Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

काठमाडौंमा कोरोनाले लियाे पाँच जनाको ज्यान

काठमाडौं । संघीय राजधानीमै कोरोना भाइरस संक्रमणका कारण हालसम्म ५ जनाको मृत्यु भएको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - पछिल्लोपल्ट काठमाडौंमा उपचाररत मिर्गौला रोगका २ बिरामीसहित सिन्धुपाल्चोकका १ पुरुषको मृत्यु भएको हो । यससँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, काठमाडौं— १० शंखमूलका ६० वर्षीय पुरुषको असार २६ गते निधन भएको हो । फोक्सोमा पानी जमेको र मिर्गौला रोगको कारणले अस्पताल भर्ना भएको १० दिनपछि उनको ज्यान गएको हो । उनीे असार १६ गते पाटन अस्पतालमा भर्ना भएका थिए । उनको असार १७ गते स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ का ५४ वर्षीय पुरुषको असार २५ गते उपचारका क्रममा मृत्यु भएको छ । काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको हो । उनी मिर्गौला रोगका बिरामी थिए ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको थियो । श्वासप्रश्वासमा पनि समस्या देखिएको थियो । उनको असार २१ गते स्वाबको नमुना संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय वृद्धको पनि कोरोना भाइरसका कारण गत असार १७ गते ज्यान गएको थियो । उनी उच्च रक्तचाप र पार्किन्सनका बिरामी थिए । छातीको समस्यापछि अस्पताल पुगेका उनको उपचारका क्रममा ज्यान गएको हो ।

उनको पनि मृत्युपछि १९ असारमा कोरोनाको पुष्टि भएको थियो । यसअघि ललितपुरमा २ जनाको कोरोना भाइरसबाट मृत्यु भएको थियो । ललितपुर, बुङमतीका ५६ वर्षीय पुरुषको जेठ १४ गते निधन भएको थियो । उनी १२ जेठमा किस्ट अस्पताल भर्ना भएका थिए । मृत्युपछि १५ जेठमा संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका– ५ का पुरुषको पनि मृत्यु भएको थियो । पाँच महिनाअघि मिर्गाैला प्रत्यारोपण भएका उनी नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना भएका थिए ।

उपचारकै क्रममा उनलाई पाटन अस्पतालमा रिफर गरिएको थियो । उनको असार ११ असारको बिहान मृत्यु भएको थियो । यससँगै काठमाडौं उपत्यका निवासी ५ जनाको कोरोना भाइरसको कारण ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी— ६ का ४५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनको उपचारका क्रममा २५ असारमा पाटन अस्पतालमा निधन भएको डा. गौतमले जानकारी दिए । असार १८ गते क्षयरोगको उपचारका लागि उनी पाटन अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा कोरोना स्वाब परीक्षण गर्दा उनमा असार २२ गते कोरोना पोजेटिभ पाइएको थियो ।

७४ संक्रमित थपिए

विगत २४ घण्टामा मुलुकमा थप ७४ जना कोरोना भाइरसका नयाँ बिरामी फेला परेका छन् । यो वृद्धिसँगै मुलुकभर पुष्टि भएका कोरोना संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ ।

कोरोना संक्रमणबाट निको भएर फर्कनेको संख्या ८ हजार ४ सय ४२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल विभिन्न आइसोलेसनमा उपचाररत ८ हजार २ सय ३९ जना छन । त्यस्तै क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ४ सय ९७ छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies