Khabar Dabali Logo
  August 4, Tue

अब शुल्क तिरेर कोरोना परीक्षण गराउन पाइने

काठमाडौ । सरकारले अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोभिड–१९ को पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सरकारकै प्रयोगशालामामा निर्देशिका भन्दाबाहेकका मानिसले आफूलाई इच्छाएको बेला शुल्क तिरेर नमूना परीक्षण पाइने व्यवस्था गरिएको जानकारी दिए । स्वास्थ्यमन्त्री भानुभक्त ढकाललको अध्यक्षतामा यही असार २४ गतेको मन्त्रिस्तरीय निर्णयबाट प्रत्येक प्रदेशमा एक प्रयोगशालालाई शुल्क तिरेर निर्देशिका भन्दाबाहेकका नमूना परीक्षण गर्न पाउने व्यवस्था गरेको हो ।

उनका अनुसार प्रदेश नम्बर १ मा कोशी अस्पताल, प्रदेश नं। २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश नं ५ मा लुम्बिनी अस्पताल बुटवल, कर्णाली प्रदेशमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र सुदूरपश्चिम प्रदेशमा प्रादेशिक प्रयोगशाला धनगढीको प्रयोगशालालाई शुल्क तिरेर पिसिआर परीक्षण गर्न पाउने छन् ।

आफैँ कोभिड–१९ को नमूना परीक्षण गराउन रु पाँच हजार ५०० लाग्ने छ । ती तोकिएका प्रयोगशालामा मानिसले शुल्क तिरेर परीक्षण गर्न पाउने छन् । यसअघि मन्त्रालयले वैदेशिक रोजगारमा जाने चाहने व्यक्तिलाई निरोगिता प्रमाणपत्रका लागि वीरअस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुल्क तिरेर कोभिड–१९ को परीक्षण गर्न पाउने व्यवस्था गरेको थियो ।

असार २७ गते, २०७७ - ०७:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतमा कोरोना सङ्क्रमितको संङ्ख्या १८ लाख ५५ हजार नाघ्यो

नयाँ दिल्ली । भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या १८ लाख ५५ हजार नाघेको मङ्गलबार जनाइएको छ । गत २४...   

अख्तियारका १५ जना कर्मचारीमा कोरोना पुष्टि, काठमाडौंमा खतरा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्...   
कालापानी सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मी दोब्बर

कालापानी सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मी दोब्बर

दार्चुला । भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बढाउँदै...   

सुनको मूल्यमा फेरी नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?

काठमाडौं । आज सुनको मूल्य तोलामा ९९ हजार ८ सय पुगेको छ । आज सुनको मूल्य दुई सय रुपैयाँले बढेपछि सुनको...   

ट्रम्पले अमेरिकी कम्पनीलाई दिए टिकटक बिक्री गर्न छ हप्ताको समयावधि

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ नागरिकको स्वामित्वमा रहेको लोकप्रिय भिडियो...   

पौडी खेल्ने क्रममा डुबेर बेपत्ता दुई किशोरको शव फेला

गोदावरी । कैलालीको मोहना नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुईजना किशोरको शव फेला परेको...   

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

रुपन्देही । बुटवल उपमहानगरपालिका –२ गढिटोलस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जनाको...   

प्रेमिकाले राखी बाँधिदिएपछि प्रेमीले गरे आत्महत्याको प्रयास

एजेन्सी । सामाजिक सञ्जालका लागि मात्र मानिसले अनेक प्रकारको क्रियाकलाप गरेको देखिन्छ । सामाजिक सञ्जालमा...   

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या छ लाख ९७ हजार नाघ्यो

जेनेभा । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ६ लाख ९७ हजार २८१ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य...   

पोल्यान्ड पठाइदिने भन्दै १७ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौ । नेपाल प्रहरीले पोल्यान्ड पठाइदिन्छु भनी रु १७ लाख ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ ।...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top