Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

अमेरिकाद्वारा फ्रान्सेली उत्पादनमा कर वृद्धि गर्ने घोषणा

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले फ्रान्सबाट अमेरिका आयात हुने सामानमा एक अर्ब ३० करोड अमेरिकी डलर बराबरको कर वृद्धि गर्ने घोषणा गरेको छ ।

फ्रान्सले डिजिटल सेवामा कर बढाउने निर्णयले अमेरिकी प्राबिधिक कम्पनीहरूमा प्रमुख असर पर्ने भन्दै अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले स्थानीय समय अनुसार शुक्रबार उक्त घोषणा गरेको हो ।

“अमेरिकी व्यापार प्रतिनिधि निकायले फ्रान्सको डिजिटल सेवा करमार्फत अमेरिकी कम्पनीबाट उठाउने थप कर बराबरको रकम फ्रान्सबाट अमेरिका आयात हुने उत्पादनबाट पूर्ति गर्नेगरी कर वृद्धि गर्ने निर्णय गरिएको छ,” अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयद्वारा सूचनामा उल्लेख छ ।

“वासिङ्टनले फ्रान्सबाट आयात हुने सामानमा थप २५ प्रतिशत करबाट उसले डिजिटल सेवामा कर उठाउँदा अमेरिकी कम्पनीलाई पर्ने व्ययभारलाई व्यवस्थापन गर्नेछ तर आगामी १८० दिन अर्थात् सन् २०२१ को जनवरी ६ सम्म अन्य सहमतिका लागि उक्त निर्णयलाई कार्यान्वयन नलग्ने बताएको छ ।” यो अवधिमा द्विपक्षीय तथा बहुपक्षीय छलफलमार्फत् यस विषयमा सन्तोषजनक दृष्टिकोण निस्कने अमेरिकी बुझाई रहेको छ ।

फ्रान्सको डिजिटल सेवा कर प्रशासनबारे अमेरिकाले धारा ३०१ को छानविनलाई पूरा गरेको बताइएको छ । तर फ्रान्स र अमेरिकाले अन्तरर्राष्ट्रिय करबारे ‘अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट ९ओइसीडी०’ मा बहुपक्षीय सम्झौता जारी रहेकोले शुल्कबारे केही ढिलाई गर्ने सहमति भएको पनि अमेरिकाले बताएको छ ।

यूरोपेली चार अर्थमन्त्रीहरूलाई अमेरिकी अर्थमन्त्री स्टेभेन मनुचिनले गत जुनमा लेखेको पत्रमा अमेरिका डिजिटल कर निर्धारणका लागि हुने छलफलमा सहभागी नहुने बताउनुभएको थियो । यसैका कारण ओइसीडीको छलफल निष्कर्षमा पुग्न नसकेको यूरोपेली अधिकारीहरूले बताएका छन् ।

मनुचिनको पत्रको जवाफमा फ्रान्सका अर्थमन्त्री ब्रुनो लेमाइरले सहमतिको नजिक पुगेका समय प्राप्त पत्रले ओइसीडी सदस्यलाई उत्तेजित पार्ने काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जेसुकै भएपनि फ्रान्सले यो वर्ष डिजिटल कम्पनी तथा सेवाहरूमाथि कर लगाएरै अघि बढ्नेमा दृढ छ ।”

अमेरिकाले इयू, ब्राजिल र भारतजस्ता विभिन्न १० व्यापारिक सहयात्रीलाई मध्यनजर गर्दै डिजिटल सेवा करबारे अनुसन्धानका लागि अमेरिकी व्यापार कानूनको धारा ३०१ सक्रिय पारिएको हो ।

उक्त धारालाई फ्रान्सले सन् १९७४ मा अङ्गीकार गरेको तर प्रयोगविहीन बनिसकेको तथाकथित अमेरिकी व्यापार कानूनका रूपमा उल्लेख गरेको छ । यसैमा टेकेर अमेरिकी राष्ट्रपतिले एकपक्षीयरूपमा विदेशी मुलुकहरूमाथि विविध व्यापार प्रतिबन्धहरू लगाएको दावी आलोचकहरूको रहेको छ ।

विश्वभरका व्यापारिक संघसंगठनहरूले एक पटक प्रयोगबिहीन बनिसकेको धारा ३०१को पटकपटकको प्रयोग विश्व व्यापार संगठनको नियम विपरित भएको भन्दै चासो व्यक्त गरिरहेका छन् । उनीहरूले अमेरिकी उक्त धाराको प्रयोगले पहुपक्षीय व्यापार प्रणाली र विश्वव्यापी आपूर्ति व्यवस्थालाई कमजोर बनाउने र प्रभावित पार्ने बताएका छन् ।
–––

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies