Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

काठमाडौंमा चल्न थाले सार्वजनिक यातायात

काठमाडौं । सुन्दर यातायातले काठमाडौं उपत्यकामा ४ वटा विद्युतीय बस सञ्चालन गरेको छ । मङ्गलबारबाट सञ्चालन भएका विद्युतीय बसमध्ये ३ वटा चक्रपथमा र एउटा सूर्यविनायक-रत्नपार्क सञ्चालन गरिएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ - बन्दाबन्दीका बेला सरकारले छोटो दूरीको सवारी सञ्चालन खुला गरी ५० प्रतिशत भाडा वृद्धि गरे पनि सुन्दर यातायातले भने पुरानै भाडामा यात्रुलाई सेवा दिएको छ ।

सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले भने, ‘बन्दाबन्दीले सबैलाई समस्या पारेको बेला हामी भाडा बढाउँदैनौँ, पुरानै भाडामा यात्रुलाई सेवा दिन्छौँ । कोरानाबाट बच्ने सुरक्षाका उपाय अपनाएर बस सञ्चालन गरेका छौँ ।’ 

मयुर यातायातले पनि सेवा सञ्चालन गरेको छ । सरकारले छोटो दूरीका सवारी खुला गरेपछि मयुरले सेवा सञ्चालन गरेको हो । साझा यातायातले साउन १ गतेदेखि सेवा सञ्चालन गर्ने तयारी गरेको कार्यकारी निर्देशक भूषण तुलाधरले जानकारी दिए । तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने विभिन्न माग राखेर बस सञ्चालन गरेको छैन ।

सरकारले खुला गरे पनि महासङ्घले बन्दाबन्दी अवधिको ब्याज मिनाहा, किस्ता तिर्ने अवधि थप, मर्मत सम्भारका लागि पुनर्कर्जा, मजदुरको कोरोना बीमालगायत राहत प्याकेजको माग राखी यातायात सञ्चालन नगरेको हो । 

महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले भने, ‘स्वास्थ्य सुरक्षा लगायतका सवालमा हामी छलफलमै छौँ । २/४ वटा गाडी निकालेजस्तो होइन, लाखौँ गाडी निकाल्नुपर्ने कुरा छ, हामी सरकार र व्यवसायीहरूसँग छलफल गरिरहेका छौँ ।’   

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies