Khabar Dabali Logo
  August 12, Wed

पहिरोमा बेपत्ताको खोजी र उद्धारमा कठिनाइ, सुरक्षाकर्मी आजसम्म घटनास्थल पुग्न सकेनन्

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको पहिरोमा बेपत्ताको खोजी र उद्धारमा कठिनाइ भएको छ । प्रतिकूल मौसम र भौगोलिक विकटताका कारण सुरक्षाकर्मी पुग्न नसक्दा शुक्रबार बिहान पहिरो गएको ठाउँमा उद्धार र खोजीमा ढिलाइ भएको हो । सडक र घोरेटोबाटो पहिरोले भत्काएकाले आज बिहानसम्म सुरक्षाकर्मी घटनास्थलसम्म पुग्न सकेका छैनन् ।

बेनी, दरवाङ र ताकमबाट गएको सेना, प्रहरी, सशस्त्र प्रहरी र स्वमंसेवकको टोली बाटो नभएर सम्बन्धित ठाउँमा पुग्न नसकेका हुन् । मराङको कल्लेनीको पहिरोमा ताकम प्रहरी चौकीको टोली शुक्रबार दिउँसो पुगेको थियो । प्रहरीसहित उद्धारका लागि कल्लेनी हुँदै मराङ जान हिँडेका धारापानीका किरन थापाले गोरेटो र घोरेटो बाटो नभएकाले सम्बन्धित ठाउँमा पुग्न नसकेको बताउनुभयो । मराङका वडाध्यक्ष राजाराम सुवेदीले जनप्रतिनिधि, स्थानीयवासी, युवा क्लब र आमा समूहका प्रतिनिधिले पहिरोमा फसेकाको उद्धार र बेपत्ताको खोजी गरिरहेको बताउनुभयो ।

चारैतिर पहिरोले घेरिएको कल्लेनीका ५० जनाभन्दा बढीलाई गाउँपालिकाको अगुवाइमा उद्धार गरेर धारापानी र ताकम लगिएको छ । घण्टीवाङका पहिरोपीडित १३ परिवार आरवाङको जनविकास आधारभूत विद्यालयको भवनमा आएर बसेका छन् ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले स्थलमार्गबाट जान सम्भव नभएपछि सेनाको हेलिकप्टरबाट सुरक्षाकर्मीलाई पहिरो प्रभावित ठाउँमा पु¥याउने तयारी भएको बताउनुभयो । शुक्रबार दुई पटक गएको हेलिकप्टर मौसमको खराबीका कारण भिजिबिलिटी नभएर फिर्ता भएको थियो ।

दरवाङ पुगेको सुरक्षाकर्मीको टोली स्थलमार्ग र अर्थुङे ब्यारेकबाट आज बिहान हेलिबाट सुरक्षाकर्मी पठाउन लागिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको टोली पहिरो प्रभावित क्षेत्रमा जाने कार्यक्रम रहेको छ ।

गए राति वर्षा नभएको र बिहानसम्म बादल लागेको स्थानीयवासीले बताएका छन् । पहिरोमा पुरिएर मराङको कल्लेनीमा तीन, राम्चेमा १०, रिखमा सात, ठूलोगाउँमा एक र कुम्रीमा एक जना बेपत्ता भएका थिए । कल्लेनीका १८ वर्षीय प्रकाश केसी र ठूलोगाउँका ६२ वर्षीय तुलबहादुर केसीको शव भेटिएको स्थानीयले जानकारी गराएका वडाध्यक्ष सुवेदीले बताए ।

बिमको तल्लोगाउँका पाँच, दुलेका दुई र नौरुका एक जनाको खोजी भइरहेको छ । रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीको लापु खोलाले बगाएर ५० वर्षीय नलीमान छन्त्यालको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ को दुखु खोलाले बगाएर स्थानीय ४० वर्षीय गीता रोकालाई बेपत्ता बनाएको छ । खोला तर्ने क्रममा बेपत्ता भएकी रोकाको खोजी जारी छ ।

पहिरो र बाढीले धौलागिरि र मालिका गाउँपालिका जोड्ने दाङखोलाको अस्थायी मोटरेबल पुल, बेनी–जोमसोम सडकको राहुघाट बेलिब्रिज, बिमको शिवरात्रिस्थित ट्रस पुल बगाएको छ । ताकम स्वास्थ्यचौकीको पुरानो भवन, मङ्गलाघाट प्रहरी बिटको भवन, नौमानेको शिव आधारभूत र ताकम माविको भवन भत्किएको छ । रघुगङ्गा–३ राहुघाटका करिब २५ घर विस्थापित भएका छन् । राहुघाटमा पाइप बगाएपछि सदरमुकाम बेनी बजारमा पुम्दीखोलाको पानी आपूर्ति बन्द भएको छ । यसैगरी सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्र जोड्ने सबै सडक र पश्चिमी क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

असार २७ गते, २०७७ - १०:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धनगढीको प्रहरी हिरासतमा एक जनाको मृत्यु

धनगढी । धनगढी उपमहानगरपालिका–१४ फूलबारी गाउँका एक व्यक्तिको आज प्रहरी हिरासतमा मृत्यु भएको छ । मृत्यु...   

भदौ १६ गतेदेखि हवाई सेवा सञ्चालनको वातावरण बनाउन आग्रह

काठमाडौंं । वायुसेवा सञ्चालक सङ्घले लामो समयको बन्दाबन्दीले गर्दा हवाई उद्योग अब धराशयी हुने अवस्थामा...   

व्यापार कम्पनीले राष्ट्रिय विपत्तिमा सहयोग गरेको छ : मन्त्री भट्ट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले...   

‘सीमा विवाद द्विपक्षीय समझदारी र कूटनीतिक पहलबाट समाधान गर्न सकिन्छ : गृहमन्त्री

काठमाडौं ।गृहमन्त्री रामबहादुर थापाले नेपाल–भारत सीमा विवाद द्विपक्षीय समझदारी र कूटनीतिक पहलबाट...   

कोरोना भाइरसबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको...   

काठमाडौं उपत्यकामा थप १३९ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...   

थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको सं‌ख्या २४ हजार ४३२ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

काठमाडौंको ह्याम्स अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । काठमाडौंको ह्याम्स अस्पताल धुम्बाराहीमा उपचाररत एक जना कोरोना संक्रमित पुरूषको मृत्यु...   
कान्तिपुरका पत्रकार बानियाँ मृत फेला : बल्खुमा चिप्लिएर लडेका थिए, शव भेटियो हटौंडामा

कान्तिपुरका पत्रकार बानियाँ मृत फेला : बल्खुमा चिप्लिएर लडेका थिए, शव भेटियो हटौंडामा

काठमाडौं । दुई दिनदेखि सम्पर्कविहीन ‘कान्तिपुर’ दैनिकका सहायक सम्पादक बलराम बानियाँको शव मकवानपुरमा...   

साँखुमा एकै परिवारका तीन जनामा कोरोना सङ्क्रमण

काठमाडौं । शङ्खरापुर नगरपालिकामा तीन जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । नगरपालिका– ९ मा दुई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top