Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

बैंकमा थुप्रियो पैसा

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिन थाले पनि ब्याजदर करिडोरमार्फत व्यवस्थापन गर्न राष्ट्र बैंक तयार नभएको बैंकरले गुनासो गरेका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत खुला बजार कारोबारलाई ब्याजदर करिडोरको अंकुशमा राख्ने बताएको थियो ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - बैंकमा लगानी गर्ने पैसा आवश्यकताभन्दा बढी हुँदा केन्द्रीय बैंकले निक्षेप किनिदिनु पर्छ । चाहिने जति पैसा पनि नपाएर लगानी गर्न नसक्ने बैंकलाई एक–दुई साताका लागि राष्ट्र बैंकले सापटी दिएर सहज बनाउनुपर्ने हुन्छ ।

बैंक तथा वित्तीय संस्था र केन्द्रीय बैंकबीच हुने यस्तो दोहोरो कारोबारको माध्यमलाई ब्याजदर करिडोर भनिएको हो । अहिलेको व्यवस्थाअनुसार बैंकहरुबीच एक रातको सापटी कारोबारको ब्याजदर २ प्रतिशतभन्दा कम भएमा राष्ट्र बैंकले २ प्रतिशत ब्याजमा बैंकसँग निक्षेप किनिदिनुपर्ने थियो ।

तर हाल अन्तरबैंक कारोबार शून्य दशमलव २ प्रतिशतसम्म झर्दा पनि राष्ट्र बैंकले ब्याजदर करिडोरको कार्यान्वयन नगरेको बैंकर बताउँछन् । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले राष्ट्र बैंक खुला बजार कारोबार सुरु गर्न तयार नहुँदा बैंक ठूलो रकम निष्कृय पुँजीका रुपमा राख्न बाध्य भएको बताए । यसबाट बैंकको नाफामा असरपर्ने उनी बताउँछन् ।

अर्का एक बैंकरले भने राष्ट्र बैंकले ब्याज तिर्नुपर्ने लोभमा खुला बजार कारोबार सञ्चालन नगरेको आरोप लगाए । बैंकमा थुप्रिएको पैसा राष्ट्र बैंकले लगिदिने हो भने बैंकलाई २ प्रतिशतको दरले ब्याज तिर्नुपर्ने हुन्छ ।

आइतबार बैंकिङ प्रणालीमा १ खर्ब ६६ अर्ब रुपैयाँ अधिक तरलता रहेको राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टले जानकारी दिए । जतिबेला पनि ऋण दिन सकिने यस्तो रकम बैंकमा तीव्र दरमा बढिरहेको छ ।

गत शुक्रबार बैंक तथा वित्तीय संस्थामा यस्तो अधिक तरलता १ खर्ब ५० अर्ब रुपैयाँ थियो। त्यसो दुई दिनअघि १ खर्ब ३७ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । यसरी लगातार बैंकमा पैसा थुप्रिन थालेको छ ।

यसरी थुप्रिएको पैसा राष्ट्र बैंकले किनिदिने हो भने सरकारी ढुकुटीमा आउने ठूलो रकम बैंकलाई नै ब्याज तिर्नुपर्ने हुन्छ । आइतबारको अधिक तरलता राष्ट्र बैंकले उठाइदिने हो भने हरेक दिन ९१ लाख रुपैयाँ राष्ट्र बैंकले अरु बैंकलाई ब्याज तिर्नुपर्ने हुन्छ ।

राष्ट्र बैंकले २२ असारमा १० करोड रुपैयाँको अल्पकालीन ऋणपत्र ९९१ दिने ट्रेजरी बिल्स० जारी गरेको थियो । त्यसमा बैंक वित्तीय संस्थाले ८० करोड रुपैयाँ बोलकबोल गरेका थिए, त्यो पनि १ प्रतिशतभन्दा सस्तो ब्याजमा ।

यसले पनि बैंक लगानी बढाउन कति आतुर छन् भन्ने देखाउँछ। सरकारले आगामी मंगलबार पनि थप २३ अर्ब रुपैयाँको यस्तै अल्पकालीन ऋणपत्र बिक्री गर्दै छ । यसबाट बैंकमा थुप्रिएको पैसाको चाप कम गर्न थोरै भए पनि मद्दत पुग्नेछ ।

बैंकमा पैसा थुप्रिँदा दुई किसिमका जोखिम हुन्छन् । धेरै पैसा भएपछि बैंकले आफ्ना विश्वासिला व्यापारीलाई ज्यादै सस्तो ब्याजमा जथाभावि ऋण दिनसक्छन् । त्यस्तो ऋणले अर्थतन्त्रमा विभिन्न किसिमका समस्या निम्त्याउन सक्छ । यसबाट बजारको प्रतिस्पर्धात्मक प्रणाली बिग्रन सक्ने, उपभोग र घजग्गा जस्ता क्षेत्रमा बढी लगानी हुने र पछि चाहिएको बेलामा पैसाको अभाव हुनसक्छ ।

अर्कोतिर निक्षेपकर्ताको ब्याजदर घटाउन पनि मद्दत पुग्छ । राष्ट्र बैंकले ब्याज आम्दानी र ब्याज खर्चको अनुपातबीच साढे ४ प्रतिशतभन्दा बढीको अन्तर हुन नपाउने भनेको छ । बैंकमा धेरै पैसा थुप्रिएपछि आम्दानीको तुलनामा ब्याजमा हुने खर्च बढी देखिन्छ । त्यसलाई हिसाबमिलान गर्न बैंकले निक्षेपकर्तालाई अझै कम ब्याज दिनसक्छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies