Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान काेराेना परीक्षणको नाममा स्थानीय तहसँग रकम असुल्दै

काठमाडौं । सरकारले कोरोना भाइरसको परीक्षण निःशुल्क गरेको छ । तोकिएका स्वास्थ्य संस्थाले परीक्षण गरेको संख्याको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रकम उपलब्ध गराउँछ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - तर, दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने नमुना परीक्षण गरेबापत स्थानीय तहलाई पत्रै काटेर रकम माग गरेको पाइएको छ । प्रतिष्ठानले कोरोनाको पिसिआर परीक्षण गरे बापत शुल्क माग्न थालेपछि जिल्लामा संकलित स्वाबको नमुना अन्यत्र पठाउन थालिएको छ ।

प्राप्त प्रमाणअनुसार प्रतिष्ठानले लमही नगरपालिकासँग २५ लाख ९० हजार पाँच सय रुपैयाँ माग गरेको छ । ‘प्रतिष्ठानले पिसिआर विधिबाट परीक्षण गर्दा नेपाल सरकारले तोकेको पाँच हजार पाँच सय रुपैयाँका दरले ४७१ जनाको परीक्षणबापतको सो रकम प्रतिष्ठानलाई शोधभर्ना गर्न अनुरोध छ,’ नगरपालिकालाई पठाएको पत्रमा भनिएको छ ।

त्यस्तै, बंगलाचुली गाउँपालिकाले १२ असारसम्म पठाएका एक हजार चार सय ६८ जनाको नमुना परीक्षणबापत प्रतिष्ठानले ८० लाख ७४ हजार रुपैयाँ शोधभर्ना गर्न माग गरेको छ ।

प्रतिष्ठानकी उपकुलपति डा.संगीता भण्डारीले स्वास्थ्य मन्त्रालयकै संरक्षणमा यस्तो गर्दै आएको स्वास्थ्यका उच्च अधिकारीहरू बताउँछन् । प्रतिष्ठान स्वतन्त्र संस्था भएकाले स्वास्थ्य मन्त्रालयको निर्देशन आफूले मान्नुपर्ने नभएको उपकुलपति भण्डारीको तर्क छ । ‘हामी स्वायत्त संस्था हौँ, मन्त्रालयले भनेको मान्नु पर्छ भन्ने छैन,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘सहयोग गरे ठीक छ, नत्र हामी आफ्नै तरिकाले अगाडि बढ्छौं ।’

स्वास्थ्यसचिव लक्ष्मण अर्यालले अनधिकृत रूपमा रकम असुलेको पाइएमा कारबाही गर्ने बताए । ‘हामीले उपकुलपतिलाई अनधिकृत काम नगर्न आग्रह गरेका छौँ,’ उनले भने, ‘यदि निःशुल्कका नाममा रकम उठाएको पाए कारबाही हुन्छ ।’

स्वास्थ्य मन्त्रालयका अनुसार प्रतिष्ठानले पिसिआर परीक्षणबापतको खर्च भन्दै पाँच करोडभन्दा बढी रकम माग गरेको फाइल पनि मन्त्रालय पुगेको छ । दोहोरो रकम माग गरेको पाइएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्वास्थ्य मन्त्रालयबीच विवाद सुरु भएको छ ।

सूचना दिएको भन्दै ल्याबका दुई कर्मचारीमाथि कारबाही

प्रतिष्ठानले सूचना बाहिर चुहाएको भन्दै प्रयोगशालामा कार्यरत दुई कर्मचारीलाई निलम्बन गरी छानबिन थालेको छ । उच्च स्रोतका अनुसार त्यहाँ कार्यरत अन्य कर्मचारी निलम्बनमा परे पनि दुई कर्मचारीलाई मात्र गलत प्रमाणित गरी सेवाबाट हटाउन हस्ताक्षर अभियान समेत सुरु भएको छ ।

स्वास्थ्य मन्त्रालयले २० असारमा प्रयोगशालाका कर्मचारीहरूसँग कोरोना परीक्षणमा देखिएको समस्या र समाधानका विषयमा जुम मिटिङ गरेको थियो । मिटिङमा राप्तीबाट सहभागी भएका प्रयोगशालाका दुई कर्मचारीलाई निलम्बन गरिएको हो ।

हालसम्म राप्ती प्रतिष्ठानले ६ हजार ६९ किटबाट १४ हजार नौ सय आठ नमुना परीक्षण गरेको छ । उसले नेपालगन्जबाट दुई सय, तुलसीपुरस्थित नेपाली सेनाबाट चार सय, स्वास्थ्य मन्त्रालयबाट नौ हजार दुई सय २०, स्रोत नखुलेको दुई हजार गरी जम्मा ११ हजार आठ सय २० किट लगेको छ ।

सो किटमध्ये हालसम्म ६ हजार २० किट खपत भएको छ । परीक्षण गर्न अझै ५८ सय किट बाँकी छ । किटको मौज्दात प्रशस्तै भएकै वेला प्रतिष्ठानले अज्ञात रूपमा दुई हजार किट समावेश गरेको पाइएको छ । जसको कुनै स्रोत उल्लेख गरिएको छैन ।

सो परिमाणको किट कहाँबाट आयो भन्ने विषयमा स्वास्थ्य मन्त्रालयले गहन अध्ययन थालेको छ । ३८ सय किट मौज्दात हुँदाहुँदै बाहिरबाट दुई हजारवटा किनेको हुन सक्ने स्वास्थ्य मन्त्रालयको अनुमान छ ।

सचिव अर्यालका अनुसार उपकुलपति डा.भण्डारीले किट अभावले परीक्षण सम्भव नभएको भन्दै पटकपटक खरिद गर्ने बताउँदै आएकी थिइन् । मन्त्रालयले किट अभावले नमुना परीक्षण नै रोकिएको भए दुई सय थानसम्म किन्न भनेको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम भन्छन्, ‘रकम उठाए कारबाही हुन्छ’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले राप्ती स्वास्थ्य विज्ञान प्रािष्ठानले स्थानीय तहसँग पिसिआर परीक्षणको रकम माग गरेको जानकारीमा आएको भन्दै यस्तो कार्य नरोके कारबाही गर्ने बताए ।

‘सरकारको निर्देशिकाअनुसार कोभिड–१९ सँग सम्बन्धित परीक्षण सरकारी खर्चमा हुने गरेको छ । यस्तो अवस्थामा कुनै पालिकासँग रकम उठाउन पाइँदैन,’ उनले भने ।

एक सय आठ नयाँ संक्रमित थपिए

पछिल्लो २४ घन्टामा एक सय आठ नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार पाँच सय ३१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये सात हजार आठ सय ९१ जना निको भएर घर गएका छन् ।

अहिले देशभर आइसोलेसनमा आठ हजार ६ सय पाँच जना संक्रमित छन् । बिहीबार चार हजार पाँच सय ८८ पिसिआर परीक्षण भएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies