Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

बाढीले बगायो सिंचाइ कुलोः एक हजार रोपनी खेत बाँझै

सल्यान । पश्चिमी क्षेत्रमा बाढीले सिंचाइ कुलो बगाउँदा एक हजार चार सय रोपनी खेत बाँझो हुने देखिएको छ । केही दिनदेखि परेको अविरल वर्षाले वनगाड कुपिण्डे नगरपालिका –२ लाहाघाटको कुलो बगाएपछि रोपाइँ गर्न गरी तयारी गरिएका खेतसमेत बाँझै हुने निश्चित भएको छ ।
विसं २०४४ मा निर्मित कुलामा टाटेपहरको पहिरो आउँदा पक्की सिंचाइ कुलो तहसनहस भएको स्थानीयवासी ओठे रानाले जानकारी दिए । “कुलोमै बाढी पसेपछि ठाउँठाउँमा पहिरो जानाका साथै सिंचाइ कुलो तहसनहस भएको छ, तत्काल मर्मत गरेर सञ्चालन गर्न सक्ने अवस्था नभएपछि ११० घर परिवारको खेत बाँझै हुने देखिएको छ”, रानाले भने ।

यस क्षेत्रमा ३३ वर्षपछि यति ठूलो पानी परेको हो । सिंचाइ कुलो बिगारेपछि कृषक चिन्तित हुन थालेका छन् । “अब न अरु कुनै बाली लगाउन सकिन्छ न तत्काल कुलो मर्मत गरेर रोपाइँ गर्न सकिन्छ, कोरोनाले मरिएन, अब भोकमरीले त मरिने होला,” पीडित किसान जीवन रानाले भने ।
बाढीले गाउँमा जाने पाइपसमेत बगाएपछि गाउँमा खानेपानीको समस्या भएको रानाले बताए ।“खेतमा धानको ब्याड रोप्ने भइसकेको छ, पानी नभएपछि अब कसरी रोपाइँ गर्नू रु खानेपानीको समेत गाउँमा हाहाकार भएको छ”, उनले बताए ।

बाढीले सिंचाइ कुलो बगाउँदा सिङ्गो गाउँ नै भोकमरीमा पर्ने खतरा रहेको वनगाड कुपिण्डे नगरपालिका २ का वडाध्यक्ष प्रतिमल बुढाले जानकारी दिए ।“ खेतमा धान रोपाइँ गर्ने अर्को कुनै विकल्प नभएको, सिंचाइ कुलो बाढीले तहसनहस पारेकाले मर्मतसम्भार गर्ने अवस्था नभएको र यसले अब पूरै गाउँमा नै खाद्यसङ्कट आउने वडाध्यक्ष बुढाले चिन्ता व्यक्त गरे ।
अहिलेसम्म आफूले यति ठूलो बाढी आएको नदेखेको र एक्कासि बाढी तथा ठाउँठाउँमा पहिरो आएर सिंचाइ कुलो भत्काएको वडाध्यक्ष बुढाले जानकारी दिए । सिंचाइ कुलो भत्किएपछि रोपाइँका लागि तयारी अवस्थामा रहेको धानको व्याडसमेत सुक्न थालेको छ ।

तत्काल खानेपानी तथा सिंचाइ कुलो मर्मतका लागि वैकल्पिक उपाय नगरेकाले नगरपालिकाभित्रकै सबैभन्दा बढी खेतीयोग्य जमीन बाँझै रहने अवस्था देखिएको प्रभावित कृषकले बताएका छन् । तत्काल कुलो मर्मत हुन नसके पनि कुनै वैकल्पिक उपाय गरेर खेत बाँझो नरहने गरी सहयोग गर्न किसानले आग्रह गरेका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies