Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

तेस्रो मुलुकबाट २०५ काभ्रेली फर्किए

काभ्रेपलाञ्चोक । तेस्रो मुलुकबाट काभ्रेपलाञ्चोकका २०५ जना फर्किएका छन् । विश्वव्यापीरूपमा कारोना भाइरस सङ्क्रमण फैलँदै गएपछि सरकारले तेस्रो मुलुकबाट नेपालीलाई स्वदेश ल्याउने क्रममा उनीहरु फर्किएका हुन् ।

एकमहिनायता विभिन्न मुलुकबाट जिल्लाका विभिन्न स्थानका ती नागरिक फर्किएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टले जनाएको छ । उनीहरूमध्ये हाल १४४ स्थानीय तहका क्वारेन्टिनमा बसेका छन् । अन्य नागरिक क्वारेन्टिन अवधि सकिएर घर फर्किएका छन् भने केहीलाई कोरोना भाइरस देखिएपछि उपचाररत अवस्थामा रहेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए । उनले भने, “तेस्रो मुलकबाट जिल्लाका नागरिक आउने क्रम जारी छ ।” तेस्रो मुलुकबाट फर्केलगत्तै काठमाडौँको बसुन्धरास्थित वाग्मती प्रदशेको होल्डिङ सेन्टर बसेका काभ्रेलीलाई सदरमुकाम धुलिखेल ल्याई स्थानीय तहको जिम्मा लगाइने गरिएको छ ।

पोष्टका अनुसार हाल तेस्रो मुलुकबाट आउने जिल्लाका नाकरिकमा धुलिखेल नगरपालिकाका ३३, बनेपाका ३५, पनौतीका ३३, मण्डनदेउपुरका १५, पाँचखालका १७, नमोबुद्धका १२ तथा रोशी गाउँपालिकाका १४, महाभारतका तीन, चौँरीदेउरालीका आठ, भुम्लुका छ, बेथानचोकका आठ, तेमालका १७ र खानीखोलाका चार रहेका छन् । यहाँका १३ स्थानीय तहमा ८५१ श्ययाको क्वारेन्टिन छन् भने धुलिखेल, बनेपा र पाँचखाल नगरमा २७ आइसोलेशन श्यया तयारी अवस्थामा रहेको छ ।

हालसम्म विदेशबाट आएका स्थानीय क्वारेन्टिनमा बसेको जिल्ला सङ्कट ब्यवस्थापन केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए । उनका अनुसार होम क्वारेन्टिनमा बस्न चाहनेलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेबमोजिमको होम क्वारेन्टिनसम्बन्धी पालना गर्ने गरी होम क्वारेन्टिन बस्ने अनुमति दिइनेछ । “यसका लागि स्थलमार्ग अथवा हवाईमार्गबाट आउने व्यक्तिले आफ्नो घरमा क्वारेन्टिनसरह सुविधा भएको व्यहोरोसहित होम क्वारेन्टिनमा बस्न अनुरोध गर्नुपर्छ”, उनले भने।

उनका अनुसार तेस्रो मुलुकबाट आई आफैं खर्च व्यहोर्न चाहनेलाई पर्यटकीय नगरी धुलिखेलका सुविधानसम्पन्न होटल क्वारेन्टिनसमेत व्यवस्थित गरिएको छ । सरकारद्वारा जारी निर्देशिकामा सम्बन्धित स्थानीय तहले आफ्ना नागरिकलाई १४ दिन क्वारेन्टिन र थप सात दिन होम क्वारेन्टिनमा राख्नुपर्ने प्रावधान उल्लेख छ । तेस्रो मुलुकबाट काभ्रेली आउनेक्रममै रहेकाले स्थानीय तहको क्वारेन्टिन थप ब्यवस्थित गर्दै प्रत्येक क्वारेन्टिन १०० बेड क्षमतामा विस्तार गर्न थालिएको छ । भारतलगायत विभिन्न देशमा ११ हजार ५८७ काभ्रेली रहेको पोष्टको तथ्याङ्कले देखाएको छ ।

तेस्रो मुलुकबाट आउनेले पिसीआर परीक्षण गरेर आउने भएकाले पुनः जिल्लास्थित विभिन्न क्वारेन्टिनमा बसाइ तथा समयावधि सकिएपछि पनि कोरोना भाइरसको सङ्क्रमण देखिए तत्काल परीक्षण गरिनेछ भने सङ्क्रमण नदेखिएकालाई होम क्वारेन्टिनमा बसाइने गरिएको पोष्टका सदस्य एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा झाले बताए। उनका अनुसार हालसम्म भारतलगायत विदेशबाट फर्केका ६३७ पुरुष र १३३ महिला क्वारेन्टिनमा बसिसकेका छन् । “भारतलगायत तेस्रो मलुकबाट एकैपटक नआउने भएकाले हाल व्यवस्थित क्वारेन्टिन पर्याप्त छ, तर पनि सङ्क्रमण फैलिने क्रममा रहेकाले बेड सङ्ख्या र क्वारेन्टिन थप क्षमताको बनाउने तयारीमै छौँ”, उनले भने । मजदुरीलगायत विभिन्न कामका सिलसिलामा जिल्लाका एक हजार १२५ भारतमा बस्दै आएको तथ्याङ्क थियो ।

पनौतीका २ र ९ वडा सिल
यसैबीच दुई कोरोना भाइरस सङ्क्रमित भएपछि पनौती नगरले २ र ९ नम्वर वडा शुक्रबार साँझ सिल गरेको छ । वडा नं २ का ४७ वर्षीय महिला र ९ मा २६ वर्षका पुरुष कोरोना सङ्क्रमित भएपछि वडा सिल गरिएको हो । नगरपालिका कार्यालयले समुदायमा सङ्क्रमणको उच्च जोखिम देखिएकाले सुरक्षाका मापदण्ड अपनाएर आफ्नै घरमा बस्न नगरवासीमा अनुरोध गरेको छ ।

साथै सिल गरिएको वडामा अत्यावश्यक परिस्थितिमा घर बाहिर जानुपर्ने वा आउनुपर्ने भए स्थानयीय प्रहरी, स्वास्थ्यकर्मी तथा वडाध्यक्षसँग समन्वय गर्न सार्वजनिक अपिल गरेको छ । हालसम्म काभ्रेका २० जनामा कोरोना पुष्टि भएकोे छ । ती मध्ये सात जना उपचारपछि घर फर्किएको पोष्टले जनाएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies