Khabar Dabali Logo
  August 10, Mon

काठमाडौं उपत्यकामा कोरोनाको खतरा : एकैदिन थपिए ४२ संक्रमित, स्रोत खुलेन

काठमाडौं । शुक्रबार पछिल्लो २४ घण्टामा १ सय १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यी मध्य ४२ जना काठमाडौं उपत्यकाका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण भएको हो ।

मन्त्रालयका अधिकारीहरुका अनुसार काठमाडौंमा देखिएका पछिल्ला संक्रमितहरुको स्रोत खुलेको छैन । उनीहरुको कुनै ट्राभल हिस्ट्रिसमेत नदेखिने समुदयाका लागी झन खतरा रहेको बताइन्छ । यसबाट कतै काठमाडौं उपत्यकामा भित्रभित्रै संक्रमण बढीरहेको त छैन भनेर आशंका सिर्जना भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ८०६ जनाको परिक्षण भएको छ ।

बिहीबारसम्म कोरोनाका १६ हजार ५ सय ३१ संक्रमित थिए। यो संख्या बढेर शुक्रबार १६ हजार ६ सय ४९ पुगेको हो।

२४ घण्टामा १ सय २० जना निको भई घर फर्किएका छन् भने अहिलेसम्म ८ हजार ११ जना निको भएर घर फर्किएका छन् ।

आजसम्म नेपालमा २ लाख ७५ हजार ९५१ परिक्षण भएको छ । यो पिसिआर परिक्षण समेत गरेर हो ।

असार २६ गते, २०७७ - १६:५२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना पुष्टि भएका १२ जना सम्पर्क विहीन

राँझा । बाँकेमा कोरोना सङ्क्रमण पुष्टि भएका १२ जना सङ्क्रमित सम्पर्क विहीन भएका छन् । सम्पर्कविहीन...   

सोमबार ३३८ जनामा कोरोना संक्रमण

काठमाडौं । सोमबार थप ३३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...   

तीन उपसमिति गठन

काठमाडौ । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले आफनो कार्यलाई व्यवस्थित...   

यि हुन् कोरोना रोकथामका लागी सिसिएमसीले गरेको ८ निर्णय

काठमाडौं । आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले विभिन्न महत्वपूर्ण निर्णय...   

कोरोना संक्रमणबाट अर्का एक व्यक्तिको मृत्यु

काठमाडौं । वीरगंजमा कोरोना संक्रमणबाट अर्का एक व्यक्तिको मृत्यु भएको छ । नारायणी कोरोना विषेश अस्पतालमा...   

पिएसओलाई कोरोना देखिएपछि नेकपाका महासचिव पौडेलका आइसोलेसनमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि...   
यि हुन् पार्टी नफुटाउ भन्दै हस्ताक्षर गर्ने नेकपाका ६१ सांसद (सुचि सहित)

यि हुन् पार्टी नफुटाउ भन्दै हस्ताक्षर गर्ने नेकपाका ६१ सांसद (सुचि सहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६१ जना सांसदले पार्टी विभाजन हुन नदिने प्रतिवद्धता जनाएका...   
यि हुन् च्यम्पियन्स लिगमा क्वाटरफाइनल खेल्ने ८ टिम : को सँग को भिड्दै

यि हुन् च्यम्पियन्स लिगमा क्वाटरफाइनल खेल्ने ८ टिम : को सँग को भिड्दै

काठमाडौं । कोरोना भाईरसका कारण गत मार्चदेखि स्थगित युरोपेली च्याम्पियन्स लिग प्रतियोगिता गत शुक्रबारबाट...   

गोगंबुमा टाउको नभएको शब सुटकेशभित्र भेटियो

काठमाडौं । काठमाडौंको गोगंबुमा टाउको नभएको एउटा शब सुटकेशभित्र भेटिएको छ । गोंगबुको गणेशस्थान नजिकै...   

उपत्यकामा ६२ सहित आज ३७८ जनामा कोरोन संक्रमण,

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३७८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top