Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

खोप नलगाएका बालबालिका खोज्न स्वयंसेविका परिचालन

भद्रपुर । मेचीनगर नगरपालिकाले आफ्नो नगरभित्रका पूर्ण खोप नलगाएका बालबालिकालाई खोज्न स्वास्थ्य स्वयंसेविका परिचालन गरेको छ । नगरका १५ वटा वडामा दुई हजार ७६४ बालबालिकाले आर्थिक वर्ष २०७६/७७ मा ११ प्रकारका रोगविरुद्ध अनिवार्य खोप लगाउनुपर्नेमा ४१ जना छुटेको स्वास्थ्य शाखाका सहसंयोजक रामनारायण यादवले बताए ।

“एक जना पनि खोप लगाउनबाट बञ्चित हुनुनपरोस् भनेर हामीले खोप नलगाएका बालवालिका खोज्न स्वयंसेविका र भ्याक्सिनेटरहरुलाई परिचालन गरेका छौँ”, यादवले भने, “उहाँहरुले घरघरै पुगेर छुटेकाहरुको खोजी गर्नुहुनेछ ।”

सरकारले जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई दादुरा, जापानी इन्सेफ्लाइटिसलगायत ११ प्रकारका रोगविरुद्ध अनिवार्य खोप लगाउने व्यवस्था गरेको छ । तर कोभिड–१९ को महामारी र अभिभावकले बिर्सने गरेका कारण कतिपय बालबालिका पूर्ण खोपबाट बञ्चित हुने गरेको यादवको भनाइ छ । नगरपालिकाले खोप लगाउन छुटेका २३ महिनासम्मका बालबालिकाको खोजी गर्ने भएको हो ।

नगरपालिकाले खोप नलगाएका बालबालिका खोज्नका लागि ९५ स्वास्थ्य स्वयंसेविका र १२ भ्याक्सिनेटरलाई परिचालन गरेको नगरका स्वास्थ्य शाखा प्रमुख शशिकला राईले जानकारी दिए । मेचीनगर नगरपालिकालाई विसं २०७५ असार ७ गते विधिवतरूपमा पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको थियो । नगरमा छ सरकारी स्वास्थ्य उपचार केन्द्र र एउटा सामुदायिक अस्पताल सञ्चालनमा छन् । हरेक महिनाको ३, ४, ५ र ६ गते बिदाको दिनसमेत खोप अभियान सञ्चालन हुँदै आएको छ । स्वास्थ्य शाखा प्रमुख राईले यही साउनदेखि बालबालिकालाई रोटा खोपसमेत लगाउन शुरु गरिने बताए । झाडापखाला लागेको भनी उपचारका लागि आउने बालबालिकामा रोटा भाइरसको सङ्क्रमण पाइने गरेको छ । सरकारले साउनदेखि पहिलोपल्ट नेपालमा रोटा भाइरसविरुद्ध रोटा खोप लगाउने निर्णय गरेको हो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies