Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

पहिरोले खोस्यो खुशी

दमौली । केही दिनदेखि भीषण वर्षाको खबर सुनेका तनहुँको ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैँसीकिलीका आनबहादुर थापालाई आइतबार रातिदेखि नै निद्रा परेको थिएन । उनी र श्रीमती ज्योतिमाया पुरानो घरमा सुत्ने तर्खर गर्दै थिए।

पुरानो घरसँगै जोडिएको नयाँ घरमा भने उनीहरुका दुई छोरा, दुई बुहारी र नातिनी गरी पाँच जना सुतेका थिए । राति १२ बजे अकस्मात पहिरो झर्दा आनबहादुर र श्रीमती त बाँच्न सफल भए तर उनीहरुका दुई छोरा र दुई बुहारी र नातिनीको भने ज्यान गयो । घटनापछि आनबहादुर सकुशल छन् भने उनकी श्रीमती ज्योतिमायालाई उपचारका लागि पोखरा पठाइएको छ ।

“आनबहादुर र ज्योतिमाया सुतेको पुरानो घर भत्किए पनि उनीहरुको ज्यान जोगिएको छ”, ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैले भने, “तर सँगै जोडिएको नयाँ घर भने पूरै भत्किएर पाँच जनाको निधन भयो ।” पहिरोले घर पुरिँदा ३० वर्षीय भेषबहादुर थापा, निजकी श्रीमती २९ वर्षीया नानुमाया, छोरी पाँच वर्षीया अमिषा, २२ वर्षीय महादेव र निजकी श्रीमती १९ वर्षीया मनिसराको निधन भयो । एकै परिवारका पाँच जनाको पहिरोले पुरिएर निधन भएपछि सिङ्गो गाउँ नै स्तब्ध छ । “एकदमै नसोचेको घटना भयो, गाउँ पूरै स्तब्ध छ”, उनले भने ।

रातिको समयमा घटना घटेकाले स्थानीयवासीले थाहा पाउँदा बिहानको ५ बजेको थियो । लगत्तै प्रहरीलाई खबर पुगेपछि प्रहरी पनि घटनास्थलमा पुगेर पहिरोमा पुरिएकाको उद्धारमा जुटेको थियो । साथै नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि घटनास्थल पुगेको थियो । दिनभरको प्रयासपछि घरमा पुरिएका पाँच जनाको नै शव निकालिएको छ ।

विदेश जाने सपना पहिरोमा बिलायो

व्यास नगरपालिका–९ माझफाँटमा पनि पहिरोले पुरिएर एकै परिवारका तीन जनाको निधन भएको छ । स्थानीय केशरबहादुर थापाको घर पहिरोले पुरिँदा उनकी श्रीमती ४० वर्षीया कमला, छोराहरु २४ वर्षीय मनोज र छोरी २१ वर्षीया अन्जनाको निधन भएको प्रहरीले जनाएको छ । पहिरोले पुरिएर घाइते केशरबहादुरलाई भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । केशरबहादुरका २० वर्षीय राजेश भने अझै बेपत्ता छन् ।

पहिरोमा पुरिएर मृत्यु भएका मनोज वैदेशिक रोजगारीका लागि विदेश जाने तयारी गर्दै थिए तर उनको विदेश जाने सपना पहिरोमै बिलाएको छ । मनोज वैदेशिक रोजगारीका लागि दुबई जान काठमाडौँ यात्राको तयारी गर्दै थिए । रातिबाटै परेको पानी घरभित्र पसेपछि केशरबहादुर पानी बाहिर फाल्दै थिए । अचानक घर पुरिँदा केशरबहादुर भाग्न सफल भए तर घरभित्रका सबै जनाको पहिरोले पुरिएर निधन भयो ।

व्यास नगरपालिका–९ माझफाँटमै पहिरोले पुरिएर ७० वर्षीया मैतकुमारी घर्ती र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडाकी १७ वर्षीया लक्ष्मी विकको निधन भएको छ । त्यस्तै व्यास नगरपालिका–११ ओडारेका पदम चेपाङ पहिरामा बेपत्ता भएका छन् ।

मृतकका परिवारलाई राहत

ऋषिङ गाउँपालिकाले पहिरोमा पुरिएर ज्यान गुमाएकाका परिवारलाई सोमबार राहत रकम उपलब्ध गराएको छ । गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पीडित आनबहादुर थापालाई राहतस्वरुप रु एक लाख प्रदान गरे । जनताको दुःखमा मलम लगाउन राहतस्वरुप उक्त रकम प्रदान गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

म्याग्दे गाउँपालिकाले पहिरोले पुरिएर मृत्यु भएका वडा नं ६ बेलौतेडाँडाकी १७ वर्षीया लक्ष्मी विकको परिवारलाई तत्कालका लागि राहतस्वरुप रु ५० हजार प्रदान गरेको छ । गाउँपालिकाका अध्यक्ष मायादेवी राना र उपाध्यक्ष बालकृष्ण घिमिरेले मृतकको घरमा पुगेर आफन्तलाई उक्त रकम हस्तान्तरण गरे । पहिरोले गाउँपालिकाका विभिन्न वडामा ६१ घरपरिवार विस्थापित भएको प्रारम्भिक तथ्याङ्क आएको छ । विस्थापित भएका परिवारलाई राहतको व्यवस्था मिलाइने अध्यक्ष रानाले जानकारी दिइन्।

प्रतिनिधिसभा सदस्यद्वारा दुःख व्यक्त

तनहुँ क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठले तनहुँ जिल्लामा पहिरोमा पुरिएर भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । सोमबार प्रेस विज्ञप्तिमार्फत सांसद श्रेष्ठले पहिरोमा पुरिएर मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

पहिरोमा परी बेपत्ता भएकाहरुको शीघ्र खोजी गरी अवस्था पत्ता लगाउन सम्बन्धित सरोकारपक्षसँग आग्रह गर्दै सांसद श्रेष्ठले प्राकृतिक प्रकोपमा परेका सम्पूर्ण नागरिकको उद्धार र राहतमा जुट्न सबैसँग आग्रह गरेका छन् । प्राकृतिक विपत्तिबाट बच्न गरिने पूर्वतयारी र सावधानी अपनाउन नसकिएको हो कि भन्ने महसुस गरिएको भन्दै सांसद श्रेष्ठले भने, “विपद्को अवस्थामा हामीले विगतको कमजोरीबाट पाठ सिक्दै भविष्यमा विपत्तिबाट जोगिन सक्ने सबै उपायहरुको अवलम्बन खोजी गरिनुपर्छ ।”

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies