Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

अवैध मिर्गौला प्रत्यारोपणमा प्रहरीकै संलग्नता, दुई पक्राउ

काठमाडौं। चितवनको कलेज अफ मेडिकल साइसेन्समा कानुन विपरीत भएको मिर्गौला प्रत्यारोपणमा प्रहरीकै संलग्नता देखिएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - मिर्गौला प्रत्यारोपणमा मध्यस्थकर्ताको भूमिका खेल्ने असइ भीमप्रसाद खनाल र सइ योगेन्द्रप्रसाद थपलिया पक्राउ परेपछि यो तथ्य सार्वजनिक भएको हो ।

खनाल र थपलिया दुवै जनाले आफ्नो मिर्गौला प्रत्यारोपण गरेका थिए । उनीहरू अवैध रूपमा मिर्गौला प्रत्यारोपण गराउने गिरोहमा संलग्न रहेको प्रहरीले जनाएको छ । हाल निलम्बनमा रहेका सइ थपलियाविरुद्ध यसअघि अर्को पनि मुद्दा दायर भएको प्रहरीले जनाएको छ ।

मिर्गौला लिने व्यक्तिका आफन्त जमुना राजभण्डारी पनि पक्राउ परेकी छिन् । एउटा व्यक्तिको कागजपत्रमा अर्को व्यक्तिको फोटो टाँस्न सहयोग गरेकोमा जिल्ला प्रशासन कार्यालय ललितपुरका कार्यालय सहायक राजकुमार केसी र अवकाशप्राप्त खरिदार नवराज केसी पनि पक्राउ परेका छन् ।

मिर्गौला प्रत्यारोपण गर्ने व्यक्ति भने बिरामी रहेकाले प्रहरीले पक्राउ गरेको छैन । अवैध रूपमा मिर्गौला प्रत्यारोपण गर्दा झन्डै ३० लाख खर्च भएको अनुसन्धानमा खुलेको छ । मिर्गौला दिने व्यक्तिलाई १० लाख दिने भनिएको थियो, तर उनले थोरै मात्र पाएका थिए ।

अस्पतालकै मिलेमतोमा यसअघि ललितपुरको निदान अस्पताल र भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरिएको घटनामा प्रहरीले गिरोहलाई पक्राउ गरिसकेको छ ।

मिर्गौला दिने भान्जा विदेशमा, प्रत्यारोपण नेपालमा

चितवनको कलेज अफ मेडिकल साइसेन्समा भएको मिर्गौला प्रत्यारोपणमा अस्पतालको प्रत्यक्ष मिलेमतो रहेको प्रहरीले जनाएको छ ।

नाता नै नपर्ने व्यक्तिले मिर्गौला दिन लागेको थाहा हुँदाहुँदै पनि चिकित्सकहरूले प्रत्यारोपण गरेको प्रहरी दाबी छ । मिलेमतोको आशंकामा प्रहरीले अस्पतालका तीन चिकित्सकसहित १२ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार ललितपुरका एक ५५ वर्षीय व्यक्तिको गत वर्ष जेठमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । नजिकको नाता पर्ने व्यक्तिले मात्र मिर्गौला दिन सक्ने कानुनी प्रावधान छ । सोहीअनुसार भान्जाको नाममा कागजपत्र बनाइएको थियो ।

तर, भान्जा भने अस्ट्रेलिया थिए । उनको नाममा नाता प्रमाणितलगायत कागजपत्र अस्पतालमा बुझाइएको थियो । कागजपत्रमा फोटो वास्तविक भान्जाकै थियो । त्यो देखेपछि चिकित्सकले नै मिर्गौला दिने व्यक्तिकै फोटो प्रमाणित गरेर ल्याउन भनेका थिए ।

सोहीअनुसार ललितपुर महानगरपालिका–३ कार्यालयबाट अर्कै व्यक्तिको फोटो राखेर प्रमाणित गरेर पठाइएको थियो । यो घटनामा वडाध्यक्ष श्रीगोपाल महर्जनलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रत्यारोपणमा संलग्न चिकित्सकहरू राकेशकुमार बर्मा, डा।सुप्रभात श्रेष्ठ र डा। बालकृष्ण कालाखेतीलाई पक्राउ गरिएको छ ।

नाता प्रमाणसम्बन्धी कागजपत्र र व्यक्तिबारे जाँच गर्नुपर्ने समितिमा रहेका कानुनी सल्लाहकार रमेश काफ्ले र जिल्ला प्रशासन कार्यालय चितवनका अधिकृत रामचन्द्र ढकालको पनि त्यसमा मिलेमतो रहेकाले उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies