Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

पोखरा पहिरोका घाइते भन्छन् - राति १२ बजे ‘लास्ट बर्थडे वीस’गर्यौँ, होसमा आउँदा हिलोमा गाडिएका रहेछौँ

कास्की । पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीका टङ्कबहादुर थापाका ज्येष्ठ सुपुत्री २२ वर्षीया पिङ्कीको बिहीबार जन्मदिन परेको थियो । जन्मदिनका अवसरमा साँझ आफन्त तथा केही छिमेकीलाई निम्ता गरिएको थियो ।

सराङकोटको तल्लो भाग सेदीका १९ वर्षीय अनिस तामाङ पनि पिङ्की दिदको जन्म दिन मनाउन साँझ गोठादी पुग्नुभएको थियो । साँझदेखि नै निरन्तर पानी परिरहेको थियो । जन्मदिनको ‘सेलिब्रेसन’ सकिएपछि राति १०ः३० बजेतिर खाना खाएर केही छिमेकीहरु आ–आफ्नो घरतिर लागे ।

परिवारका सदस्य तथा आफन्त भने १२ बजे मध्यराति पिङ्कीलाई अन्तिमपटक शुभकामना दिएरमात्र सुत्ने योजनामा डेढ घण्टा गफ गरेर बसे । “सेलिब्रेसन सकिएपछि कोही आफ्नो घर जानु भयो भने हामी भने ठ्याक्कै १२ बजे दिदीलाई अन्तिम पटक शुभकामना दिएर सुत्ने योेजनाअनुसार गफ गरेर बस्यौँ ।” पहिरोमा परी घाइते भर्ई मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहनु भएका तामाङले भने,“ १२ बजे राति सबैले दिदीलाई ‘लास्ट बर्थ डे वीस’ गरेर आ–आफ्नो कोठामा सुत्न गयौँ ।”

अनिससहित सात जना एउटै कोठामा सुतेका थिए भने ६ जना अन्य कोठामा थिए । तर उनीहरुको सुतेको दुई घण्टामानै घर पहिराले बगायो । माथिबाट पानीको भेलले पर्खाल भत्किएपछि घरसमेत सँगै पहिराले बगाएको थियो । पहिरो आएसँगै आफू बेहोस भएको र घरमुनिको बारीको बाँसको झ्याङ नजिक कुनामा हिलोमा गाडिएको अवस्थामा होसमा आएको तामाङले बताए।

घटनाको स्मरण गर्दै उनले भने, “सुत्ने बेलामा ठूलो पानी परिरहेको थियो, अरु केही थाहा भएन, पछि होसमा आउँदा हिलोमा गाडिएको र टाउको चलाउन नसक्ने अवस्थामा रहेछु, घर भत्किएको रहेछ, उठेर अलि माथि गएको रशी भाइ ९अर्का घाइते० रहेछ, उसलाई लिएर गएर उसको बाबालाई घटनाबारे भन्यौँ ।” अन्य घाइतेसँगै आफूलाई बिहान ५ बजेतिर अस्पताल ल्याइएको उहाँको भनाइ छ ।

अर्का घाइते रशी थापामगरले पनि होसमा आएपछि मात्र घटनाबारे जानकारी भएको बताउनुभयो । “केही पनि थाहा भएन । पछि एक्कासी बारीमा रहेछु, टाउकोबाट रगत आइरहेको रहेछ, पिङ्की दिदी,अनिस दाई, कृपा, इसिका भाञ्जीसहित हामी सात जना एउटै कोठामा थियौँ” थापाले भन्नुभयो ।

छिमेकी चिजा गुरुङले आफू र छोरी राति १० बजे जन्मदिनको कार्यक्रममा सहभागी भएर फर्किएको र थापाका परिवारका सदस्य तथा दमौलीबाट आउनुभएका सालीको परिवारसहितका व्यक्ति घरमा रमाइलो गरेर बसिरहेको बताए। पहिरोमा परी पिङ्कीका बाबु, आमा ४५ वर्षीया सोममाया थापा, आफन्त ११ वर्षीया इशिका थापामगर र छ वर्षीय सुवान थापा तथा तनहुँ दमौली घर भएका आठ वर्षीय शीतल श्रेष्ठको मृत्यु भएको थियो ।

घटनामा थापाका परिवारका सदस्य, आफन्त तथा छिमेकी गरी आठ जना घाइते भएको र उनीहरुको मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

सोही वडाका वडाध्यक्ष रणबहादुर थापाले ठूलो पानी परेपछि कृषि सडक भन्दा माथि पहिरो गएको र त्यसले नालाको पानी बन्द भएको र शाखाबाटामा लगाएको पर्खालसहित भत्किएर घर पहिरोले क्षति पु¥याएको बताए। उनले भने ,“बाढीका कारणले नै घटना घटेको हो, पहाडको आडमा जोडिएको घर भएकाले पहिराले बगाएपछि हार गुहार समेत भएन ।”

यसैबीच गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले प्राकृतिक विपत्तीबाट प्रभावितहरुका लागि उद्धार र राहतका लागि सरकारले जिल्लास्थित सबै निकायहरुलाई परिचालित गरिएको बताएका छन्। प्रदेशका विभिन्न जिल्लाहरुमा बाढी पहिरोका कारण जनधनको क्षति भएपछि आज एक विज्ञप्ती जारी गरी उहाँले पहिरो र बाढीबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जलि तथा परिवारजनमा समवेदना प्रकट व्यक्त गरेका छन्।

प्रदेशका कास्की, लमजुङ, म्याग्दीलगायतका जिल्लामा गरी हालसम्म ११ जनाको मृत्यु भएको तथा १६ जनाको सकुशल उद्धार गरिएको उहाँनले जानकारी दिए । पहिरोका कारणले १० घर पूर्ण क्षति भएको र तीन घरमा आंशिक क्षति भएको तथा कतियपय मानिस अहिले पनि बाढी र पहिरोमा हराइरहेकाले उनीहरुको खोजविन तथा उद्धारमा सुरक्षाकर्मी परिचालन गरिएको मन्त्री चुमानले विज्ञप्तीमा उल्लेख गरेका छन्। समस्याग्रस्त क्षेत्रहरुमा विपद् व्यवस्थापन समितिमार्फत खाद्यान्न, त्रिपाल तथा बन्दोबस्तीका सामानहरुको व्यवस्था गरिएको उनले बताए ।
–––

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies