Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

राष्ट्र बैंकले समस्यामा परेका क्षेत्रलाई समेट्ने गरी मौद्रिक नीति तयार पार्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति तयारीको अन्तिम चरणमा पुर्याएको छ । सो नीतिका सन्दर्भमा आज सङ्घीय संसद्को अर्थ समितिले राष्ट्रबैंकका गभर्नरसहितलाई बोलाएर नीतिका विशेषता र प्राथमकितामा बारेमा छलफल गर्यो । कोरोना महामारीले समस्यामा पारेको अर्थतन्त्रलाई उकास्ने ध्येयका साथ नीति आउने धेरैको अपेक्षा छ । उद्योग व्यवसाय कोरोनाको कहरमा परेको छ । नागरिकका आर्थिक स्रोतमा समेत समस्या पैदा भएको छ । विशेष गरी पर्यटन उद्योग र सार्वजनिक यातायात समस्यामा परेको छ ।

आगामी आर्थिक वर्षको बजेटले कोरोनाले पारेको समस्याका बारेमा केही सम्बोधन गर्ने प्रयास गरे पनि केही विषय भने मौद्रिक नीतिलाई नै छाडिदिएको छ । यसै सन्दर्भमा अर्थ समितिको आजको बैठकमा आम नागरिकको अपेक्षालाई सम्बोधन गर्ने शैलीमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने, “नीतिले कोहीकसैलाई पनि निराश बनाउँदैन । हामी सबैलाई समेट्ने प्रयासमा लागेका छौँ ।”

उनले कोभिड– १९ का कारण वित्तीय क्षेत्रमा परेको प्रभावलाई न्यून गर्नेगरी सबैलाई खुशी बनाउने खालको नीतिको तयारीमा आफुहरु रहेको र जनताको सर्वोच्च निकायको रुपमा रहेको संसद्बाट पाउने सुझाव आफूहरुका लागि महत्वपूर्ण रहेको बताए ।

उनले मौद्रिक नीतिले समग्रमा अर्थतन्त्रको गति बढाउने र वित्तीय स्थायित्व दिने खालको वातावरण बनाउने स्पष्ट पारे । सरकारले गत चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गरेका कारण बैंकिङ क्षेत्रमा नयाँ अवसरसमेत सिर्जना भएको र विद्युतीय कारोवारमा समेत वृद्धि भएको जानकारी दिए ।

लकडाउनले नयाँ अवसरकोसमेत खोजी गरेकामा प्रसन्नता व्यक्त गर्दै उनले विद्युतीय कारोवार दोब्बर भएको तथ्याङ्कसमेत पेश गर्नुभयो । कोरोनाको रोकथामका लागि संसारभर नै अवलम्बन गरिएको लकडाउनका कारण विश्व अर्थतन्त्र प्रभावित भएको र त्यसको प्रभाव नेपालमा समेत परेको गभर्नर अधिकारीको भनाइ छ ।

वित्तीय स्थायित्वलाई बढावा दिइने

गभर्नर अधिकारीले केन्द्रीय बैंकले ल्याउने मौद्रिक नीतिले वित्तीय स्थायित्वलाई बढावा दिने उल्लेख गरे । यस्तै विगत केही वर्षदेखि शुरु भएको ‘बिग मर्जर’लाई पनि आगामी नीतिले प्रमुख प्राथमिकतामा राख्ने उनको भनाइ छ । केन्द्रीय बैंकले मुलुकको समग्र अर्थतन्त्रको परिदृश्यको संक्षिप्त आँकडा प्रस्तुत गर्दै ४२ बुँदे प्राथमिकतासमेत समितिलाई जानकारी गराएको छ ।

नीतिमा वित्तीय मध्यस्थता लागत कम गर्न वित्तीय सुदृढीकरणको उपायका रुपमा अवलम्बन गरिँदै आएको बैंक तथा वित्तीय संस्था एकआपसमा गाभिने (मर्जर) तथा प्राप्तिलाई थप गति दिइने भएको छ । गभर्नर अधिकारीले प्रस्तुत गरेको प्राथमिकतामा सरकारको १५औँ योजना, वित्तीय क्षेत्र विकास रणनीति, आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम र बजेट, बैंकको तेस्रो रणनीतिक योजनासँग सामञ्जस्यता कायम गरिने छ ।

अन्तरराष्ट्रिय तथा आन्तरिक अर्थतन्त्रको विद्यमान अवस्था एवं परिदृश्यलाई आधार मानी नीति तर्जुमा गर्न लागिएको र त्यसमा कोभिड– १९ को सङ्कटले सिर्जना गरेको अनिश्चितताबाट बाहिर निस्कने उपायको खोजी गरिने छ । सङ्कटबाट प्रभावित क्षेत्रलाई प्राथमिकतामा आधारमा सहुलियत प्रदान गर्ने, सो क्षेत्रलाई बचाई राख्ने साथै शीघ्र आर्थिक पुनःउत्थानका लागि वित्तीय साधनको उपलब्धता गराउने दिशामा नीति केन्द्रित हुनेछ ।

यस्तै सरकारले आगामी आवका लागि लिइएको सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यलाई समेत आत्मसात् गरिने भएको छ । आन्तरिक उत्पादन तथा रोजगारी प्रवद्र्धन हुने, उद्यमशीलता विकास हुने क्षेत्रमा वित्तीय स्रोत केन्द्रित गरिने, मूल्य तथा बाह्य क्षेत्र स्थायित्वमा जोखिम नआउने गरी वित्तीय सहजीकरण गर्ने दिशामा समिष्टगत विवेकशील नियमनका उपाय अपनाइने छ ।

त्यस्तै नगदमा हुने कारोवार न्यूनीकरण गर्ने विषयसमेत नीतिको प्राथमिकतामा पर्ने भएको छ । यस्तै अर्थतन्त्रलाई चलायमान बनाउने गरी नीति केन्द्रित गर्ने बैंकको योजना छ ।

सबै पालिकालाई पुनरकर्जा

गभर्नर अधिकारीले नीतिमार्फत ७५३ पालिकाले नै पुनरकर्जा पाउने गरी तयारी गरिएको जानकारी दिए । सङ्कटमा परेको अर्थतन्त्रलाई उकास्ने लक्ष्यका साथ सबै पालिकालाई उक्त कर्जा उपलब्ध गराउने तयारीमा केन्द्रीय बैंक रहेको बताए । विगतमा उपलब्ध गराइएको पुनरकर्जामध्ये रु सात अर्ब रकम सीमित व्यक्तिले मात्रै पाएकाले अब हरेक बैंकले पाँच जनालाई दिनैपर्ने व्यवस्था गर्न लागिएको बताए ।

उनले महिलाले चलाएको संस्था तथा उद्योग भए अब तीन प्रतिशत व्याजमा कर्जा पाउने व्यवस्था गरिने जानकारी दिए । उनले कृषि विकास बैंकलाई कृषि कर्जामा नै प्रमुख प्राथमिकतामा साथ लगानी गर्न अभिप्रेरित गरिने बताए।

यस्तै व्याजदरलाई एकल अङ्कमा राख्न आवश्यक व्यवस्था गरिने स्पष्ट पार्दै पछिल्लो एक वर्षमा कर्जाको व्याजदर दुई प्रतिशतले घटेको बताए । गभर्नर अधिकारीले व्याजदर घट्दा निक्षेपकर्तालाई पनि मर्कामा पार्न नहुने उल्लेख गरे ।

समस्यामा परेका क्षेत्रको सम्बोधन हुनुपर्छ

समितिको बैठकमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत समस्यामा परेका क्षेत्रलाई सम्बोधन गर्ने गरी ठूलो साहस जरुरी रहेको बताए । उनले आगामी आवको बजेटले नछोएका विषय मात्रै नभई अन्य आर्थिक पुनरुत्थानका विषयसमेत सम्बोधन हुनुपर्ने उल्लेख गर्नुभयो । विदेशबाट नेपाली युवाले पठाएको विप्रेषण घरजग्गा जस्ता अनुत्पादक क्षेत्रमा लगानी भएकाले आर्थिक गतिविधि नबढेको तथा रोजगारी सिर्जनासमेत हुन नसकेको बताए ।

अर्थतन्त्रलाई साहसिकरुपमा परिवर्तन गर्ने खालको नीति तत्कालको आवश्यकता रहेको भन्दै उनले औद्योगिक उत्पादनमुखी र देशभित्रै रोजगारी सिर्जना गर्ने खालको नीति आवश्यक रहेको धारणा राखे । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बैंक तथा वित्तीय संस्थाको ब्याजदर कम गर्ने उपायको खोजी नै यतिखेरको प्रमुख आवश्यकता भएको बताए । विद्यमान व्याजदरका कारण औद्योगिक व्यवसायसमेत चल्न नसक्ने अवस्थामा रहेको भन्दै उनले कोरोनाका कारण समस्यामा परेका र सङ्कटमा फसेका क्षेत्रले पैसा पाउन सक्छन् कि सक्दैनन् भन्ने विषय नै आजको प्रमुख चासो रहेको स्पष्ट पारे ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies