Khabar Dabali Logo
  August 15, Sat

रामपुरमा १५ श्ययाको आयुर्वेद तथा प्राकृतिक अस्पताल खुल्दै

पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा १५ श्ययाको आयुर्वेद तथा प्राकृतिक अस्पताल निर्माण हुने भएको छ । नगरपालिका– ५ मा रहेको सो अस्पतालको स्तरोन्नति गरी सेवा क्षेत्र बढाउन नयाँ भवन निर्माण शुरु गरिएको हो । विसं २०७६ पुस २५ गते सम्झौता गरी शिवशक्ति कन्ट्रक्सन प्रालीमार्फत निर्माण प्रक्रिया अगाडि बढाइएको छ । सङ्घीय सरकारको भवन निर्माणअन्तर्गत रु ४८ लाख ७९ हजार ५०० को लागतमा निर्माण हुने भवन विसं २०७८ भदौ २४ गते भित्रमा सम्पन्न हुने रामपुर आयुर्वेद औषधालयका प्रमुख कविराज चेमप्रकाश पोखरेलले जानकारी दिए।

सो भवन १२ रोपनी आठ आना जग्गामा निर्माण हुँदैछ। नयाँ बन्ने भवनको जग खन्ने काम सम्पन्न भइसकेको छ । आयुर्वेद अस्पतालमा नवौँ तहसम्मका चिकित्सकको दरबन्दी रहनेछ । यसैगरी अस्पतालमा चार चिकित्सक, चार कविराज, दुई बैद्य, प्राविधिक, कार्यालय सहयोगीलगायतका सरकारले तोकेका कर्मचारीबाट सेवा दिने जनाइएको छ ।जिल्लामा छ आयुर्वेद औषधालयक सहित सदरमुकाम तानसेनमा आयुर्वेद स्वास्थ्य केन्द्र रहेका छन् । यसअन्र्तगत रामपुर नगरपालिकाभित्र दुई वटा रामपुर आयुर्वेद र गाडाकोट आयुर्वेद औषधालय, रैनादेवी छहरा, रिब्दिकोट, बगनासकाली, माथागढी र पूर्वखोला गाउँपालिकामा एक÷एक वटा रहेका छन् । औषधालयमा कविराज र वैद्य एक÷एक, प्राविधिक दुई, कार्यालय सहयोगी दुई कर्मचारीको दरबन्दी छ ।

आयुर्वेदक तथा प्राकृतिक अस्पतालबाट आकस्मिक कक्ष, एक्स–रे, ल्याबलगायतका सेवा सञ्चालन गरिने पाल्पा आयुर्वेद औषधालयका वैद्य निरीक्षक यज्ञप्रसाद गैरेले जानकारी दिए। औषधालयमा ओपिडी, जनरल, आमा सेवा कार्यक्रम, ज्येष्ठ नागरिकलगायतका सेवा प्रवाह भइरहेको छ ।

असार २९ गते, २०७७ - १४:३२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्वोच्च अदालतको सेवामा कटौती, अब कुन -कुन काम हुँदैन ?

काठमाडौं । सर्वोच्च अदालतले कोभिड– १९ को सङ्क्रमण बढ्दै गएर न्यायाधीशका निजी सुरक्षाकर्मीमा समेत...   

आज राति १२ बजेदेखि भरतपुरमा निषेधाज्ञा

चितवन । जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिकामा आज राति १२ः०० बजेदेखि लागू हुने गरी निषेधाज्ञा...   
आज रातिबाट अर्काे आदेश नभएसम्म उपत्यकाभित्र यी काम गर्न नपाइने

आज रातिबाट अर्काे आदेश नभएसम्म उपत्यकाभित्र यी काम गर्न नपाइने

काठमाडौं । राजधानीका तीन जिल्लामा ३ दर्जन भन्दा बढी सेवा र व्यापाररव्यवसाय सञ्चालन गर्न रोक लगाइएको...   

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप ४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाभाइरसबाट...   

लिदी पहिरो अपडेट : बेपत्तामध्ये १७ जनाको शव फेला

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीस्थित लामाटोलमा आज बिहान गएको पहिराबाट...   

लिदी पहिरोमा परि ज्यान गुमाउनेप्रति सभामुख सापकोटाद्वारा समवेदना

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको जुुगल गाउँपालिका–२ लिदीमा ठूलो पहिरामा...   

भारतमा कुल सङ्क्रमित मध्ये ७१.१७ प्रतिशत सङ्क्रमणमुक्त

दिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका कुल सङ्क्रमित मध्ये ७१.१७ सङ्क्रमितहरु सङ्क्रमणमुक्त...   

उत्तर कोरियाको मुख्य सीमा सहरमा लकडाउन घोषणा

सोल । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनले देशको सिमानामा पर्ने मुख्य सहरमा लकडाउनको घोषणा गरेका...   

भदौ १ देखि कर्णाली प्रवेशमा रोकः पिसिआर रिपोर्ट अनिवार्य

सुर्खेत । कोभिड– १९ सङ्क्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश सरकारले आगामी भदौ १ गतेदेखि लागू हुने गरी...   

लिदी पहिरो अपडेट : पाँच जनाको शव फेला, ३३ बेपत्ता

सिन्धुपाल्चोक । जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरामा परी मृत्यु भएका पाँच जनाको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top