Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

लकडाउनको असर : ठूला विकास निर्माण झण्डै पाँच अर्बका योजना अलपत्र

झापा । लामो समयदेखि लकडाउनका कारण झापामा सञ्चालित ठूला विकास निर्माणका आयोजना अलपत्र परेका छन् । झण्डै रु तीन अर्बभन्दा बढीका विकास निर्माणका ठूला योजना र रु दुई अर्बभन्दा बढीका स–साना विकास निर्माणको काम प्रभावित बनेको जिल्ला समन्वय समिति झापाले जनाएको छ ।

“झापामा सञ्चालित केही ठूला विकास निर्माणका कामको सम्झौता मिति सम्पन्न भएको छ तर काम भने सकिएको छैन”, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पार्तेलले भने, “काम गर्ने मुख्य समयमा लकडाउन भएका कारण निर्माण व्यवसायीले समयमा काम गर्न नसक्दा आयोजनाको काम प्रभावित बनेको हो ।”

“स्थानीय पूर्वाधार तथा कृषि सडक विभागअन्तर्गत ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) मार्फत झापाका चारवटा सडक निर्माणाधीन छन् । रु ६७ करोड ९३ लाख ७९ हजार ९९५ को लागतमा निर्माण भइरहेका चार सडकको निर्माण कार्य सकिन लाग्दासमेत काम भने सकिएको छैन”, जिसस प्रमुख पोर्तेलले भने, “समय सकिनलाग्दा पनि सडक निर्माणको ५० प्रतिशत काम भएको छैन ।”

एक चिनियाँ कम्पनी जेठसिजीआइएसी र आशीष–प्रेरा जेभी काठमाडौँले सडक निर्माणको जिम्मा लिएर कञ्चन निर्माण सेवा, विष्णु निर्माण सेवा र पशुपति इन्जिनीयरिङ एन्ड बिल्डर्सलाई चारवटा सडक निर्माणका लागि ५२ करोड ८८ लाख ५४ हजार ९९९ रुपैयाँमा पेटी कन्ट्याकमा ठेक्का दिएको थियो । निर्माण कम्पनीले समयमा सडक निर्माणको काम सम्पन्न गर्न नसक्ने अवस्था लकडाउनका कारण सिर्जना भएको जिल्ला समन्वय समिति झापाले जनाएको छ ।

निर्माण भइरहेका चार सडकहरुमा अमलडाँगी–सोलमारी सडकखण्ड रहेको छ । यो सडकखण्ड निर्माणका लागि १३ करोड ६५ लाख ७१ हजार ७३३ रुपैयाँ लागत रहेको छ । ११ दशमलव ५० किलोमिटर सडक निर्माणको जिम्मा पशुपति इन्जिनीयरिङ एन्ड बिल्डर्सले लिए पनि यो सडकको निर्माण कार्य लकडाउनका कारण प्रभावित बनेको छ ।

त्यस्तै चारपाने–राजगढ सडकखण्ड निर्माणका लागि कञ्चन निर्माण सेवाले काम गरिरहेको छ । १५ दशमलव ४८ किलोमिटर लम्बाइ रहेको यो सडक निर्माणका लागि १९ करोड ५४ लाख ४७ हजार ३४२ रुपैयाँ लागत रहेको छ ।

पाडाजुँगी–खजुरगाछी सडक र खर्सङबारी–अधिकारी चोक दुईवटा १६।५ किलोमिटर सडक निर्माण गर्नका लागि विष्णु निर्माण सेवाले काम गरिरहेको छ । दस दशमलव तीन किलोमिटर लम्बाइ रहेको पाडाजुँगी–खजुरगाछी सडक निर्माणका लागि १२ करोड २८ लाख ७० हजार ७७४ लागत रहेको छ भने खर्साङबारी–अधिकारी चोक ९६।५१ किलोमिटर० सडक निर्माण गर्न सात करोड ३९ लाख ३८ हजार १५० लागत रहेको छ ।

नेपाल सरकार र एसियाली विकास बैक ‘एडिबी’ सँगको साझेदारीमा निर्माण भइरहेको चारवटा सडकको लम्बाइ ४३ दशमलव पाँच किलोमिटर रहेको छ । सन् २०१८ मार्च ३० मा सम्झौता भएका चारवटा सडकको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ असार १८ गते शिलान्यास गरेका थिए ।

सडक निर्माणका लागि भ्याटसहित ४१ करोड ६१ लाख ४८ हजार एक सय ४२ रुपैयाँ लागत रहेको छ । झापा चौकबाट गौरीगञ्ज सम्मको हुलाकी सडक निर्माणको काम पनि अहिले अलपत्र छ । हुलाकी सडक परियोजनाअन्तर्गत ४८ किलोमिटर सो सडक दुई चरणमा निर्माण भइरहेको हो । झापा चौक–राजगढ र राजगढ–गौरीगञ्ज सम्मको सडक निर्माण कार्य लकडाउनका कारण प्रभावित बनेको जिसस प्रमुख पोर्तेलले बताए ।

यता बिर्तामोड–चन्द्रगढी सडकखण्डको चार किलोमिटर चार लेनको बनाउने कामसमेत सम्पन्न हुन सकेको छैन । विसं २०७५ असारबाट रु ३० करोडको लागतमा निर्मण सुरु भएको बिर्तामोड–चन्द्रगढी सडकखण्ड १८ महिनामा सम्पन्न गर्ने गरी २०७५ असार २४ गते ठेक्का सम्झौता भएको थियो । काठमाडौँस्थित आशीष–प्रेरा जेभीले सडक निर्माणको ठेक्का लिएको छ । यो सडक भदौ २८ मा निर्माण सम्पन्न गर्नुपर्ने हो तर समयमा सो सडक निर्माण सम्पन्न नहुने निश्चित छ ।

सडक डिभिजन कार्यालय दमकका सबइन्जिनीयर अमृतप्रसाद यादवका अनुसार सो सडक निर्माणको काम हालसम्म ५० देखि ६० प्रतिशतमात्र भएको बताए । झापामा सञ्चालित यी केही ठूला योजना हुन् । अन्य साना योजनाको काम पनि समयमा सम्पन्न हुन नसकेको बताइन्छ । स्थानीय तहले सञ्चालन गरेका साना विकास निर्माणका योजनासमेत लकडाउनका कारण समयमा सम्पन्न गर्न समस्या हुने गरेको निर्माण व्यवसायीको भनाइ छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies