लहान । कमला नदीमा पानीको बहाव बढ्दै गएपछि सिरहाको आधा दर्जन गाउँका स्थानीयवासीलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । अविरल वर्षासँगै नदीमा पानीको बहाव बढ्दै गएपछि नदी आसपासमा पर्ने कर्जन्हा, कल्याणपुर र सिरहा नगरपालिकाको विभिन्न गाउँका स्थानीयवासीलाई सतर्क रहन अपिल गरिएको हो ।
“कमला नदीमा पानीको बहाव निरन्तर बढ्दै गएको छ”, सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले भने, “बाढी बस्तीमा पसे ठूलो धनजनको क्षति हुनसक्ने भएकाले आसपासका बस्तीमा बिहानैदेखि माइकिङ गर्न थालेका छौँ, सुरक्षाकर्मीलाई उद्धार र राहतका लागि तयारी अवस्थामा राखेका छौँ ।”
अहिले नदीमा पानीको बहाव खतराको तहसम्म पुगेको र अझै वर्षा जारी रहेकाले थप पानीको बहाव थप बढ्न सक्ने भएकाले नदी आसपासको गाउँका स्थानीयलाई सतर्क रहनुपर्ने उहाँको भनाइ छ । उनले कमलामा बाढीबाट पु¥याउन सक्ने क्षतिलाई रोक्न बाढी पूर्व अपनाइने सतर्कतामा समेत संवेदनशील रहेको उनले बताए । अघिल्लो वर्ष नदीको बाँध भत्किएर बाढी गाउँमा पस्दा कल्याणपुर, सारस्वर, बन्दीपुरलगायतको गाउँ डुबान हुँदा ठूलो धनमालको क्षति भएको थियो । नदीकै छेउमा रहेका यी गाउँहरु बाढीको उच्च जोखिममा परेको छ । विगत दुई दिनदेखिको अविरल वर्षाका कारण नदीमा बाढीको चाप बढेकाले बाँध भत्किएर गाउँ पस्ने हो कि भने चिन्ता बढेकोे कल्याणपुरका स्थानीय सुरज मण्डलले जानकारी दिए।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: