Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

५ फोटोमा हेर्नुहोस् –तिलोत्तमाका स्थानियले गरे सडकमै रोपाइँ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका १३ र १४ का स्थानिय बासिन्दाहरुले पत्थरडाँडा तिनाउ सडक खण्ड अन्र्तगत तीनधुरेमा रोपाइँ गरेका छन् ।

रोपाइँको समयमा गाईने मौलिक गित (वाली) गाएर गरिएको रोपाइँलाई सडकमा यात्रा गर्ने यात्रीहरुले निकै कौतुहल्ताका साथ हेरेका थिए । बिहान ८ बजेबाट सुरु भएको रोपाइँ सडकको तीन स्थानमा भएको थियो ।

क्रेसर र सिमेण्ट उद्योगमा चल्ने टिप्परहरुका कारण धुँवा–धुलो र ध्वनी प्रदुषणमा बाह्रै महिना बाच्न बाध्य भएका स्थानियहरुले बर्षायामको हिलोको कारण आवजावतमा समस्या परेपछि सडकमा रोपाइँ गरेर स्थानिय सरकारलाई सडक मर्मतका लागि दबाव दिएको स्थानिय अभिषेक न्यौपानेले बताए । न्यौपानेले पटक पटक आग्रह गर्दा पनि जनप्रतिनिधीहरुबाट गुनासो सुनुवाई तथा समस्या समाधानको लागि कुनै कदम नचालिएपछि रोपाइँ गर्न बाध्य भएको बताए ।

सडकबाट नगरपालिकाले बर्षेनी सडक करको नाममा लाखौं रुपैयाँ संकलन गरेपनि सडक मर्मतमा खासै चासो नदिंदा सरकार प्रति स्थानियहरु आक्रोसित बनेका छन् । अन्य वार्डहरुबाट भन्दा तिलोत्तमा–१३ र १४ बाट नगरपालिकाको नदिजन्य पदार्थ उत्खनन्बाट बार्षिक करोडौं आन्तरिक आम्दानी हुने गरेता पनि भोट बैंक विकासे नीतिले समस्यामा पार्ने गरेको अर्का स्थानिय निम बहादुर क्षेत्रीले जानकारी गराए ।

क्षेत्रीले यस क्षेत्रबाट नदिजन्य पदार्थ उत्खनन् गरे वापत केही प्रतिशत स्थानिय क्षेत्रको विकासको लागि लगाउने भन्ने नीति भएको सुनेको छु । उक्त नीति कता कसलाई लागेको छ थाहा छैन । शब्दकै विकास हो, या व्यावहारिकतामा पनि आएको छ भन्ने कुरा थाहा नभएको बताए । दिन रात उक्त सडकखण्डबाट कयौं सञ्चारकर्मीहरु हिड्ने गरेता पनि कसैले सडकको विषयमा कुरा नउठाएकोमा दुःख व्यक्त गर्दै क्षेत्रीले सञ्चार क्षेत्रले आँखा चिम्लिएको बताए ।

तिलोत्तमाका भित्री सडकहरुमा सबैभन्दा बढी व्यस्त सडकको रुपमा चिनिने उक्त सडक तीनधुरे चोक देखि तिनाउ खोला सम्म समस्याग्रस्त छ ।

प्रदेश नं. ५ का पूर्व प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेस संसदीय दलका नेता स्वर्गीय बलदेब शर्मा पोखरेल, प्रदेश सभा सदस्य रमा अर्याल, तिलोत्तमा १३ का वडा अध्यक्ष गणेश न्यौपानेको घर पनि सोही सडकखण्ड अन्र्तगत पर्दछ । वडा अध्यक्ष न्यौपानेको घर सम्मको सडक ठिक भएको र सडकका कारण १४ का वडा अध्यक्ष सोहन थारुलाई समेत समस्या नपर्ने हुँदा सडक मर्मतमा उदासिनता देखाएको स्थानियको आरोप छ ।

सडकमा पटक पटक दुर्घटना हुने गरेको स्मरण गर्दै स्थानियले सडककै कारण सोही क्षेत्रमा बस्ने नापी कार्यालय बुटवलका सर्भेक्षक हेमन्त पौडेल गम्भिर घाईते भएर उचारको लागि काठमाडौं लगेको सुनाए । यस विषयमा सम्पर्क गर्न खोज्दा वडा अध्यक्ष सँग सम्पर्क हुन सकेन ।

\"\"
\"\"
\"\"
\"\"
\"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies