Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

नेपाल आयल निगमको नाफा १० अर्ब ८६ करोड

काठमाडौं । नेपाल आयल निगमले चालु आर्थिक वर्ष १० अर्ब ८६ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको तुलनामा दुई अर्बभन्दा धेरै हो । गत वर्ष ८ अर्ब ७५ करोड मात्रै नाफा गरेको थियो ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - आव २०७२–७३ मा १९ अर्ब ३६ करोड नाफा गरेको निगमको त्यसपछि तीन आर्थिक वर्षमा नाफा घटेको छ । आव २०७३–७४ मा ९ अर्ब ४५ करोड, आव २०७४–७५ मा तीन अर्ब ५८ करोड र आव २०७५–७६ मा ८ अर्ब ७५ करोड नाफा गरेको थियो ।

निगमले पछिल्लो ५ वर्षमा २ खर्ब ५७ अर्ब ७६ करोड रुपैयाँ राजस्व तिरेको छ । निगमले आइतबार पत्रकार सम्मेलन गरी २०७६–७७ मा ६५ अर्ब रुपैयाँ, आव २०७५–७६ मा ६५ अर्ब ९३ करोड, आव २०७४–७५ मा ५५ अर्ब १ करोड, आव २०७३–७४मा ४७ अर्ब ७ करोड र आव २०७२–७३ मा २३ अर्ब ५४ करोड राजस्व बुझाएको जानकारी दिएको छ। निगमले भन्सार शुल्क, सडक मर्मत शुल्क, वातावरण खर्च, मूल्य अभिवृद्धि कर, पूर्वाधार विकास कर, आयकर र राजस्व शीर्षकमा सरकारले कर तिर्दै आएको छ ।

निगमले चालु वर्षमा २ खर्ब ४० अर्ब रुपैयाँको कारोबार गरेको छ । चालु आर्थिक वर्ष अन्य शीर्षकको तुलनामा मूल्य अभिवृद्धि कर बढी बुझाएको छ । २५ अर्ब ५२ करोड मूल्य अभिवृद्धि कर तिर्दा गत वर्ष निगमले २९ अर्ब ३१ करोड राजस्व बुझाएको थियो । निगमले यस वर्ष कोरोना भाइरस ९कोभिड १९० का कारण व्यवसायमा कमी आएको जनाएको छ ।

निगमले यस वर्ष भन्सार शुल्क १५ अर्ब १३ करोड बुझाएको छ । निगमले पूर्वाधार विकास शीर्षकमा १३ अर्ब ५२ करोड रुपैयाँ कर बुझाएको छ । यो शीर्षकमा निगमले प्रतिलिटर उठाइरहेको ५ रुपैयाँलाई बढाएर १० रुपैयाँ बनाएको छ । यसैगरी सडक मर्मत शीर्षकमा ५ अर्ब २ करोड राजस्व बुझाएको छ । वातावरण शीर्षकमा ३ अर्ब १ करोड राजस्व बुझाएको छ । यो वर्ष आयकर ३ अर्ब ८५ करोड बुझाएको छ ।

निगमका कार्यकारी प्रमुख सुरेन्द्रराज पौडेलले गत वर्षको तुलनामा ४ प्रतिशत कारोबार घटेको बताए । पछिल्लो समयमा एलपी ग्यासबाट निगमलाई नाफा भइरहेको उनले बताए । २०७६–७७ मा निगमले ५ पटक पेट्रोलियम पदार्थको मूल्य घटाउने र बढाउने गरेको थियो । निगमले कार्यविधि बनाएर मूल्य समायोजन गर्नुपर्ने भए पनि उपभोक्ताको हितलाई ध्यान दिँदै निर्णय गरेको बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies