटको नेटबोल्ड फुत्केर पानी बाहिर निस्केको भन्ने बुझिएको आयोजनका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । सो आयोजनाको निर्माणसँगै सुरुङको परीक्षणका लागि कार्यविधि बनाइएको थियो । सोही कार्यविधिका आधारमा प्राविधिक टोली परीक्षणका लागि पुगेको हो । उनले भने, “उनीहरु त्यहीँ हुँदा दुर्घटना भएकाले पानीको बेगले बगाएको हो ।”

सुरुङको निर्माण सम्पन्न भएकाले त्यसको निरीक्षण र समन्वयका लागि समिति बनेको थियो । अम्बाथानको जिम्मा इञ्जिनीयर शेखर खनाललाई दिइएको र उहाँको नेतृत्वमा परामर्शदाता र निर्माण व्यवसायीको एक÷एक जना प्रतिनिधि रहेको थियो । अहिले पनि निर्माण व्यवसायी निर्माणस्थलमै रहेकाले सो घटना कसरी भयो भन्ने व्यवसायीलाई नै जानकारी हुने उनले बताए ।

आयोजनाले सामान्य अवस्थामा के गर्ने भनी बनाएको कार्यविधिकै आधारमा अहिलेसम्म परीक्षण भइरहेको प्रवक्ता पन्तले बताए । पानी बाहिर जाँदा के गर्ने भन्ने पनि कार्ययोजनामा रहेको उनदयो । पानी बाहिर निस्कँदा बस्तीलाई माइकिङ खबर गर्ने उल्लेख छ । घटना एक्कासी भएको र परीक्षणका लागि गएका व्यक्ति नै बगाएकाले खबर गर्न नपाइएको हो । उनले भने, “कुनै त्रुटि भएमा के गर्ने भन्ने पनि कार्ययोजनामा छ ।”

आयोजनाले निरीक्षणका लागि व्यक्ति आफैँ जाँँदा जोखिम हुने देखिएकाले अब पानी हाल्दा निरीक्षणका लागि सीसी क्यामरा जडान गर्ने योजना बनाएको छ । सुरुङमा रहेको सबै पानी बाहिर निस्केकाले अब फेरि १५÷२० दिन सुरुङमा पानी भर्न नै लाग्नेछ । तत्काल नै पानी पठाउने भने योजना नरहेको आयोजनाले जनाएको छ ।

सुरुङभित्र गएको पानी गेटबाट बाहिर एकै पटक निस्किेपछि अहिले त्यहाँ पानी पठाउन रोकिएको छ । अब पहिले त्रुटि सच्चाउने र त्यसपछि मात्रै पानी हाल्ने आयोजनाका प्रवक्ता पन्तले बताए । त्यहाँ कति पानी थियो भन्ने निर्माण व्यवसायीले बोर्डलाई जानकारी गराउने उनले बताए । आगामी दिनमा त्रुटि सच्चाएर र थप सर्तकता अपनाएर मात्रै पानी पठाइने आयोजनाले जनाएको छ । उनले भने, “घटनास्थलमा पुगेर हेरेपछि मात्रै घटनाको कारण र क्षतिका विषयमा जानकारी हुन्छ ।”

आयोजनाले गत २१ गतेदेखि २६ किलोमिटर लामो सुरुङमा पानी पठाएर परीक्षण शुरु गरेको छ । सुरुङ परीक्षण गर्न कम्तीमा १५ दिन लाग्ने खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । सुरुङभित्र जम्मा भएको पानी विस्तारै बाहिर निकाल्न पनि उत्तिनै समय लाग्नेछ । अर्थात् १५ दिन पानी पठाएजस्तै खाली गर्न पनि उत्तिनै अवधि लाग्नेछ । त्यसपछि सात दिन सुरुङभित्रको समग्र अवस्थाका बारेमा अन्तरराष्ट्रिय मापदण्डअनुसार नै प्राविधिक टोलीले निरीक्षण गर्ने योजना थियो । सबै अवस्थाको जाँच पड्ताल गरिसकेपछि सुरुङ ठीक रहेको निष्कर्ष निकाल्ने र सुन्दरीजलमा पानी झार्ने तयारीमा मन्त्रालय सोही दिन पत्रकार सम्मेलनमार्फत बताएको थियो ।

आगामी भदौको दोस्रो साताभित्र काठमाडौँमा नियमितरुपमा पानी उपलब्ध गराउने गरी आवश्यक व्यवस्था मिलाइएको मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको थियो ।

घाइतेको उपचार र बेपत्ताको खोजी जारी

सो दुर्घटनाका कारण घाइते भएका कन्सल्ट्यान्ट दोर्जे पेम्बा र इञ्जिनीयर शेखर खनालको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा सवारी चालक राधाकृष्ण थापामगर र इञ्जिनीयर सतिश गोहितको खोजी भइरहेको छ । आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय थापामगर र अन्दाजी २५ वर्षीय इञ्जिनीयर गोहित बेपत्ता भएका थिए । उनीहरु अझै फेला नपरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।

घाइतेलाई हेलिकप्टरमार्फत मङ्गलबार नै काठमाडाँै ल्याइएको तामाङले जानकारी दिए । बेपत्ताको हेलम्बु प्रहरी र त्यहाँको सेनाले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । उनीहरुले मेलम्ची खोलाको दुवै साइडबाट खोजी गरिरहेको छ । ढोका फुटे पनि आएको बाढीले बा१झ ८७६४ नम्बरको हाइलक्स गाडीसमेत बगाएको थियो । पानीले एकै पटक गेट भत्काएपछि गाडी अडिट टनेलबाट उच्छिट्टिएर मेलम्ची नदीमा पुगेको थियो । मङ्गलबार नै गाडीलाई नदीबाट निकालिएको प्रहरी निरीक्षक तामाङले जानकारी दिए । उनका अनुसार बेपत्ता व्यक्तिको खोलामा खोजी भइरहे पनि अहिलेसम्म पत्ता लाग्न सकेको छैन । खानेपानी मुहानभन्दा तल्लो भेगका स्थानीयवासीलाई नआतिएर सर्तक हुन आयोजनाले अनुरोध गरेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies