Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडाै‌ । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.१३ अङ्कले घटेर एक हजार ३२६.५३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.६४ अङ्कले घटेर २७९.९५ मा पुगेको छ । आज कूल १७९ कम्पनीका २९ लाख ७७ हजार ७०६ कित्ता शेयर रु एक अर्ब सात करोड ८४ लाख ६२ हजार १४१ मा खरिदबिक्री भयो । कारोबार भएका कूल १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर मात्र उकालो लागेको छ ।

व्यापार १५.३१ र सामूहिक लगानी कोष ०.१ अङ्कले बढ्दा बैंकिङ १०.७९, होटल ४२.४२, विकास बैंक ७.०१, जलविद्युत् ८.६८, वित्त १.७८, निर्जीवन बीमा ३०.१३, अन्य २.८, लघुवित्त १०.१३ र जीवन बीमा ६०.२९ अङ्कले घटेका छन् ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु २५ करोड ५७ लाख ९९ हजार ६८१ मा खरिदबिक्री भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्सको रु सात करोड १४ लाख नौ हजार ८५३, प्रभु बैंक संस्थापक शेयर रु छ करोड ३१ लाख ८० हजार, एनएमबी बैंक रु चार करोड ४४ लाख १८ हजार ९३५, छिमेकी लघुवित्त विकास बैंक रु तीन करोड ९१ लाख ३६ हजार ५२५ र हिमालयन डिष्टिलरीको रु तीन करोढ २४ लाख ७४ हजार १८६ मा खरिदबिक्री भयो ।

घटेको बजारमा सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी ९.८८ प्रतिशतले कमाए । यस्तै आशा लघुवित्त वित्तीय संस्था ७.५४, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी ६.२२, तिनाउ मिसन डेभलपमेन्ट बैंक ५.८८ र कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले ५.०८ प्रतिशतले कमाए । यस्तै तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले सबैभन्दा बढी ६.९८, कालिका पावर कम्पनी ५.५६, नेशनल हाइड्रोपावर कम्पनी ५.२६, जलविद्युत् लगानी तथा विकास कम्पनी ५.१९ र पोखरा फाइनान्सका शेयरधनीले ५.१० प्रतिशतले गुमाएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies