Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

तीन वटै सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन : क्षतिको खतरा कायमै छ, उद्धारका लागि ‘अलर्ट’ रहनू

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बाढीपहिरोको प्रकोपबाट क्षति बढ्न सक्ने भन्दै पूर्वतयारीमा तीव्रता दिन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - शनिबार बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा उनले विपत् लम्बिन सक्ने भएकाले उद्धारका लागि ‘हाई अलर्ट’ रहन तीनवटै सुरक्षा निकायलाई पनि निर्देशन दिए ।

‘मनसुन सुरु भइसक्यो । पहिरो जाने क्रम जारी छ । बाढी आउने खतरा पनि उत्तिकै छ । विगतझैं यस पटक पनि धेरैको ज्यान जान सक्छ । त्यसैले उद्धारमा खटिन सुरक्षा निकाय चुस्त हुनुपर्‍यो । उद्धारपछिको व्यवस्थापनका लागि अन्य निकाय पनि खटिनु पर्‍यो,’ प्रमुख प्रतिपक्षी दलका नेतादेखि तीन वटै सुरक्षा निकायका प्रमुखसम्म रहेको परिषद् बैठकमा प्रधानमन्त्री ओलीले भने ।

मनसुन अझै दुई महिना लम्बिने हुँदा खतरा कायमै रहेको प्रधानमन्त्री ओलीले भनाइ थियो । ‘मनसुन अझै दुई महिनासम्म रहन्छ । यस अवधिमा बाढी र पहिरोको जोखिम उच्च रहन्छ । जोखिम अब टर्‍यो भन्ने होइन । दुई महिनासम्म थप बढ्न सक्छ । सरोकारवाला सबैले आवश्यक तयारी साथ जनधनको क्षति न्यूनीकरण गर्न जुट्नु पर्‍यो,’ उनले भने ।

हेलिकोप्टर सबै ठाउँ उद्धार गर्न जान नसक्ने हुँदा आधुनिकीकरणको थप उपाय अपनाउन पनि प्रधानमन्त्री ओलीले बैठकमा निर्देशन दिए । उनले भने, ‘बाग्लुङमा गएको पहिरोमा हेलिकोप्टर जान सकेन भन्ने सुनियो । पानी पर्दा कुहिरो लाग्छ ।

कुहिरोमा हेलिकोप्टर जान नसक्ने हुन सक्छ । त्यस्तो ठाउँको उद्धार गर्न अन्य उपाय अपनाउनुपर्‍यो । हेलिकोप्टर जान सकेन भनेर उद्धार गर्न नजाने भन्ने हुँदैैन । विशेष गरी सुरक्षा निकाय यसमा सचेत रहनुपर्‍यो । उद्धार नपाएर ज्यान गएको खबर सुन्न नपरोस् ।’

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादललगायतका मन्त्री, प्रधानसेनापति पूर्णचन्द थापा, मुख्यसचिव लोकदर्शन रेग्मी, गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, नेपाल प्रहरीका प्रमुख शैलेश थापालगायतका सरोकारवाला निकायका प्रमुख सहभागी थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies