Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

असार मसान्तमा बैंकको ब्याज तिर्न कठिन

चितवन । उद्योगी व्यवसायीले असार मसान्तमा बैंकको व्याज र किस्ता तिर्न कठिन भएको जनाएका छन् । विद्युत्, टेलिफोनदेखि कर्मचारीको तलबसमेत तिर्न समस्या भएको भन्दै उनीहरुले लकडाउनका कारण बैंकको व्याज र किस्ता तत्काल तिर्न नसक्ने जनाएका हुन ।
कोरोना भाइरसको सङ्क्रमणका कारण सबैभन्दा बढी प्रभावित भएको होटल अझै सञ्चालन हुन सकेका छैनन् । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराई होटल बचाउन कठिन भएको बताए । बैंकको व्याज र किस्ता असारमा तिर्न नसक्ने भन्दै उनले होटल कुर्ने कर्मचारी र बिजुलीको पैसा पनि तिर्न नसकेको बताए ।

सौराहाका १२० होटलमा रु २० अर्ब भन्दा बढी लगानी छ । उनका अनुसार बैंकिङ् ऋण मात्र रु आठ अर्ब बढी छ । ऋण तिर्ने समय पछाडि सार्नुको विकल्प नरहेको उहाँको भनाइ छ । त्यस्तै अन्य होटलको अवस्था पनि उस्तै छ । होटल व्यवसायी महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष दिनेश चुके यस अन्तर्गत रहेका देशभरका ८० हजार होटलको अवस्था दयनीय रहेको बताए । होटल बन्द नै भएकाले अहिले व्याज र किस्ता तिर्न सक्ने अवस्था नरहेको उनले बताए ।

व्यवसायीले भ्रमण वर्ष लक्षित गरी २५–३० प्रतिशत थप लगानी गरेको भन्दै उनले त्यससँगै कोभिडका कारण व्यवसाय ठप्प रहँदा आफूहरु मर्कामा परेको बताए । व्याज र किस्ता पुनर्ताजगी गर्न र सञ्चालनका लागि ५ प्रतिशत थप कर्जा दिनुपर्ने उनको भनाइ छ ।

कोभिड १९– का कारण निकै प्रभावित बनेको कुखुरा व्यवसायीको पनि आफ्नै पीडा रहेको छ । सो व्यवसायीको छाता संस्था नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट धेरै किसान विस्थापित बनिसकेको भन्दै असारमा नभएर एक वर्षसम्म व्याज र किस्ता तिर्ने अवस्थामा व्यवसायी नभएको बताए । बैंकले चालु पूँजी थप्नुपर्ने भन्दै उनले पूर्ववत् अवस्थामा फर्कन एक वर्ष लाग्ने बताए । आफूहरुले राष्ट्र बैंकका गभर्नर समक्ष समस्या राखिसकेको भन्दै विष्टले अब थप ऋण लिएर व्यवसाय गर्दा व्याज र किस्ता तिर्न एक वर्ष कुर्नुपर्ने बताए ।

व्यवसायीले चालु पूँजी थप गर्न, किस्ता एक वर्षपछि मात्र राख्ने गरी पुनर्ताजगी गर्न, लकडाउनको समयको व्याज मिनाह गर्न माग गरेका छन् । नेपालमा कुखुरापालन व्यवसायमा रु एक अर्ब ५० करोड भन्दा बढी लगानी छ । यस व्यवसायमा रु ३५ अर्ब बढी बैंकिङ् ऋण रहेको विष्टले बताए ।

नेपाल दाना उद्योग सङ्घ केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष शङ्करप्रसाद कँडेल राज्यले अहिले सहयोग नगरे नेपालको आत्मनिर्भर पोल्ट्री व्यवसाय धरासयी हुने बताए । किसानसँग कुखुरा नहुँदा अहिले लागत मूल्य पाएको भए पनि भित्रीरुपमा धेरै किसान घरको न घाटको हुन पुगेको भन्दै उहाँले किसानले व्याज र किस्ता तिर्न सक्ने अवस्था नरहेको बताए ।

न्यौपाने सरकारले लकडाउनको अवधिको निजी स्वास्थ्य संस्थाका चिकित्सक, कर्मचारीको तलब सरकारी सरह खुवाइदिनुपर्ने र बंैकले व्याज र किस्ता तिर्ने समय सार्नुपर्ने बताए । शिक्षण संस्थाको अवस्था पनि उस्तै रहेको व्यवसायी बताउँछन् । भृकुटी बोर्डिङ्स्कुल नारायणगढका प्राचार्य रामजी पाण्डे निजी शिक्षण संस्थाले शिक्षक कर्मचारीको तलब खुवाउनसमेत नसकेकाले बैंकको व्याज र किस्ता तिर्ने सम्भावना नरहेको बताए ।

नेपाल राष्ट्रबैंकले हालसम्म कुनै निर्णय गरेको छैन । प्राइम बैंक भरतपुरका प्रबन्धक पदम पौडेल आफूहरुलाई कुनै निर्देशन नआएकाले विगतझै व्याज र किस्ता असारमा तिर्नुपर्ने बताए । ऋणिहरुले आफ्ना गुनासो राखिरहेको भन्दै उहाँले यस विषयमा केन्द्रीय कार्यालयमा जानकारी गराउने बाहेक अन्य अधिकार आफूसँग नरहेको बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies