Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

मध्यविन्दुबाट युवालाई स्वरोजगार बनाउन सहुलियत दरमा ऋण

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाले युवालाई स्वरोजगार बनाउन सहुलियत दरमा ऋण उपलब्ध गराउने भएको छ । वैदेशिक रोजगारबाट फर्किएका तथा नगरका बेरोजगार युवालाई स्वरोजगार बन्न नगरपालिकाले सहुलियत दरमा ऋण दिने भएको हो ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ देखि नयाँ कार्यक्रमस्वरुप युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्न लागेको छ । नगर क्षेत्रभित्रका उद्यम गर्न चाहने महिलालाई तीन प्रतिशत तथा पुरुषलाई चार प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराइने नगर प्रमुख चन्द्रबहादुर रानाले बताए । नगरपालिकाबाट कृषि विकास बैंकसँग सहकार्य गरेर विदेशबाट फर्किएका तथा नगरका बेरोजगार युवालाई स्वरोजगार बनाउन ऋण लगानी गर्न लागिएको जनाइएको छ ।

आगामी आव २०७७/७८ को नीति तथा कार्यक्रममा नै समावेश गर्दै युवा स्वरोजगार कार्यक्रमका लागि रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ । नगरपालिकाले कृषि विकास बैंकमा धरौटीवापत सो रकम जम्मा गर्ने र बैंकले स्वरोजगार हुन चाहने युवाका लागि रु ६ करोड बराबर ऋण प्रवाह गर्ने सहमति भएको रानाले बताए । नगरका स्वरोजगार हुन चाहने युवाको आवेदन सङ्कलन गरेर प्रतियुवा रु ५० हजारदेखि पाँच लाखसम्म लगानी गरिने जनाइएको छ ।

नगरपालिकाले वैदेशिक फिर्ती युवा स्वरोजगार कार्यक्रममार्फत ऋण दिने भए पनि सो योजनामार्फत विदेश नगएका तथा यहीँ केही उद्यम गर्न इच्छुक युवालाई समेत समावेश गर्ने नगरपालिकाका सूचना अधिकारी सुमनराज रेग्मीले जानकारी दिए । हाल नगरका बेरोजगार युवा तथा विदेशबाट फर्किएका र फर्किन चाहने युवाको लगत सङ्कलन भइरहेको बताइएको छ । लगत सङ्कलनपछि स्वरोजगार हुन चाहने युवाबाट सार्वजनिक रुपमा आवेदन माग गरिने रेग्मीको भनाइ छ । नगरका युवालाई आफ्नै भूमिमा स्वरोजगार बनाउनका लागि नगरपालिकाले सीप, प्रविधि र लगानी गर्दै उद्यमशील बनाउने नगर उपप्रमुख ओमकुमारी महतोले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies