Khabar Dabali Logo
  August 10, Mon

सलह किन्न पाँच लाख बजेट

बनियानी । झापाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि रु पाँच लाख बजेट विनियोजन गरेको छ । सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले उक्त बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिए ।

“सलह किरा नियन्त्रण र यसबाट कृषि क्षेत्रमा हुने सम्भावित जोखिम न्यूनीकरणका लागि बजेट छुट्याएका हौँ”, उनले भने, “नगरले सलह समातेर ल्याउनेलाई प्रतिकेजी रु १०० दिने योजना ल्याएका छौँ ।” खरिद गरिएको सलह किरा नगरको कृषि शाखाले प्रतिकेजी रु ५० दरले पशु आहारका लागि दाना उद्योगलाई दिने निर्णय गरेको छ ।

यसैबीच, झापा क्षेत्र नं २ की सांसद एवं अन्तर्राष्ट्रि«य सम्बन्ध समितिका सभापति पवित्रा निरौलाले अर्जुनधारा नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् । विश्व महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को न्यूनीकरणका लागि उनले स्यानेटाइजर, मास्क, ग्राउड, सर्जिकल क्याप, चस्मा, पञ्जालगायतका स्वास्थ्य सामग्री प्रदान गरेका हुन् । कोरोना भाइरससँग नगर पौँठेजोरी खेलिरहेका बेला स्वास्थ्य सामग्री उपलब्ध गराएर हौसला प्रदान गरेकोमा नगरप्रमुख रानाले धन्यवाद व्यक्त गरे ।

असार २७ गते, २०७७ - ०७:३२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना खोपको सबैमा पहुँच सुनिश्चित गर्न एक खर्ब अमरिकी डलर लाग्ने : डब्ल्यूएचओ

जेनेभा । कोभिड–१९ खोपको विश्वका सबै व्यक्तिमा पहुँच पुर्याउन कम्तीमा पनि एक खर्ब अमेरिकी डलर लाग्ने...   
लेबनानकी कानुनमन्त्रीद्वारा राजीनामा

लेबनानकी कानुनमन्त्रीद्वारा राजीनामा

बेरुत । लेबनानका कानुनमन्त्री मारिया क्लाउड नाज्मले सोमबार पदबाट राजीनामा दिएकी छिन् । उनले प्रधानमन्त्री...   

भारतका पूर्व राष्ट्रपति मुखर्जीलाई कोरोना सङ्क्रमण पुष्टि

नयाँ दिल्ली । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको सोमबार पुष्टि...   

भदौ १५ सम्म सार्वजनिक यातायात रोक्न सरकारलाई माग

काठमाडौ । काठमाडौँका स्थानीय निकायको साझा मञ्च उपत्यका नगरपालिका फोरमले कोरोनाको सङ्क्रमण तीव्ररुपमा...   

साउदीमा ज्यान गुमाएका ९५ जना नेपालीका परिवारलाई सहयोग

काठमाडौ । वैदेशिक रोजगारीको क्रममा साउदी अरबमा ज्यान गुमाएका ९५ जना नेपालीलाई उनीहरु कार्यरत कम्पनीका...   

गोंगबु हत्या प्रकरण : एक महिला पक्राउ

काठमाडौं । काठमाडौंको गोंगबुस्थित गणेशस्थानमा एक पुरुषलाई हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई...   
प्रधानन्यायाधीशलाई आज १७ बुँदे ध्यानाकर्षण पत्र

प्रधानन्यायाधीशलाई आज १७ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौ । नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आज १७ बुँदे ध्यानाकर्षण...   

पानी तान्ने मोटरबाट करेण्ट लागेर एक जनाको मृत्यु

सप्तरी । पानी तान्ने मोटरबाट करेण्ट लागेर सप्तरीको राजविराजमा आज एक जनाको मृत्यु भएको छ । राजविराज...   

मकवानपुरकी एक महिलाले जन्माइन् पाँच किलोको बच्चा

चितवन । मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छिन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत...   

दमक हस्पिटल बन्द

दमक । कोरोना सङ्क्रमित उपचारका लागि आएको पुष्टि भएपछि झापाको दमक–८ स्थित दमक हस्पिटल एण्ड रिसर्च...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top