Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

आमाहरुलाई मादल र गन्धर्वलाई सारङ्गी दिएपछि मख्ख

बागलुङ । गलकोट नगरपालिका–३ का दीपक गन्धर्व वडाले सारङ्गी दिएपछि मख्ख छन्। घरमै बनाएको सारङ्गीले सुर दिन छाडेका बेला उनलाई नयाँ सारङ्गी हातपरेको छ । उनी अहिले त्यही सारङ्गी रेट्छन् र धुन भर्छन् । लोपोन्मुख गन्धर्व जातिको लोकबाजा र संस्कृति संरक्षण गर्ने उद्देश्यले सारङ्गी प्रदान गरिएको वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताए । दासा र समपोखरा गाउँमा पुख्र्यौली घर भएका अधिकांश गन्धर्व परिवार अहिले हटिया बजार बस्छन् ।

“गन्धर्वको सारङ्गी संस्कृति नै हराउन लाग्यो, एकाध मात्रैले गाउने र बजाउने गर्नुहुन्छ”, वडाध्यक्ष भण्डारीले भने, “मौलिक परम्परा नहराओस्, नयाँ पुस्ताले पनि सिकोस् भन्ने हाम्रो उद्देश्य हो ।”

वडा नं ३ हटियामा ३५ घर गन्धर्व परिवार छन् । उनीहरु ज्याला मजदुरी गरेर खर्च धान्छन् । पुस्तैनी सारङ्गी वादन र गायन पेशा हराउने स्थितिमा पुगेको छ । दीपकले इच्छुकलाई सारङ्गी वादनको सीप सिकाउने बताए । घटना विशेषलाई कथानक बनाउने र त्यसलाई सारङ्गीको तालमा गाउने गन्धर्वको विशेषता हो । अहिले पनि कतिपय गन्धर्व समुदायका कलाकारले सारङ्गी रेटेर जीवन चलाउँछन् । केही दिनअघि गन्धर्वलाई सारङ्गी दिएको वडाले आइतबार आमा समूहहरुलाई मादल र खैँजडी वितरण गर्यो ।

वडाभित्रका १३ आमा समूहलाई वाद्यवादनका सामग्री प्रदान गरिएको वडाध्यक्ष भण्डारीले बताए । “मादल, खैँजडी र सारङ्गीमा मात्र ६४ हजार भन्दाबढी खर्च भएको छ”, वडाध्यक्ष भण्डारीले भने । गाउँठाउँमा भजन संस्कृतिको जगेर्ना गर्दै आएका आमा समूह वडाबाट लोकबाजा पाएपछि उत्साहित छन् । वडाले दुई नौमती बाजा समूहलाई पोशाकसमेत प्रदान गरिएको जनाएको छ । ती समूहलाई एक÷एक दमाहा दिइएको छ । पुरानो पेशा, कला र संस्कृति उत्थानका लागि चालु आवमा वडाले रु तीन लाख बजेट छुट्टाएको थियो । सोहीमध्येबाट परम्परागत रुपमा आरान व्यवसाय चलाउँदै आएका १६ कालीगढलाई आरान सुधारका लागि उपकरण प्रदान गरिएको छ ।

“वडामा परम्परागत सामग्री जोगाउन सङ्ग्रहालयको काम अघि बढाइएको छ”, वडाध्यक्ष भण्डारीले भने, “ढिकी, जाँतो, ठेकाठेकी, मदानी, हलो, जुवा, सेखुजस्ता सामग्री सङ्कलन भइरहेको छ ।” सामग्री सङ्कलनमा हालसम्म रु। ३० हजारबढी खर्च भइसकेको छ । वडाले यो वर्ष भौतिक पूर्वाधारसँगै सामाजिक विकास, कला, संस्कृति र पर्यटनका क्षेत्रमा लगानी बढाएको छ । नगर गौरवको योजनामा परेको ऐतिहासक कोतघर जीर्णोद्वारको काम पनि तीव्र गतिमा भइरहेको वडाध्यक्ष भण्डारीले बताए ।

गलकोट राज्यका पहिलो राजा जितारी मल्लले बनाएको कोतघर संरक्षणमा नगरपालिका कस्सिएको हो । उक्त योजनाका लागि चालु आवमा रु ५० लाख बजेट छुट्टाइएको थियो । कोतघरमा १६० किलो बराबरका दुई वटा खुकुरी प्रतिस्थापन गरिएको जनाइएको छ । कला, संस्कृति र सम्पदाको उत्थानमा पछिल्लो समय स्थानीय तहले अग्रसरता बढाएका छन् । ओझेलमा पारिएका क्षेत्रले प्राथमिकता पाएका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies