Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

एसइर्ईको आन्तरिक मूल्याङ्कन सम्पन्न

बैतडि । लकडाउनका कारण माध्यमिक शिक्षा परीक्षा ९एसइई० दिन नपाएका बैतडीका विद्यार्थीको आन्तरिक मूल्याङ्कन सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्कन गर्न निर्देशन दिएपछि यहाँका विद्यालयले विद्यार्थीको आन्तरिक मूल्याङ्कन गरेका हुन् ।

जिल्लामा रहेका १२४ माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीको मूल्याङ्कन तालिका शिक्षा विकास तथा समन्वय एकाइमा आइपुगेको एकाइका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिए । विद्यालयले प्रथम त्रैमासिक, अर्धवार्षिक र वार्षिक परीक्षाको आधारमा आन्तरिक मूल्याङ्कन गरेर विद्यार्थीको नतिजा पठाएका छन्, उनले भने, “विद्यालयहरुले पठाएको आन्तरिक मूल्याङ्कनको नतिजा एकीकृत गरेर बोर्डमा पठाउने तयारी भएको छ ।”

यस वर्ष जिल्लाका पाँच हजार ६९४ ले विद्यार्थीले परीक्षा दिन पाएका थिएनन् । जिल्लाका दुई हजार ७२८ छात्र र दुई हजार ९६६ छात्राको आन्तरिक मूल्याङ्कन गरिएको हो । गत चैत ६ गतेदेखि हुने तय भएको एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगन भएको थियो ।

लकडाउनका कारण रोकिएको एसइई गत जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नगर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्याङ्कनबाटै ग्रेड सिट तयार पार्ने निर्णय गरेको हो ।

यसैवीच भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट तीन दिनको अवधिमा १३७ जना स्वदेश फर्किएका छन् ।सीमापारि रहेका नेपाली स्वदेश फर्केका हुन् । यस्तै ४३८ भारतीय पेन्सनधारी नेपालीले पेन्सन बुझेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । लकडाउनका कारण पेन्सन बुझ्न नसकेका नागरिकको समस्यालाई समेत ध्यानमा राखेर बुधबारदेखि तीन दिन शुक्रबारसम्मका लागि झुलाघाट नाका खोलिएको थियो । नेपाल र भारतका स्थानीय प्रशासनको समन्वयमा नाका खोलिएको हो । यस्तै नाका खुला भएपछि नेपालबाट २९ भारतीय नागरिक पनि आफ्नो देश फर्केका छन् ।

भारतबाट पेन्सन बुझ्ने धेरै नागरिकले अझै पनि पेन्सन बुझ्न बाँकी रहेकाले फेरि नाका खोल्नका लागि भारतीय पक्षलाई अनुरोध गरिएको उहाँले जानकारी दिए । पुनः केही दिनका लागि नाका खोल्न जिल्ला प्रशासन कार्यालयले भारतको पिथौरागढ प्रशासनलाई पत्र लेखेको हो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies