Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

देशभर बाढी–पहिरोकाे कहर : २८ को शव भेटियो, ३२ अझै बेपत्ता, ९५४ परिवार विस्थापित

पहिरोमा बेपत्ता भएका म्याग्दीका तीन जना सम्पर्कमा

काठमाडौं । बाढीपहिरोमा शुक्रबार बेपत्ता भएका म्याग्दीका २४ र जाजरकोटका दुई जनाको शनिबार शव फेलापरेको छ । गुल्मी र म्याग्दीमा थप एक–एकजनाको मृत्यु भएको छ । देशभर ३२ जना अझै बेपत्ता छन् । तीन दिनमा बाढी पहिरोबाट नौ सय ५४ परिवार विस्थापित भएका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङका तुलबहादुर क्षेत्री, सुकना लामगादे, आशिष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली, प्रकाश केसी, हिरामती जुग्जाली, करिश्मा जुग्जाली, कञ्चन जुग्जाली, गौशरा जुग्जाली, दिमा जुग्जाली, दिप्ती जुग्जाली र दिवान जुग्जाली तथा मालिका गाउँपालिका– ७ बिमका विष्णु पौडेल, इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली, निशा नेपाली, विष्णु नेपाली, सन्दीप नेपालीको शनिबार शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी किरणजंग कुँवरले बताए ।

उनीहरूमध्ये दुई जनाको शव शुक्रबार नै भेटिए पनि सनाखत हुन सकेको थिएन । त्यस्तै, रघुगंगा गाउँपालिका–६ ठाडाखानीका नलिमान छन्त्यालको पनि शुक्रबार नै मृत्यु भएको थियो ।

शुक्रबार बेपत्ता भएका ३१ मध्ये तीनजना सम्पर्कमा आएका छन् भने चार अझै बेपत्ता छन् । मराङको पहिरोमा बेपत्ता भएका धनबहादुर जुग्जाली, रितुकुमारी जुग्जाली र अर्जुन जुग्जाली २४ घन्टापछि शनिबार सम्पर्कमा आएका छन् ।

मालिका–७ बिमकी एलिसा केसी, धवलागिरि–६ कल्लेनीकी जनिमा केसी, सविन पुन र दुखुखोलामा बेपत्ता भएकी मालिका–६ की गीता रोका अझै भेटिएका छैनन् । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जोखिममा रहेका ८९६ जनालाई सुरक्षित स्थानमा सारियो
पहिरोको जोखिममा रहेका म्याग्दीका आठ सय ९६ जनाले घर छोडेका छन् । प्रहरीका अनुसार धवलागिरि गाउँपालिकाका पाँच सय ९०, मालिकाका एक सय ९६, रघुगंगाका ८५ र बेनी नगरपालिकाका २५ जनालाई सुरक्षित ठाउँमा सारिएको छ ।

पहिरोमा परेर घाइते भएका १२ जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । उनीहरूमध्ये सातजनाको बेनी अस्पताल, चारको मणिपाल शिक्षण अस्पताल पोखरा र एकजनाको काठमाडौंमा उपचार भइरहेको छ ।

जाजरकोटमा दुई शव भेटिए, पाँच अझै बेपत्ता

त्यस्तै, जाजरकोटमा पहिरोमा परी बेपत्ता भएका आठजनामध्ये शनिबार दुई जनाको शव भेटिएको छ । योसँगै मृत्यु हुनेको संख्या नौ पुगेको छ भने पाँचजना अझै बेपत्ता छन् ।

प्रहरीका अनुसार शनिबार बारेकोट गाउँपालिका–४ की कल्लु सार्कीकी ११ वर्षीया छोरी कल्पना र ६ वर्षीय छोरा सुवासको शव भेटिएको छ । शुक्रबार शव भेटिएका कुशे गाउँपालिका–९ की १४ वर्षीया गौरी सार्की र १६ वर्षीया कविता सार्कीको पनि पहिचान भएको छ । उनीहरू शुक्रबार मृत्यु भएका बारेकोट–४ का गोपाल सार्कीको घरमा पाहुना आएका थिए ।

पहिरोमा पुरिएकी कल्लु सार्कीसहित तीनजना अझै बेपत्ता छन् । शनिबार नै स्थानीय खोलामा बगेका बारेकोट– ६ धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने पनि भेटिएका छैनन् । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोमा परी तीनजना गम्भीर घाइते भएका छन् । घाइते भएका बारेकोट–४ का लालबहादुर नेपाली, बारेकोट–६ का रामचन्द्र चलाउने र विज्ञान बोहरालाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत लगिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले बताए ।

शनिबार पनि वर्षा रोकिएको छैन । जसले गर्दा बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको बारेकोट–४ की वडाध्यक्ष सिर्जना बस्नेतले बताइन् । तैपनि सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दाले खोजीकार्य जारी राखेको उनले बताइन् ।

पहिरोले पाँच सयभन्दा बढी परिवार विस्थापित
पहिरोले गाउँ नै बगाएपछि बारेकोटका पाँच सयभन्दा बढी परिवार विस्थापित भएका छन् । बारेकोट–४ जिरीका ३२ परिवार, गोठगाउँका आठ परिवार, मैनागाउँका ५० परिवार र बारेकोट–१ धौलाकोटका ३२ परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरूलाई गोठगाउँस्थित हिमालय आधारभूत विद्यालय र जिरीस्थित भगवती आधारभूत विद्यालयमा राखिएको छ । मैनाका विस्थापित ५० परिवार भने गाउँमाथिको रतनकोट डाँडामा बसिरहेको स्थानीय पत्रकार तीर्थराज बोहराले बताए ।

त्यस्तै, बारेकोट– ५ पाखा, तोलखाना र कालाखोली गाउँका एक सय ५० परिवार विस्थापित भएका छन् । उनीहरू स्थानीय दुईवटा विद्यालयमा बसेका छन् । खोला बढेकाले एक गाउँबाट अर्को गाउँमा जान नसकिएको स्थानीय बुद्धिजीवी जनकबहादुर शाहीले बताए । ‘सबै गाउँले घर छाडेर खुला आकाशमा पाल टाँगेर बसिरहेका छौँ,’ उनले भने ।

विस्थापित परिवारका लागि खाद्यसामग्री पुर्‍याउन सकिएको छैन । खराब मौसमका कारण राहत सामग्री बोकेर काठमाडौंबाट हेलिकोप्टर आउन नसकेको बारेकोट–४ की वडाध्यक्ष बस्नेतले बताइन् । सकड सञ्जालसँग नजोडिएको गाउँमा राहत सामग्री लग्न पनि समस्या भएको छ ।

त्यस्तै, गुल्मीको कालीगण्डकी गाउँपालिका–४ फुसेमा शनिबार कुलो बनाइरहेका एकजनाको पहिरोको ढिक्सोले पुरिएर मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै, म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडाखानीमा खोलाले बगाएका एकजना पनि मृत अवस्थामा फेलापरेका छन् । दुवै जनाको सनाखत हुन सकेको छैन ।

तीन दिनदेखि २० जना बेपत्ता, वर्षाले खोजी गर्न कठिनाइ
बाढी र पहिरोमा बेपत्ता भएका सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोसी गाउँपालिकाका २० जना तीन दिनसम्म भेटिएका छैनन् । लगातार वर्षा भइरहेकाले उनीहरूको खोजी गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ ।

बाढी र पहिरोमा परी सिन्धुपाल्चोकमा २१ जना बेपत्ता भएका थिए । शुक्रबार बेपत्ता भएका भोटेकोसी गाउँपालिकाको लार्चाका नांगे मगरको जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले बताए ।

खराब मौसमका कारण बाढी र पहिरोमा घाइते भएकाहरूको उद्धार गर्न सकिएको छैन । कोदारी राजमार्ग अवरुद्ध भएकाले घाइतेहरूलाई बाह्रबिसेसम्म ल्याउन नसकिएको भोटेकोसी गाउँपालिका–२ का वडाध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले बताए । केही घाइतेहरूको तातोपानीमा उपचार भइरहेको उनले बताए ।

सीमावर्ती क्षेत्रमा अहिले पनि वर्षा भइरहेकाले उद्धार गर्न समस्या भएको बाह्रबिसे इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर नवराज न्यौपानेले बताए । ‘सञ्चार सम्पर्क पनि टुटेको छ । बाटो बन्द छ । बाढीपहिरोको क्षतिको यथार्थ विवरण समेत आउन बाँकी नै छ,’ इन्स्पेक्टर न्यौपानेले भने ।

बाढी र पहिरोले घर बगाउँदा पाँच सय परिवार विस्थापित भएका छन् । उनीहरूलाई स्थानीय कोदारी मावि र लार्चाको सुक्खा बन्दरगाहस्थलमा राखिएको वडाध्यक्ष श्रेष्ठले बताए । ‘अहिले घरवारविहीनलाई उद्धार र राहतको खाँचो छ । तत्काल व्यवस्था गर्न सरकारसँग आग्रह गर्दछु,’ वडाध्यक्ष श्रेष्ठले भने ।

गर्भवती र वृद्धाको हेलिकोप्टरबाट उद्धार
बाढी र पहिरोका कारण बाटोमै रोकिएका गर्भवती महिला र घाइते वृद्धाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । बुधबार रातिदेखि सुत्केरी बेथा लागेकी तातोपानी कोदारीकी २५ वर्षीया विना तामाङलाई अस्पताल लग्न सकिएको थिएन ।

एम्बुलेन्स जान नसक्ने भएपछि भोटेकोसी गाउँपालिका– २ का वडाध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठको पहलमा नेपाल तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष दोर्जे लामाले उद्धारका लागि हेलिकोप्टर पठाएका हुन् । लामा र श्रेष्ठकै खर्चमा हेलिकोप्टरबाट उद्धार गरेर काठमाडौं पठाइएको छ ।

त्यस्तै, पहिरोले पुरिएर घाइते भएकी फुल्पिङकट्टीकी ७८ वर्षीया निम्डोमा शेर्पालाई पनि काठमाडौं लगिएको अध्यक्ष लामाले बताए । ‘बिरामीको खबर पाउना साथ हामीले हेलिकोप्टर चार्टर्ड गरेका थियौँ । तर, मौसमले साथ नदिँदा उद्धार ढिलो भयो,’ लामाले भने ।

खोलामा बगेर बझाङमा दुई बालक बेपत्ता

बझाङ्बझाङको कालंगा खोलामा बगेर दुई बालक बेपत्ता भएका छन् । केदारस्युँ गाउँपालिका– १ देउराका १३ वर्षीय रोशन नेपाली र वडा नम्बर ४ का १४ वर्षीय जगत अधिकारी बेपत्ता भएका हुन् ।

खोलामा पानी बढेका वेला नुहाउने क्रममा शनिबार दिउँसो रोशन र माछा मार्ने क्रममा शुक्रबार जगत बेपत्ता भएको आफन्तले जानकारी दिएका छन् । सुरक्षाकर्मी र स्थानीयले उनीहरूको खोजी गरिरहेको बझाङका प्रहरी प्रमुख डिएसपी गणेश बमले बताए ।

धरानमा खोलाले बगाएर भूपू सैनिक बेपत्ता

धरान् स्थानीय सर्दु खोलामा आएको बाढीले धरान उपमहानगरपालिका– १३ राईटोलका पूर्वभारतीय सैनिक रामबहादुर बस्नेतलाई बेपत्ता पारेको छ । घरदेखि खोलापारि गोठमा जानेक्रममा उनलाई बगाएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

बस्नेतको खोजी कार्य जारी रहेको इप्रका धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । हिउँदमा सुक्खा रहने सर्दु र सेउती खोलाले वर्षायाममा धरानमा क्षति पुर्‍याउँदै आएको छ । यस पटक पनि सेउती खोलाले धरान– ५ स्थित सुन्दरबस्तीका मन्दिरा जोगीको घर क्षेत्र कटान गरेको छ । घरछेउको शौचालय बगाएर लगेको छ । त्यस्तै, तिजबहादुर लिम्बूको घर पनि कटानको जोखिममा परेको छ ।

लमजुङका गाउँगाउँमा पहिरोको जोखिम
लमजुङ्लगातारको वर्षासँगै गएको पहिरोले लमजुङका धेरै गाउँ जोखिममा परेका छन् ।

दोर्दी गाउँपालिका– ८ दुवारको मगरगाउँका २६ घरधुरी पहिरोको जोखिममा परेको गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताए । स्थानीय दलबहादुर रानामगर, हिता रानामगर, कुमराज रानामगर, आइतबहादुर मगरलगायतको घर वरपरको जमिन भाँसिएको छ ।

त्यस्तै, वडा नम्बर ८ खिन्चोक र वडा नम्बर ६ ढोडेनीका चार–चार घर पनि पहिरोको जोखिममा रहेको अध्यक्ष गुरुङले बताए । उनीहरूको घरभित्रको जमिनमै चिरा परेको छ । ‘घरभित्रको जमिन चिराचिरा परेको छ, जमिन भाँसिएकाले जुनसुकै वेला पनि क्षति हुन सक्ने स्थिति छ,’ अध्यक्ष गुरुङले भने ।

उत्तरी लमजुङस्थित मस्र्याङ्दी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकका अनुसार भुलभुलेका रणबहादुर तामाङ र सुकाजी कतिलाको घरमा पहिरोले क्षति पुर्‍याएको छ । मस्र्याङ्दी–२ भाचेस्थित भदौरे गाउँमा पहिरोका कारण १५ घर जोखिममा परेको वडाध्यक्ष चेतबहादुर गुरुङले बताए ।

त्यस्तै, क्व्होलासोथर गाउँपालिका–७ स्थित भोजेगाउँका ११ घर पहिरोको उच्च जोखिममा रहेको वडाध्यक्ष दिलकुमारी गुरुङले बताइन् । बस्ती नजिकै पहिरो गएको छ ।

बुटवल–नारायणगढ सडकखण्ड १० घन्टापछि खुल्यो

नवलपरासी् बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडकखण्ड १० घन्टापछि खुलेको छ । पूर्वी नवलपरासीको गैँडाकोट–९ थुम्सीमा बिहान चार बजेतिर बाढीले डाइभर्सन बगाएको थियो । दिउँसो दुई बजे मात्रै यातायात सुरु भएको थियो ।

बगाएको डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताए । सडक अवरुद्ध हुँदा पूर्व–पश्चिम दुवैतर्फ ३–४ किलोमिटरसम्म जाम भएको थियो ।

कमलामा बाढीको सतह बढ्दै, सचेत गराउन माइकिङ

लहान् सिराहाको कमला नदीमा पानीको सहत बढ्दै गएको छ । शनिबार नदीले खतराको चिह्न छुन लागेपछि तटीय क्षेत्रका बासिन्दालाई सचेत गराउन माइकिङ गरिएको छ ।

कमलामा बाढी आएको र पानीको सतह खतराको चिह्ननजिक पुगेको सिराहका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए । जिल्ला विपत् व्यवस्थापन समितिले स्थानीय तहमार्फत शुक्रबार साँझदेखि नै माइकिङ गर्न लगाएको उनले बताए ।

‘सशस्त्र प्रहरी बलको टोलीले शुक्रबार साँझ नै कमलाको तटबन्धसँग जोडिएका गाउँको स्थलगत निरीक्षण गरेको छ । शनिबार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तटबन्ध क्षेत्रमै खटाइएको छ,’ भण्डारीले भने ।

कमलामा पानीको सतह बढेपछि कर्जन्हा, कल्याणपुर र सिराहा नगरपालिकाका सात गाउँका बासिन्दा जोखिममा परेका छन् । गत वर्ष पनि बाढीले यी गाउँमा क्षति पुर्‍याएको थियो । कमला नदी नियन्त्रण आयोजना धनुषाका प्रमुख एकराज भट्टराईले अहिलेसम्म पानीको सतह तलै भए पनि अब निरन्तर पाँच घन्टा वर्षा भए खतराको चिह्न पार हुने र जोखिम बढ्ने बताए ।

गत वर्ष बाढीले कमलाको पूर्वी तटबन्धसँगै जोडिएको चतरी, बेल्हा र बसबिट्टाको सात ठाउँमा भत्काउँदा दर्जनौँ गाउँ डुबानमा परेका थिए । पूर्वीतटीय क्षेत्रका एक हजार आठ सय ७३ परिवार विस्थापित भएका थिए भने चार हजार दुई सय सात परिवारको घर डुबानमा परी क्षति पुगेको थियो ।

बाढीले झापामा ११ परिवार विस्थापित

झापा्अविरल वर्षासँगै आएको बाढीले झापाका ११ परिवार विस्थापित भएका छन् । कैयौं परिवार डुबानको उच्च जोखिममा छन् ।

शनिबार माई खोलामा आएको बाढीले शिवसताक्षी–८ को सुकुम्बासी बस्तीका पाँच र गौरीगन्ज गाउँपालिका–१ हुकलबारीका एक परिवार विस्थापित भएका हुन् । यसअघि शिवसताक्षी–८ का पाँच परिवार विस्थापित भएका थिए । सुकुम्बासी बस्तीका १० र हुकलबारीका १५ परिवार जोखिम रहेको रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले बताए । उनीहरूलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने उनले बताए ।

बाढीले विस्थापित भएकाहरू समस्यामा परेका छन् । उनीहरू जोखिम मोलेर माई नदीछेउकै चौरीमा बसिरहेका छन् । रेडक्रसले उपलब्ध गराएको पालमा बसिरहेको उनीहरूले बताएका छन् ।
स्थानीय सरकारले चासो नदेखाएको उनीहरूको गुनासो छ । ‘खाने राहत त कतैकतैबाट आइरहेको छ, तर पालमुनि बस्दा सर्पको डर छ । पानी चुहेर सुत्नै सकिँदैन,’ विस्थापित भुपाल चौधरीले भने । उनकी सुत्केरी छोरी पनि चिसो भुइँमै सुतिरहेकी छिन् ।

अर्की कान्छी छोरी लक्ष्मी ऋषिदेवको घरमा पनि खोला पस्ने जोखिम बढेको छ । ‘खोलाले १० वटा घर त बगाइसक्यो । हाम्रो पनि आज हो कि भोलि भन्ने अवस्थामा छ,’ लक्ष्मीले भनिन् । उनले अन्त जाने ठाउँ नभएको बताइन् ।

महोत्तरीमा क्षति न्यूनीकरण र उद्धारको पूर्व तयारी छैन

महोत्तरी् बाढीको ठूलो जोखिम रहे पनि महोत्तरीमा क्षति न्यूनीकरण र उद्धारको पूर्वतयारी खासै गरिएको छैन । स्थानीय निकायहरूसँग उद्धारका लागि एक थान डुंगा समेत छैन ।
जिल्लामा ६ लाख ५७ हजारभन्दा बढी जनसंख्या छ । डुबानमा परेकाहरूको उद्धारका लागि रेडक्रस सोसाइटी, नेपाल प्रहरी र सेनासँग पाँच थान डुंगा र केही लाइफ ज्याकेट मात्रै छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies