Khabar Dabali Logo
  August 14, Fri

छ दिनदेखि हराइरहेकी नायिकाको शव फेला

एजेन्सी । ६ दिनदेखि हराइरहेकी अमेरिकी नायिका तथा गायिका नाया रिभेराको शव फेला परेको छ । ३३ बर्षिया यी नायिकाको शव साउथ क्यालिफोर्नियाको लेक पीरु नजिकै भेटिएको हो ।

रिभेरा र उनका छोराले बुधबार एउटा डुङ्गा भाडामा लिएका थिए । ती बालकले उद्धारकर्मीलाई आफू र आफ्नी आमासहित पौडी खेल्न गएको तर उनी डुङ्गामा फर्किएर नआएको जानकारी दिए । बालकले पछाडि फर्केर हेर्दा आमालाई पानी मुनी हराएको देखेको अनुसन्धानकर्तालाई बताएका थिए ।

उनको छोरालाई डुङ्गामा सुतिरहेको अवस्थामा भेटिएको हो । डुङ्गाभित्र एउटा लाइफ ज्याकेट थियो भने अर्को ती बालकले लगाएका थिए ।

काउन्टी सेरिफ बिल आयुबले सोमबार सीएनएनसँगको कुराकानीमा नाया रिभोराले मृत्युवरण गर्नुअघि आफ्नो भए भरको बल छोरालाई बचाउन लगाएको बताएका छन् ।उनले भने, ‘उनले आफ्नो भएभरको ऊर्जा छोरालाई डुङ्गामा राख्न खर्च गरिन् तर आफूलाई भने जोगाउन सकिनन्,’ आयुबले भने ।

उनको शव तैरिरहेको अवस्थामा जहाँ भेटियो त्यहाँको पानी ३५ देखि ६० फिट गहिरो छ । आयुबका अनुसार अनुसन्धानकर्ता उक्त शव रिभेराकै हो भन्नेमा निश्चित छन् तर उनको शवलाई दन्त परीक्षणमार्फत् पहिचान गर्नका लागि भेन्टुरा काउन्टी कोरोनर्सको कार्यालयमा लगिएको छ ।

असार ३१ गते, २०७७ - १३:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल बैंक र शिखर इन्स्योरेन्सबीच सम्झौता

नेपाल बैंक र शिखर इन्स्योरेन्सबीच सम्झौता

काठमाडौ । नेपाल बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकका निक्षेपकर्ताको बीमासम्बन्धी...   
आजदेखि काठमाडौं आउन–जान रोक (निर्णयसहित)

आजदेखि काठमाडौं आउन–जान रोक (निर्णयसहित)

काठमाडौं । आजदेखि काठमाडौं उपत्यका आउन–जान पूर्ण रूपमा रोक लगाइएको छ । गृह मन्त्रालयको निर्देशनमा...   

प्रचण्ड निवासका थप दुई जनामा कोरोना पुष्टि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासका थप दुई जनामा कोरोना...   

युवाहरू साझा प्रतिबद्धताका साथ राष्ट्र निर्माणमा जुट्नुपर्छ : मन्त्री दुलाल

वाग्मती । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले युवाहरूले साझा प्रतिबद्धताका साथ...   
डोटी बस दुर्घटना अपडेट : मृतक तीन जनाको सनाखत, ३३ घाइते

डोटी बस दुर्घटना अपडेट : मृतक तीन जनाको सनाखत, ३३ घाइते

डोटी । पूर्वीचौँकी गाउँपालिका–१ फुलौटमा आज बिहान करिब ६ बजे भएको बस दुर्घटनामा परी निधन भएका तीन जनाको...   

यी हुन् सरकारले कोरोनाबारे गरेका ८ नयाँ निर्णय (सूचीसहित)

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेसँगै सरकारले केही प्रतिबन्धसहित नयाँ नियम लागू गरेको...   

सेवाग्राहीसंँग घुस लिएको अभियोगमा ६ जना प्रहरी निलम्बित

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा...   

कोरोना त्रास : अस्पताल डुलाउँदा डुलाउँदै दुई जनाको मृत्यु

झापा । कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएकोे जनाउँदै स्थानीय अस्पतालहरु उपचारमा पन्छिएपछि झापामा...   

सरकारले रुकुम घटनाका मृतक परिवारलाई १०/१० लाख राहत दिने

काठमाडौ । सरकारले रुकुम घटनाका मृतक परिवारलाई राहतस्वरुप १०/१० लाख उपलब्ध गराउने भएको छ । सोमबार बसेको...   
पहिलो पुस्ताका फुटबल खेलाडी सुब्बाको निधन

पहिलो पुस्ताका फुटबल खेलाडी सुब्बाको निधन

काठमाडौ । नेपाली फुटबल टोलीका पहिलो पुस्ताका खेलाडी इन्द्रसिंह सुब्बाको निधन भएको छ । सुब्बाको ८४...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top