Khabar Dabali Logo
  August 14, Fri

चितवनमा खोलाले बगाएर ३० वर्षीय पुरुषको मृत्यु

चितवन । माडीमा खोलाले बगाएर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीय पुरुष रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

दुई दिनदेखि परेको वर्षात्का कारण रिमाल खोला बढ्दा खोला तर्ने समयमा उनलाई बगाएको अनुमान गरिएको प्रहरीले जनाएको छ । खोलाले बगाएर ल्याएको अवस्थामा माडी नगरपालिका–७ हरिनगरमा शव भेटिएको हो ।

यस्तै भरतपुर महानगरपालिका–२७ दिव्यनगरमा नारायणी नदीले पाँच मिटर ड्याम भत्काएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पानीको बहाब बढ्न थालेसँगै शुक्रबार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले लगाएको ड्याम नदीले बगाएको हो । सात मिटर ड्याममध्ये दुई मिटरमात्र बाँकी रहेको प्रहरीले जनाएको छ ।

यता वर्षाका कारण भरतपुर महानगरपालिका–११ भोजाडमा रुखले घर थिचेको छ । जसका कारण घरमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ । भोजाडमा रहेको एउटा घरमा क्षति भएको हो । त्यसैगरी यज्ञपुरीमा पनि रुख ढलेर घरमाथि परेको र पन्छाउने काम भइरहेको प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए ।

असार २७ गते, २०७७ - १०:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारी निर्णय कार्यान्वयनमा कडाइ, उपत्यकामा अनुगमन तीव्र

काठमाडौं । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रम रोक्न सरकारी निर्णय कार्यान्वयनमा...   

मकवानपुरको थाहा नगरपालिकामा पहिरो खस्दा एक जना बेपत्ता, चार गाडी पुरिए

मकवानपुर । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा माथिबाट पहिरो...   

नर्सलाई कोरोना सङ्क्रमण भएपछि भरतपुर अस्पतालको आकस्मिक कक्ष सिल

चितवन । भरतपुर अस्पतालको आकस्मिक कक्ष बन्द ९सिल० गरिएको छ । अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक नर्सलाई...   

सिरहामा कोरोनाका कारण एक पुरुषको मृत्यु

सिरहा । कोरोना भाइरस संक्रमणका कारण सिरहमा थप एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको...   

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । मनसुनी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा...   

कर्मचारी र सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ख्याल गरेर सेवा देउ : नेपाल राष्ट्र बैंक

काठमाडौंं । नेपाल राष्ट्र बैंकले आफ्नै खर्चमा बैंक तथा वित्तीय संस्थाले कोभिड–१९ सङ्क्रमण भएका र...   

वीरेन्द्रनगरमा भदौ १ देखि ५ गतेसम्म निषेधाज्ञा

कर्णाली । प्रदेश राजधानी वीरेन्द्रनगरमा आगामी भदौ १ देखि ५ गतेसम्म निषेधाज्ञा लागू हुने भएको छ । वीरेन्द्रनगरमा...   

सिन्धुपाल्चोकमा अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा स्थगित

सिन्धुपाल्चोक । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम...   

क्वारेन्टिनमा करेन्ट मृत्यु प्रकरण, परिवारलाई दश लाख र श्रीमानलाई जागिर

कञ्चनपुर । क्वारेन्टिनमा करेन्ट लागेर मृत्यु भएकी कृष्णपुर नगरपालिका ६ की २३ वर्षीया राधादेवी ओडका...   

रुवीभ्याली जोड्ने सडक चैत मसान्तसम्ममा बन्छ : मन्त्री फुयाँल

हेटौंडा । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले धादिङको रुवीभ्याली जोड्ने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top