Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

कौसीखेतीलाई प्रोत्साहन : विषादीरहित तरकारी उत्पादन

गलकोट । तरकारी उत्पादन वृद्धि गर्ने उद्देश्यले बागलुङ बजारमा कौसीखेती अभियानलाई तीब्र बनाएको छ ।

बागलुङ नगरपालिकाले कौसीखेतीलाई प्रोत्साहन गरी उत्पादन वृद्धि गर्ने कार्यक्रम शुरु गरेपछि यतिखेर बागलुङ बजारका घरधनीले कौसीखेती अभियानलाई तीब्र बनाएको हो । नगरपालिकाले गत वर्षदेखि वडा नं। १ र २ मा कौसीखेती गर्ने घरधनीलाई प्रोत्साहित गर्दै अनुदानमा मल र बीउ उपलब्ध गराउन थालेको छ ।

बागलुङ नगरपालिक–१ रामरेखा वडा कार्यालयले यो वर्ष कौसीखेतीलाई प्रोत्साहन गरी उत्पादन वृद्धि गर्नका लागि रु। दुई लाख बजेट विनियोजन गरेको छ । कौसीखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत सो वडा कार्यालयले घरधनीलाई घर–घरमै पुगेर तरकारीको बीउ वितरण गरेको छ । कौसीमै मौसमी तथा बेमौसमी तरकारी उत्पादन गराएर तरकारीमा आत्मनिर्भर गराउने उद्देश्यले कौसीखेतीलाई प्रोत्साहन गर्न थालिएको वडाध्यक्ष दुर्गाबहादुर बोहोराले जानकारी दिए । “गत वर्ष पनि कौसीखेती विस्तारका लागि वडा कार्यालयले टोल विकास संस्थामार्फत् झण्डै रु तीन लाख मूल्य बराबरको तरकारीको बीउ, पाइप तथा बिरुवा वितरण गरेका थियौं”, उनले भने, “अहिले वडाका प्रत्येक घर–घरमै पुगेर तरकारीको बीउ वितरण गरिरहेका छौ ।” वडा कार्यालयले गार्डन जातको सिमी, कोरियन जातको मूला, मार्फ जातको रायो, गोल्डेन जातको बन्दा, चाइनिज जातको धनिया र हाइब्रिड हरियो जातको बोडी वितरण गरेको छ ।

ग्रामीण क्षेत्रमा खेतबारी बाँझो राख्नु हुँदैन भनेझैँ अहिले शहरी क्षेत्रमा कौसी पनि बाँझो राख्नु हुँदैन भन्ने धारणाको विकास भइरहेको छ । सोही धारणा बमोजिम स्थानीय तहले कौसीखेती प्रवद्र्धनात्मक कार्यक्रम शुरु गरेको बागलुङ नगरपालिका–२ का वडाध्यक्ष जीवन आचार्यले जानकारी दिए । वडा कार्यालयले यस वर्ष कौसीखेती प्रवद्र्धन तालीम सञ्चालन गर्न रु। एक लाख ५० हजार र बीउविजन तथा जैविक मल वितरणका लागि रु। चार लाख बजेट विनियोजन गरिएको छ । तर कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी राखेको बन्दाबन्दीका कारण सो तालीमलाई स्थगन गर्नुपरेको भएपनि जैविक मल तथा बीउविजन वितरण गरिसकेको र केही बिरुवा वितरणको कार्य बाँकी रहेको उनले जानकारी दिए। “नगरको बजार क्षेत्रमा जग्गाको अभाव भएपछि कौसीखेती प्रवद्र्धन कार्यक्रम ल्याएका छौं”, वडाध्यक्ष आचार्यले भने “कम्तिमा घरमा बस्नेलाई कौसीखेतीले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरी खान पुगोस् भन्ने मात्रै हो ।”

शहरी क्षेत्रमा पछिल्लो समय कौसी खेती फस्टाउँदै जान थालेको छ । आफ्नो छतमा पलाएको सिमि बोडी, खुर्सानी, धनीयाँ तथा टमाटरले कम्तिमा आफूलाई पुग्ने गरी कौसीखेती गर्दै आएको बागलुङ नगरपालिका–१ रामरेखाका माया शर्माले बताइन् । घर निर्माण गर्दा सुरक्षित तरिकाले क्यारी निर्माण गरेमा कौसीखेतीका लागि सहज हुने उनको भनाइ छ । महँगोमा विषादीयुक्त तरकारी खरिद गर्न बाध्य बजारवासीलाई कौसीखेती प्रवद्र्धनात्मक कार्यक्रमले तरकारीमा आत्मनिर्भर गराउन धेरथोर सहयोग पुर्याउने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए ।

प्रमुख पौडेलका अनुसार नगरका १४ वडामध्ये बजार क्षेत्र भएको वडामा कौसीखेतीलाई मध्यनजर गरेपनि अन्य वडामा भने व्यवसायिक तरकारी, सुन्तला, चिया लगायतका खेतीलाई प्राथमिकता दिँदै आएको छ । नगरपालिकाले हरेक वर्ष वडाको सम्भावना हेरी चिया, सुन्तला, लिची तथा अनुदानमा तरकारी खेतीका लागि टनेल समेत वितरण गर्दै आएको बागलुङ नगरपालिका कृषि शाखाले जनाएको छ ।

बजारमा विषादीरहित तरकारी पाउन गाह्रो छ । उपभोक्ताका लागि बजारको तरकारी पैसा खर्च गरेर विषादी खरिद गरेझैँ भएको छ । त्यसैले शहरी क्षेत्रमा कौसीखेतीको अवधारणा भित्रिएको हो । “कोभिड–१९ महामारीमा त कौसी खेती सङ्क्रमणको जोखिमबाट बच्ने उपाय पनि बनेको छ । आफ्नै छतको हरियालीमा रमाउने अवसर दिएको छ, कौसी खेतीले”, नगर प्रमुख पौडेलले भने, “खाली ठाउँमा तरकारी लगाउँदा घरको माहोल आनन्ददायी बनेको छ । बालबच्चाले खेतीबारे जानकारी पनि पाएका छन् ।”

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies