Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

शेरीगाउँ–हाँसिवाङ खण्ड कालोपत्रेको काम शुरु

रुकुमपश्चिम । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको रुकुम(पश्चिम) खण्डमा कालोपत्रेको काम शुरु भएको छ । जिल्ला समन्वय समितका प्रमुख राजकुमार शर्माले शेरीगाउँ–हाँसिवाङ सडकखण्ड कालोपत्रेको काम उद्घाटन गरे ।

अन्य खण्डमा धमाधम कालोपत्रेको काम भइरहँदा जिल्ला सदरमुकाम मुसीकोट नगरपालिका –५ शेरीगाउँदेखि सानीभेरी गाउँपालिकाको हाँसिवाङ खण्डमा काम हुन सकेको थिएन ।

अन्य खण्डका तुलनामा निकै ढिलो गरी ठेक्का लागेपछि आजदेखि सो खण्डमा कालोपत्रेको काम शुरु भएको हो । बाह्र किलोमिटर लामो सो खण्डको कालोपत्रेको जिम्मा दिवा–यती जेभीले पाएको छ । गत जेठ २८ गते सम्झौता भएकामा आजदेखि काम शुरु भएको हो । रु ४४ करोड नौ लाख दुई हजार २९८ र पैसा ७६ मा सम्झौता भएअनुसार सो खण्ड कालोपत्रेको काम २०७९ मङ्सिर २७ गते अर्थात् ३० महिनामा सक्नुपर्ने प्रावधान छ । डबल कटिङ, वाल, ग्याबिन वाल, नालीसहित सडक कालोपत्रे गरिने निर्माण कम्पनीका साइट सुपरभाइजर हीरालाल केसीले जानकारी दिए ।

उहाँका अनुसार सडकको कुल लम्बाइ १२ किमी र चौडाइ नौ मिटर हुने छ भने साढे ७ मिटर कालोपत्रे गरिने छ । डेढ मिटर भने नाली र वालले ओगट्ने सुपरभाइजर केसीले बताए । जिल्लामा विभिन्न खण्डमा विभाजन गरेर मध्यपहाडी लोकमार्ग कालोपत्रेको काम भइरहेको छ । केही खण्डमा कालोपत्रेको काम सकिएको छ भने केहीको अन्तिम चरणमा छ । साविकको सिङ्गो रुकुम जिल्लामा कुल आठ खण्ड रहेकामा रुकुम९पश्चिम०मा पाँच खण्ड पर्छन् । सोमध्ये मुसीकोट नगरपालिकाभित्र पर्ने शीतलपोखरी–बैरीदह खण्डमा कालोपत्रेको काम सकिसकेको छ । अन्य तीन खण्डमा काम चलिरहेको छ ।

जिल्लामा पर्ने सबैभन्दा अप्ठ्यारो खण्डका रुपमा रहेको शेरीगाउँ–हाँसिवाङ खण्डमा कालोपत्रेको काम शुरु नहुँदा सवारी साधनसहित नागरिकले सास्ती भोग्दै आएका छन् । सो खण्डमा पर्ने मुसीकोट नगरपालिका –३ खरखरेमा वर्षामा पहिरो झर्ने तथा हिउँदमा ढुङ्गा र गिट्टीले सवारी साधनसहित नागरिकलाई आवतजावतमा ठूलो समस्या पर्दै आएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies