Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

घुम्दै सलहको विखण्डित झुण्ड : उत्पादनमै क्षति हुने गरी असर गरेको छैन

काठमाडौँ । हावाको बेगसँगै भारतबाट नेपाल प्रवेश गरेको बालीनाशक किरा (सलह) विभिन्न जिल्लाबाट प्रवेश गर्ने क्रम अझै रोकिएको छैन । असार १३ गते पहिलो पटक रौतहट हुँदै नेपाल पसेको सलह कहिले पूर्वी जिल्ला त कहिले पश्चिम जिल्लाबाट प्रवेश गरिरहेको छ । नेपालमा त्यसले उत्पादन मै असर गर्ने गरी ठूलो क्षति पुर्याउन नसकेको कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले भने, “केही ठाउँमा सामान्य क्षति गराएको भएपछि उत्पादन मै असर गर्नै गरी क्षति पुर्याएको छैन, मुख्य गरी हामीलाई मौसमले साथ दियो, त्यसपछि किसान आफैँ सक्रिय भएर धेरैबेर अडिन दिएका छैनन्, त्यसैले बालीनाली जोगिएको छ ।” किसानले विभिन्न उपाए अपनाएर बालीमा पाँच मिनेट पनि बस्न नदिएकाले क्षति हुनबाट रोकिएको छ । त्यसपछि मौसम सक्रिय हुँदा सलह सक्रिय हुन पाएको छैन । ठूलो क्षति नभए पनि के कस्तो क्षति बनाएको छ भनेर विवरण सङ्कलनको काम जारी रहेको केन्द्रले जनाएको छ ।

यसपटक सबै स्थानीय तह कृषि प्राविधिक र केन्द्रको समन्वयमा सूचना प्रणालीलाई व्यवस्थित गर्दा पनि बेलैमा सावधानी अपनाउन सकिएको हो । शुरुको समयमा झण्डै ८० देखि ९० लाखको हाराहारीको फरकफरक झुण्ड नेपालमा आएको थियो । त्यो छिन्नभिन्न भएर सानासाना झुण्डमा परिणत भयो । मौसम अनुकूल नहुँदा कति मरेर गए भने झुण्ड टुक्रिँदै जाँदा प्रभावहिन बन्न पुग्यो । पहिलो चरणमा आएको केही विखण्डित झुण्ड अझै पनि विभिन्न जिल्लामा सक्रिय छ । हिमाली जिल्ला प्रवेश गरेको झुण्ड भने मरेका छन् । अहिले घुमिरेहका झुण्ड भने कमजोर खालको छ ।

पछिल्लो पटक आइतबार भारतको बहराइच र सीतापुरबाट विखण्डित सलहको समूह नेपाल प्रवेश गरेको थियो । नेपालमा दाङ जिल्लाबाट प्रवेश गरेको उक्त केही हजारको झुण्ड प्यूठानको माण्डवी र झिमरुक गाउँपालिका तथा प्यूठान र स्वर्गद्वारी नगरपालिकाको आसपासका क्षेत्रमा आश्रय लिएर बसेको थियो । अहिले उक्त भुण्ड कहिले आकाशमा घुम्ने, कहिले जङ्गलमा बस्ने र कहिले किसानका खेतमा आउने गरिरहेको छ । केही रोल्पा मोडिएको छ ।

बालीमा बस्न लागेको अवस्थामा कृषक तथा समुदायबाट विभिन्न अवरोध सिर्जना गरी बस्न नदिएपछि उत्तर–पश्चिमतर्फ लागेको केन्द्रले जनाएको छ । त्यसका केही समूह भने प्यूठानमै पनि रहेको छ । सोमबार बिहान ८ बजेदेखि ११ बजेसम्म तीन घण्टा लगाएर प्यूठानका किसानले खेतबाट सलह धपाएका थिए ।

भारततर्फको सिमावर्ती क्षेत्रामा रहेको करिब १० हजारको एउटा झुण्ड नपलपरासीको त्रिवेणी गाउँपालिकाबाट प्रवेश गरेको थियो । अहिले त्यो झुण्ड जङ्गलमा आश्रय लिई धानखेतमा आउने जाने गरिरहेको छ । हाल वर्षात् भइरहेकाले खासै नोक्सानी गर्न नसकेको विज्ञले बताएका छन् । कीटविज्ञ तथा सलह अध्ययनका लागि गठित प्राविधिक कार्यदलका सदस्य समुन्द्रलाल जोशी नेपालमा सलहले खासै क्षति पुर्याउन नसकेको बताउछन् । “जसरी क्षति गर्नुपथ्र्यो सकेको छैन, एक त लगातार पानी परिरहेको छ, अर्को किसानले अवरोध गरिरहेका छन्, धेरै समय खेतीबालीमा बस्न नपाउँदा क्षति रोक्न सकिएको छ”, जोशीले भने । उनले अहिलेसम्म ५४ जिल्लामा सलह देखिइसकेको बताए ।

शुरुमा असार १३ देखि १६ सम्ममा प्रवेश गरेकामध्ये छरिएर गएका सानो सङ्ख्याका सलहले अझै बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, जाजरकोट, डोल्पा, जुम्ला, कालीकोटलगायतका जिल्लामा आफ्नो उपस्थिति देखाइरहेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार सोमबार सुदूरपश्चिम प्रदेश र प्रदेश ५ को दक्षिण पश्चिम र अन्य भागमा दक्षिण पूर्वी वायुको प्रभाव रहेकोले नेपाल छिरेको थियो । आज सुदूरपश्चिममा दक्षिण–पूर्वी र अन्य स्थानमा पूर्वी वायुको प्रभाव रहेको छ । बुधबारदेखि भने दक्षिण–पूर्वी तथा पूर्वी वायुको प्रभाव रहने पूर्वानुमान गरिएको छ । आज र भोलि जति प्रवेश गर्छ, त्यसपछि केही दिन प्रवेश गर्ने सम्भावना नरहेको केन्द्रका प्रवक्ता सुवेदीले बताए ।

अबको दुई दिन भने भारतको सीमावर्ती क्षेत्रमा छरिएर रहेका केही झुण्ड सलह अझै पनि दाङदेखि नवलपुरसम्मका क्षेत्रमा दक्षिण–पश्चिमी वायुको सहारामा नेपालमा प्रवेश गर्ने सम्भावना रहेकाले केन्द्रले तराई क्षेत्र तथा तल्लो पहाडी क्षेत्रमा सजग हुन अनुरोध गरेको छ । नेपालमा सोमबार प्रवेश गरिसकेका सलहको हकमा वायुको सहारामा उत्तर–पश्चिमतर्फ अगाडि बढ्न सक्ने सम्भावना देखिएको छ । यस्तै भारतको लखनउको आसपासमा रहेको सलहको झुण्डबाट टुक्रिएर आएका केही सलह पर्सा, धनुषा, महोत्तरी तथा सर्लाही र आसपासका क्षेत्रबाट नेपालभित्र प्रवेश गर्नसक्ने सम्भावना रहेकोले निरन्तर निगरानी गरी आवश्यक सावधानी तथा पूर्वतयारीमा रहनसमेत सार्वजनिक सूचनामार्फत अनुरोध गरिएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies